केही समयअघिसम्म मेरा छोराछोरी टिभी हेर्छन्, पढ्दै पढ्दैनन् भन्ने अभिभावकको गुनासो रहन्थ्यो। प्रविधिमा आमूल परिवर्तन आएपछि हिजोआज बालबालिकाहरु टिभी छाडेर युट्युबमा व्यस्त हुने गरी बद्लिए तर अभिभावकको गुनासो भने उही छ।
सूचना प्रविधिको विकास र विस्तारसँगै पछिल्लो समय स्वयम् अध्ययनको क्रम बढेको छ। जुन विषयमा पनि सहज रुपमा पढ्ने सामग्री उपलब्ध भएकाले कम्प्युटर, ट्याबलेट/आइप्याड र स्मार्टफोनमा आफैँ अध्ययन गर्ने क्रम बढेको छ।
पढाइमा उत्कृष्ट हुने चाहना सबैमा हुन्छ। चाहना हुँदाहुँदै पनि सबै उत्कृष्ट हुन सक्दैनन्। विद्यार्थीमा कस्ता गुण हुने हो भने कक्षामा उत्कृष्ट हुन्छन् त ? विषयवस्तुले के भन्न खोजेको हो कसरी बुझ्ने ? उत्कृष्ट विद्यार्थीका के–के त्यस्ता बानी हुन्छन्, उनीहरु सधैँ उत्कृष्ट हुन्छन् ? विद्यालय तहमा राम्रो गरिरहेका विद्यार्थी क्याम्पस तहमा राम्रो गर्न सक्दैनन्। कारण, गहिरो गरी अध्ययन नगर्नु नै हो !
बौद्धिक चोरीको आरोप खेपेका प्राध्यापक डाक्टर तीर्थ खनियाँलाई २०७२ साल भाद्र ७ गते सुशील कोइरालाको सरकारले उपकुलपतिमा नियुक्त ग-यो। शिक्षाध्यक्षमा सुधा त्रिपाठी र रजिष्ट्रारमा डिल्लीराम उप्रेतीको नियुक्ति भयो। खनियाँ कांग्रेस निकट हुन् भने त्रिपाठी र उप्रेती कम्युनिस्ट निकट हुन्।
हामी कहिलेकाहीँ आफूले आफूलाई नियालेर हे-यौँ भने केही भिन्न महसुस गर्न सक्छौँ। एउटै मान्छे धेरै प्रकृतिको हुन्छ। उसको बानी, चालचलन हेरेर उसको संस्कार, उसको शिक्षाबारे आँकलन गर्न सकिन्छ।
सर्वप्रथम एसइई परीक्षामा विभिन्न जिपिए ग्रेड ल्याएर उत्तीर्ण हुनुहुने सम्पूर्ण विद्यार्थी भाइबहिनीहरूलाई हार्दिक बधाई ! यस उपलब्धिको क्षणमा परिवार, साथीभाइ तथा आफन्तसँग खुसियाली साटासाट नहुने कुरै भएन। कतिपयले त पार्टी पनि आयोजना गर्नुभयो होला।
कक्षा ११ मा अध्ययन गर्ने बहुसंख्यक विद्यार्थीहरूको उमेर १५/१६ वर्षका हुन्छन्। मनोविज्ञानअनुसार यस उमेर समूहलाई किशोरावस्था वा बोलीचालीको भाषामा टिन एज पनि भन्ने चलन छ।
कलेज गुणस्तरीय शिक्षाका लागि आवश्यक पर्ने सम्पुर्ण सुविधा, विज्ञानका प्रयोगशाला, कम्प्युटर ल्याब, खेलकुद मैदान, संगीत कक्षा उपलब्ध छन्। विद्यार्थीलाई टाढाबाट आउन कलेजको आफ्नै बस छ।
वर्षेनी राम्रो नतिजा ल्याउने गरेको यस कलेजले प्लस टुमा मेनेजमेन्ट र कानुन (ल) पढाउँदै आएको छ। एकदमै सस्तो र गुणस्तरीय शिक्षाको लागि यसलाई राम्रो मानिन्छ। व्यवस्थापनको शुल्क जम्मा रु ५५ हजार लाग्ने गर्छ।
नयाँ बजारमा रहेको प्राइम इन्टनेशनल स्कुल प्लस टुका लागि राम्रो मानिन्छ। विज्ञान र व्यवस्थापन संकाय पढाइ हुने यस स्कुलको सुविधायुक्त कक्षाकोठा तथा अतिरिक्त क्रियाकलाप नै प्रमुख विशेषता हुन्।
शिक्षण पद्धति र व्यवस्थापन पद्धतिलाई मजबुत बनाउन अभिभावक, विद्यार्थी, शिक्षक, कर्मचारीको संयुक्त छलफलद्वारा पठनपाठन गरिने हुँदा कक्षा कोठाको वातावरण अत्यन्त आत्मियता र हार्दिकताले व्यवस्थित भएको छ।
स्थापनाको २० वर्षको अवधिमा यस कलेजले डाक्टर, चार्टर्ड एकाउन्टेन्ट, इञ्जिनियर, व्यवस्थापक साथै सरकारी सेवामा दक्ष सयौं जनशक्ति उत्पादन गरिसकेको छ, जो राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा समग्र आफ्नो पहिचानसहित कार्यरत छन्।
काठमाडौं वल्र्ड स्कुलले विज्ञान र प्रविधिले ल्याएको अनपेक्षित परिवर्तनलाई आत्मसात गर्ने तथा भविष्यमा आउने चुनौतीलाई सामना गर्न सक्ने दक्षजनशक्ति उत्पादनमा जोड दिएको छ।
धादिङमा जन्मिएका राजेन्द्र केसीले अमेरिकाको एट्लान्टिक इन्टरनेसनल युनिभर्सिटीबाट पीएचडी गरेका हुन्। पिएचडी गरेर स्वदेश फर्केपछि केसी एक दशकदेखि शैक्षिक क्षेत्रमा क्रियाशील छन्।
धेरै जसो अभिभावकहरु दोधारमा छन्। आफैँले प्लस टू बुझेर के कस्तो छ भनेर छान्ने भन्दा पनि छोराछोरीले भनेको स्कुलमा भर्ना गरिदिने चलन छ। अभिभावकहरु विज्ञापन गराइले पनि तर्सिएका छन्। विज्ञापनले मात्र हुन्न, अभिभावक स्कुलभित्र जानुपर्छ।
किशोरावस्था भनेको अधिक इच्छाशक्ति हुने उमेर हो। यो उमेर समूहका बच्चाबच्चीहरुमा धैर्य कम र परिणाम छिटो खोज्ने प्रवृत्तिका हुन्छन्। यो उमेरमा चाहे घरको होस् या समाज या राज्यको नै किन नहोस् अवरोधलाई सहजै लिँदैनन्।