हुन त सबै किसिमका मानव समाजमा झुटो बोल्नुलाई नराम्रो मानिन्छ तर दैनिक जीवनमा सबैभन्दा बढी झुटो नै बोलिन्छ । एउटा अध्ययनअनुसार अमेरिकामा एक जना मानिसले कम्तीमा पनि दुई पटक झुटो बोल्छ । एक जना विशेषज्ञ पेरेटोले ८०/२० को सिद्धान्तअनुसार २० प्रतिशत मानिसले ८० प्रतिशत झुटो बोल्छन् अनि बाँकी ८० प्रतिशतले २० प्रतिशत ।
सेन्टर फर इकोनोमिक डेभलपमेन्ट एन्ड एड्मिनिस्ट्र्ेसन (सेडा)को कार्यकारी निर्देशकको पद छाडेर ४० वर्षअघि पंचायती राजनीतिमा हाम फालेका राप्रपा अध्यक्ष पशुपति शम्सेर जबरा र विद्यार्थी राजनीतिबाट उदाएर एमाले पार्टीका दस्तावेजहरू तयार गर्ने कोर टिमका सदस्य शेरबहादुर तामाङ सिन्धुपाल्चोक २ को चुनावी मैदानमा भिडदै छन् । ७६ वर्षीय पशुपति र ४६ वर्षका शेरबहादुरको राजनीतिक आरोह, अवरोध र प्रतिस्पर्धाका कथाहरू छन्
हेर्दैको अनाकर्षक एउटा ठिटो हलिउडमा छिर्ने कोसिसमा थिए, नाम थियो सिल्भेस्टार स्टालोन । छिर्ने कोसिस गर्दा उनी सपना देख्ने गर्थे र साथीभाइलाई सुनाउँथे, म एक दिन विख्यात अभिनेता भएर निस्कनेछु । तर जुन बेला साथीहरुलाई उनी यो सपना सुनाउँथे, त्यो बेला उनी लगभग कंगाल थिए ।
एउटा समय थियो, महिलाहरुलाई घर छाडेर कार्यालयमा काम गर्न जान दिइँदैनथ्यो । समयक्रमसँगै महिलाहरु पनि कार्यालयका महत्वपूर्ण अंग बन्न पुगे । जति धेरै महिला र पुरुषहरुको सहभागिता बढ्न थाल्यो, कार्यालयमा उति नै बढी महिलामाथि यौन उत्पीडनका घटना बढ्न थालेका छन् । त्यसो त यस्ता उत्पीडनलाई कसरी व्यवस्थापन गर्ने भन्ने बुझेका महिलामाथि यस्तो आपत आइनपर्न सक्छ ।
काठमाडौंको क्षेत्र नं १ मा चुनावी प्रतिस्पर्धा चर्को छ । लोकतान्त्रिक गठबन्धनका प्रकाशमान सिंह, विवेकशील साझाका रवीन्द्र मिश्र र बाम गठबन्धनका अनिलकुमार शर्माबीच चुनावी भिडन्त हुँदैछ । तीनै जना नेता आफूले चुनाव जसरी पनि जित्ने र चुनावी खर्च पनि कम गरेर जित्ने दाबी गर्छन् तर चुनावी प्रचार–प्रसारको यथार्थ भने बेग्लै छ ।
नेपालको संसदीय अभ्यासअन्र्तगत २०१५ सालको चुनावको जनादेश तत्कालीन राजा महेन्द्रले आत्मसात गरेनन् । त्यस चुनावमा दुई तिहाईको बहुमत प्राप्त सरकारलाई अपदस्त गरे, ससंदीय प्रजातान्त्रिक व्यवस्थाको अत्य गर्दै पंचायती अधिनायकवादी शासन लागू गरे जुन ३० वर्षसम्म अनेक प्रयोग गर्दै अस्तित्वमा रह्यो ।
जब हामी संसारकै सबैभन्दा धनीका गज्जबको सफलता कथा पढ्छौं, त्यो बेला हामी पनि उनीहरुजस्तै हुन पाए हुन्थ्यो भनेर कल्पन्छौं । हुन त पैसा नै सफलताको कसी होइन तर हामीलाई के पनि थाहा छ भने तिनले आफ्नो जीवनमा जुन अरबौं रकम जम्मा गरेका छन्, तिनले अनुभव पनि उति नै हासिल गरेका हुन्छन्, निजी जीवनमा पनि र जागिरको मामिलामा पनि ।
नेपालको राजनीतिक आरोह अवरोहबीच अहिलेसम्म लोकतान्त्रिक राजनीतिक अभ्यासअन्तर्गत ४ वटा संसदीय चुनाव, २ वटा संविधानसभा तथा व्यवस्थापिका संसद्को चुनाव भएको छन् । त्यस्तै राजनीतिक व्यवस्थालाई लिएर एउटा जनमत संग्रह भएको छ भने निर्दलीय पंचायती व्यवस्थाको ३० वर्षे शासनमा ६ वटा चुनावहरू भएका छन्, पंचायतका विभिन्न प्रयोग गर्दै ।
सात दसक लामो राजनीतिक यात्रामा अहिले हामी चौथो राजनीतिक अभ्यासका क्रममा छौं । जसअन्तर्गत आगामी मंसिर १० र २१ गते संघीय लोकतान्त्रिक गणतन्त्रअन्तर्गत संविधानसभा र प्रदेशसभाको चुनाव हुँदैछ ।
संसारभरि नै खानपिनदेखि लिएर भाषासम्म हेर्ने हो भने मानिसहरु फरक देखिन्छन् तर केही यस्ता कुरा छन्, ती हेर्दा भने मानिसको तात्विक भिन्नता भने छैन भन्न करै लाग्छ । यस्तोमा पोर्न पनि एउटा यस्तै विषय हो । यसको प्रयोग संसारभरि नै व्यापक रुपमा हुन्छ ।
ठूला सपना पूरा गर्न, आफूले चाहेको आवश्यकतालाई परिभाषित गर्नुपर्छ र कसरी हासिल गर्ने पूरा चित्र बनाउनु पर्छ । हामीले जे काम गर्छौं, हेर्दा त्यसको उति महत्व नहुन सक्छ । हामीले ध्यानपूर्वक हाम्रो कामलाई नहेरेका हुन सक्छौं । तर हरेक दिन हामीले गरिरहेका कामले नै हाम्रो अद्वितीय बानी (ह्याबिट) बनेको हुन सक्छ ।
यतिबेला मुलुकभर निर्वाचनको माहोल छ । नेपाली जनता पहिलो पटक संघीय गणतान्त्रिक राजनीतिक व्यवस्थाको उपभोग गर्दै केन्द्रीय तहको प्रतिनिधिसभा र प्रदेशसभाका लागि आफ्ना प्रतिनिधि चुन्ने संघारमा छन् ।
फोब्र्स इन्डिया नामक म्यागेजिनले हालै एक सय भारतीय धनकुबेरहरुको सूचीमा आचार्य बालकृष्ण परेका छन् । रोचक के छ भने धनकुबेरमध्ये सबैभन्दा गरिब चाहिँ यिनै बालकृष्ण र उनका साथी रामदेव पर्छन् ।
उनको नाम देवकुमारी भुजेल (थापा) हो । नेपाली समाजमा देवीलाई भगवानको रुपमा लिइन्छ । यस्ता नामलाई भगवानसँग जाडेर हेर्ने गरिन्छ । स्याङ्जा फेदीखोला गाउँपालिका घर भै हाल पोखरा १४ चाउथे बस्ने देवीकुमारीको नाम भगवानको जस्तो भए पनि उनको नाम अनुसारको काम देखिएन ।
खोजी र अन्वेषण गर्नु मानिसको ‘बानी’ हो । यसका लागि ऊ जुनसुकै हदसम्म जान तयार हुन्छ । त्यसैले त मानिस त्यो खोजमा जुटेको छ, जसको कुनै हद छैन, सीमा छैन । जसको कुनै किनारा छैन, क्षितिज छैन ।
हरेक व्यक्तिलाई जस्तै बब म्यानकफलाई पनि जीवनमा के गर्ने, के बन्ने भन्ने अत्तोपत्तो थिएन । सपना देख्नु, लक्ष्य लिनुबारे उनी बेखबर थिए । जंगलमा हराएको यात्रुजस्तै थिए, कम्पासविहीन ।
नेपालका प्रतिष्ठित छापा तथा इलोक्ट्रोनिक्स मिडिया सञ्चालकहरुको साझा संस्था नेपाल मिडिया सोसाइटीले भ्रष्टाचारविरोधी विशेष अभियान सञ्चालन गर्ने निर्णय गरेको छ । लाजिम्पाटमा आयोजित एक कार्यक्रममार्फत सोसाइटीले यस्तो निर्णय सार्वजनिक गरेको हो ।
रियान स्कुलबाट घर फर्किएका मात्रै थिए । सदाझैँ गेटबाटै उनले हजुरआमालाई ‘आमा, आमा’ भन्दै सम्बोधन गरे तर कुनै जवाफ आएन । भान्सा कोठामा पुग्नासाथ उनले हजुरआमालाई डाइनिङ टेबलमुनि लडिरहेको अवस्थामा देखे ।
काठमाडौँ महानगर, त्यसको मुटु मानिने पुतलीसडकमा रहेको शंकरदेव क्याम्पस नेपालकै पुरानो क्याम्पसमध्येको एउटा हो । बाहिरबाट झट्ट हेर्दा वातावरण निकै अस्तव्यस्त देखिन्छ । यस क्याम्पस नजिकै टुकुचा खोला भएकाले वर्षायाममा पानी ह्वार्र पर्नेबित्तिकै क्याम्पसभित्र खोलाको पानी छताछुल्ल हुन पुग्छ ।
नेपाल रिपब्लिक मिडियाबाट प्रकाशन हुने ‘शुक्रबार’ साप्ताहिक र ‘नागरिक परिवार’ मासिकको सम्पादकमा विश्वमणि पोखरेल नियुक्त भएका छन् । यसअघि ‘नागरिक’ राष्ट्रिय दैनिकका समाचार प्रमुख रहेका पोखरेललाई व्यवस्थापनको निर्णयअनुसार जिम्मेवारी दिइएको हो ।