यस वर्षको मिस र मिस्टर ब्लाईन्ड रकर्स स्मारिका पोख्रेल र सौगात वाग्ले भएका छन्। टीकाराम आले फस्ट रनरअप र सम्झना रिमाल, बेस्ट स्माइल प्रतिभा राई, वेस्ट ह्वाइट केन वाक सन्जिया श्रेष्ठ, वेस्ट फ्रेन्डसीप अनिस ढकाल, वेस्ट ट्यालेन्ट स्मारिका पोख्रेल, मोस्ट पङ्गचोअल त्रिषा लामा मोस्ट रेस्पोस्विल सावित्री पौडेल, मोस्ट जोली निश्चल सिवाकोटी रहेका छन्।
कुनै बेलाको व्यापारिक केन्द्र, सात सालको क्रान्तिताका क्रान्तिको बिगुल फुक्ने क्षेत्र। मगर र नेवारहरुको बस्ती। छर्लङ्गै देखिने हिमाली श्रृंखलाका कारण बाह्य र आन्तरिक पर्यटकमाझ लोकप्रिय छ, बन्दीपुर।
गाईजात्रा हेर्दा जति रमाइलो लाग्छ, यसको भित्री पाटो खुट्याउने हो भने त्यति नै यो दुःखद् पर्व हो। यो पीडालाई भुलाउने पर्व हो। दिवंगत आत्माको शान्तिका लागि मनाइने दुःखद् पर्व हो नै।
घरेलु हिंसाले न कुनै जात हेर्छ, न वर्ग, न पेशा न त नैतिकता नै विचार गर्छ । हिंस्रक मनोवृत्ति भएकाहरुबाट जहिले र जहाँ पनि आक्रमण भइरहेको हुन्छ । देशमा जति साक्षरताको प्रतिशत बढिरहेको छ, घरेलु हिंसाको ग्राफ उति बढ्दो छ ।
सधैँभरि एउटा कोठामा बसेर अन्तर्वार्ता लिएको र समाचार पढेको मान्छेलाई दर्शकसँग साक्षात्कार गरेर मोटिभेसन गर्न आनन्द आयो । त्यसपछि मोटिभेसनका लागि अध्ययन गर्ने, मोटिभेसन स्पिच हेर्ने, मोटिभेसन बुकहरु अध्ययन गरेँ ।
मीटूको युगमा नेदरल्यान्डमा भएको यौन व्यवसायसम्बन्धी छूट र यसका लागि बनेको कानुन निकै पुरानो भइसकेको यौनालयविरोधी समूहको धारणा छ । सारा लुस भन्छिन्, ‘रेड लाइट क्षेत्रमा जतिसुकै यौन स्वतन्त्रता भए पनि अहिलेको जमानामा ४८ वर्षअघि बनाइएको त्यो कानुन पुरानो भइसकेको छ । समयअनुसार यसमा परिवर्तन ल्याउन जरुरी छ ।
मिस नेपाल २०१९ काे उपाधी अनुष्का श्रेष्ठले जितिन् । बिहीबार द हिडेन ट्रेजरले कीर्तिपुरस्थित ल्याब्रोटोरी माध्यमिक विद्यालयको ग्राउन्डमा आयोजना गरेको २५ औं संस्करणको मिस नेपाल–२०१९ को फाइनलमा २४ प्रतिस्पर्धीलाई पन्छाउँदै उपाधि उनले जितेकी हुन्।
मातृ वात्सल्यको अभावले नै लाई ह्यारीस्त्री लम्पट बनाएको केहीको धारणा छ । कतिसम्म भने मिडियामा उनको छवि ‘प्ले ब्वाई प्रिन्स’को थियो । राम्रा युवतीलाई अघिपछि लगाएर हिँडेका उनका तस्बिरले उनको छविलाई बल पुर्याउँथ्यो
रङ्गमञ्चमा महिला सहकर्मीमाथि यौन दुव्र्यवहार गरेको आरोपित तीन रङ्गकर्मीमध्ये दुई जनाले घटना स्वीकार गर्दै माफी मागेका छन् । सुनील पोखरेल, राजन खतिवडा र राजकुमार पुडासैनीले रङ्गमञ्चमा सक्रिय महिला रङ्गकर्मीमाथि गरेको यौन दुव्र्यवहारबारे शुक्रवार साप्ताहिकले समाचार प्रकाशित गरेको थियो ।
पढेलेखेका अभिभावकले बच्चाको चाहना के हो ? उनीहरुको केमा झुकाव छ ? केमा राम्रो गर्न सक्छन् भन्ने कुरा बुझ्न सक्छन् र त्यहीअनुसारको वातावरण सिर्जना गर्न पनि सक्छन् ।
राष्ट्रपति सक्रिय पद नभए पनि प्रधानमन्त्री बराबरै विवादमा तानिइरहिन् विद्या भण्डारी । कहिले हेलिकोप्टर खरिदले विवाद ल्यायो, कहिले त्यही हेलिकोप्टर राख्ने हेलिप्याड बनाउन महाराजगञ्जमा रहेको प्रहरी तालिम केन्द्र अधिग्रहण गर्ने सरकारको निर्णयले उनलाई विवादमा ल्यायो ।
आठ वर्षे यात्रामा पाठकमाझ शुक्रवारको अलग्गै छवि बन्न सक्नुमा पाठकको रचनात्मक सहभागिताको भूमिका महत्वपूर्ण छ । आगामी दिनमा यस्तै सहभागिताको अपेक्षा गरेका छौं ।
केही महिनादेखि काठमाडौं उपत्यकाका ट्याक्सी चालक आन्दोलनमा छन् । हिजोका दिनमा आन्दोलनमा उत्रिँदा उनीहरुले अपनाउने विधि सडकमा ट्याक्सी तेर्स्याएर बाटो अवरोध गर्ने नै हो । तर २ महिनादेखि उनीहरु आन्दोलित हुँदा पनि न कतै जाम गराइएको छ न त आम नागरिकलाई अवरोध हुने अन्य कुनै विधि ।
उनी दिनरात काण्ठमण्डप क्षेत्रमै भेटिन्छन् । कहिले काठ नाप्छन्, कहिले पुराना काठ सुम्सुम्याउँछन् उनी । काठसँग अलग्गै लगाव छ उनमा । ७३ वर्षका भइसके उनी । उमेर त बुढ्यौली नै हो । तर जोस युवाको भन्दा कम छैन ।
महिला अधिकार र असमानताको चर्को नारा उठिरहँदा विकसित देशमा गरिएको अध्ययनले उनीहरुको बोली र व्यवहारको भिन्नता देखाउँछ । यो पुष्टिका लागि तथ्यांकले सघायो ।