राम्रो प्रतिशत ल्याउने विद्यार्थीले विज्ञान पढ्ने रहर गर्नु नौलो हैन। सेकेण्ड डिभिजन ल्याउने व्यवस्थापनतिर लाग्छन्, थर्ड डिभिजन ल्याउने मानविकी र शिक्षातिर अल्झिन्थे। नाम फेरिएर एसएलसीबाट एसइई भइसक्यो तर मानसिकता उस्तै छ। राम्रो जिपिए ल्याउने अधिकांशले साइन्स नै रोज्छन्।
अधिकांश स्कुल अहिले विद्यार्थी तान्नमा व्यस्त छन्। साइन्स, म्यानेज्मेन्ट, ह्युमानिटिज र एजुकेसन फ्याकल्टीमा भर्नाका लागि स्कुल प्राङ्गणमा एसइई पास गरेकाहरुको भिड देखिन्छ।
तनहुँकी सविता भण्डारी लोकसेवाको तयारी गरिरहेकी छन्। लोकसेवा आयोगले जेठ १५ गते स्थानीय तहका लागि आवेदन मागेपछि उनले पनि फारम भरिन्। प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिले लोकसेवा आयोगलाई विज्ञापन रद्द गर्न निर्देशन दिएपछि भने उनी दोधारमा परेकी छन्।
हिजोआज अधिकांशको एउटै गुनासो हुन्छ, पढ्न त मन छ तर के गर्नु ? फुर्सदै हुन्न । साँच्चिकै हामीलाई पढ्न मन छ भने र केही कुरामा ध्यान दिन सक्यौँ भने पढ्नको लागि समय छैन भनिराख्नु पर्दैन ।
हाम्रो संस्कृति जेन्डर सेट संस्कृति हो । हामीलाई हुर्काउँदा नै केटाले के गर्न हुने, नहुने, केटीले के गर्ने, के गर्न नहुने भनेर सिकाइन्छ । हाम्राे नियन्त्रित संस्कृती हाे भने पश्चिमा संस्कृति प्रतिस्पर्धी संस्कृति हो ।
त्रिभुवन विश्वविद्यालयको मानविकी संकायतर्फ इतिहास विभागमा २०७० मा ७ जना विद्यार्थी स्नातकोत्तर तहमा भर्ना भए । २०७४ मा घटेर एक जना मात्र बाँकी रह्यो । २०७५ मा २७ जनाले प्रवेश परीक्षाका लागि आवेदन दिएका छन् । प्रशासक बद्री कार्कीका अनुसार प्रवेश परीक्षा उत्तीर्ण भएपछि मात्र कति विद्यार्थी भर्ना हुन्छन् भन्ने यकिन हुनसक्छ ।
गोल्ड मेडल लगाउँदा विद्यार्थी दङ पर्छन् । राज्यले प्रतिभाको कदर गर्नेमा ढुक्क हुन्छन् अनि अध्ययन अनुसन्धानको खाका बनाउन थाल्छन् । तर थर्ड डिभिजन र गोल्डमेडालिस्टमा कुनै अन्तर गर्दैन राज्य । त्यसैले गोल्ड मेडालिस्टहरु कोही ब्रोकरको भूमिकामा भेटिए, कोही राजनीति र कोही अधिकृत तहमा ।
मानविकी संकायमा सेमेस्टर प्रणाली लागू भएपछि २ दशमलव ७ ल्याएका केही विद्यार्थीले ट्रान्सक्रिप्ट मात्रै लिएनन् त्रिभुवन विश्वविद्यालयबाट दीक्षितसमेत भए । तर अहिले उनीहरु विश्वविद्यालयको लिस्टमा अयोग्यको सूचीमा छन् । अब २ दशमलव ७ प्राप्ताङ्क भएको शैक्षिक योग्यता काम लाग्ने भएन । सेमेस्टर प्रणालीमा फेल–पास भन्ने नहुने हुँदा उनीहरु अनुत्तीर्ण त मानिन्नन् तर डिग्री पासको सूचीमा भने नपर्ने भए ।
किशोर–किशोरीलाई आफूअनुकूलको विषय पढ्न दबाब दिनु हिंसा गर्नु हो । हामीले यस्तो हिंसा घरघरमा गरिरहेका छौं । शिक्षाको माध्यमबाट जुन हिंसा हुन्छ यो खतरनाक हुन्छ ।
अभिभावकका लागि पढिदिएका बच्चाहरु छिट्टै कुलतमा फस्ने सम्भावना बढी हुने विभिन्न अनुसन्धानले देखाएको छ । यसबाट उनीहरुको भविष्य त बर्बाद हुन्छ नै, देशले समेत सक्षम नागरिक गुमाउँछ ।
लागूऔषध कानुन कार्यान्वयन इकाई (एनडीसीएलईयू) ले संसदको राज्यव्यवस्था समितिलाई दिएको प्रतिवेदनमा लागूऔषधले युवा पुस्तालाई सिध्याउन लागेको उल्लेख गरिएको छ ।
भूकम्पपछि भत्किएका विद्यालयको डिजाइन बनाउन जापानी सहयोग नियोगबाट लिएको ऋणबाट परामर्श दाताको सवारी भाडामा खर्च भएको खुलेको छ । महालेखा परीक्षकको कार्यालयले यस्तो बदमासी खुलाएको हो । महालेखाका अनुसार अर्थ मन्त्रालयको संलग्नतामा तयार गरेको लागत अनुमान कानुनसम्मत छैन ।
कलेजको नाममा रहेको करिब २ अर्बको सम्पत्ति विवादको केन्द्रमा छ । गैरनाफामूलक संस्थालाई कम्पनीको स्वामित्वमा ल्याएर सम्पत्ति निजीकरण गर्ने प्रयास गरेपछि विरोध सुरु भयाे ।
त्रिचन्द्र क्याम्पसले हालै स्थापनाको सय वर्ष पूरा गरेको छ । यी सय वर्षमा कलेज जति परिपक्व हुनुपर्ने हो, यसले जति आफूलाई फराकिलो बनाउनु पर्ने हो, त्यो भने हुन सकेको छैन । अहिले यो कलेज प्राध्यापक, कर्मचारी, विद्यार्थीको घृणित राजनीतिको सिकार बन्न पुगेको छ ।
त्रिभुवन विश्वविद्यालयले यसपालिदेखि सबै क्याम्पसहरुमा सेमेस्टर प्रणाली सुरु गरेको छ । त्रिविले यस वर्षदेखि उपत्यकाका आंगिक र सम्बन्धन प्राप्त क्याम्पसमा स्नातकोत्तर तहमा सेमेस्टर प्रणाली सुरु गरेको छ । सेमेस्टर प्रणालीमा ६ महिनाको एक शैक्षिक सत्र हुन्छ र प्रत्येक ६ महिनामा भर्ना, अध्यापन र परीक्षा सकेर ७ औं महिनामा अर्को समेस्टर सुरु गरिन्छ । यो प्रणाली त्रिभुवन विश्वविद्यालय (त्रिवि) का लागि नयाँ होइन ।
विराटनगरको बसपार्कदेखि ५ सय मिटर दक्षिणमा अवस्थित महेन्द्र मोरङ बहुमुखी क्याम्पस पुरानो र जीर्ण अवस्थामा उभिइरहेको छ । त्यसै त २०७२ को भूकम्पले राम्रैसँगले हल्लाएको यसका पुराना भवन डुबानका कारण क्षतविक्षत भएको छ ।
काठमाडौँको सबैभन्दा व्यस्त ठाउँ हो रत्नपार्क । रत्नपार्कबाट करिब दुई सय मिटर पर एउटा पुरानो भवन छ, जहाँ रत्नपार्कको हल्लाले खासै प्रभाव पार्दैन । मान्छे नहुँदा दिउँसै तर्साउलाझैँ लाग्ने भवनहरुमा जति हल्ला गरे पनि शान्त नै देखिन्छ ।
पश्चिमाञ्चल क्षेत्रकै शैक्षिक ज्योति पुञ्ज हो, पृथ्वीनारायण क्याम्पस । नेपालकै सबैभन्दा ठूलो क्याम्पसका नामले पनि चिनिएको छ यो । अध्ययन–अध्यापन केन्द्रका रुपमा चिनिएको यो क्याम्पस वि.सं. २०१७ साल भदौ १७ गते स्थापना भएको हो ।
पद्मकन्या अर्थात् पिके क्याम्पस । यस क्याम्पसको कुरा गर्नेबित्तिकै कतिपयको दिमागमा साडी लगाउने युवतीको चित्र आउँछ तर अचेल पद्मकन्यामा कन्याहरु साडीमा सजिदैनन्, बरु सर्ट, पेन्ट र टाईमा ठाँटिएर पढ्न आउँछन् ।
दुई वर्ष जापान जाने विद्यार्थी बढी थिए तर फेरि अस्ट्रेलियाले उछिनेको छ । अस्ट्रेलियामा डिपेन्डेन्ट भिसाको प्रोसेसिङ सजिलो भएकाले विद्यार्थीको आकर्षण बढेको हो । यसपालि पिसिएल नर्सिङ सिध्याएकी नेपालगन्जकी शिखा रानाले उच्च शिक्षाका लागि अस्ट्रेलिया जाने सोच बनाएकी छन् ।