•  
  • Nagarik
  • Republica
  • Shukrabar
  • Radio onAir
  • Nagarik Network 
  • Pariwar
  • E-Paper
  •  

Log In Logout subscribe

Email is required. Password is required.

OR

 

Lost Password

Type your e-mail.
You have successfully registered. Please login!
Some problem occurred. Try Again!

Registration

Password and confirm password doesn't match.

Select Categories of your interest.

shukrabar-logo

आइतबार, १५ माघ २०७९, १० : १०

OUR PORTALS
My Republica Nagarik Nagarik Network
  • कभरस्टोरी
  • स्थलगत
  • अन्तरंग
  • क्राइम
  • अलग/फरक
  • लाजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • टिप्स
  • साहित्य
  • स्वास्थ्य
  • धरान
  • गसिप
  • खेल
 
डिल्लीरमण रेग्मीसम्बन्धी अशुद्धि

डिल्लीरमण रेग्मीसम्बन्धी अशुद्धि

वि.सं. २०७३ मा काठमाडौँबाट डिल्लीरमण–कल्याणी रेग्मी स्मारक पुस्तकालय विकास समितिद्वारा प्रकाशित डिल्लीरमण–कल्याणी रेग्मी स्मारक पुस्तकालय एक परिचयको १ पृष्ठमा डा. डिल्लीरमण पाँच वर्षका दाँ नै उहाँकी माता मुक्तिदेवी रेग्मीको निधन भयो, दाँ नै उहाँकी माता मुक्तिदेवी रेग्मीको...

पुरा पढ्नुहोस्

नयाँ सरकारका तीन कार्यभार

नयाँ सरकारका तीन कार्यभार

नेकपा एमालेसँगको सत्ता सहयात्रा तोडेर गठबन्धनबाट बाहिरिएको नेकपा (माओवादी केन्द्र)लाई नेपाली कांग्रेसले सरकारको नेतृत्व सुम्पिने निर्णय गरेको छ । बुधवार बसेको केन्द्रीय कार्यसमिति बैठकले माओवादी केन्द्रलाई सरकार गठनमा सहयोग गर्ने निर्णयसँगै संसद्मा पहिलो नम्बरमा रहेको दलको समर्थनमा तेस्रो दलले सरकारको नेतृत्व गर्ने अवसर प्राप्त गरेको छ । माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड दोस्रो पटक प्रधानमन्त्री हुने निश्चित भएको छ । दशवर्षे जनयुद्धको नेतृत्व गरेका अध्यक्ष प्रचण्डले फेरि एकपटक जनताका पक्षमा काम गर्ने मौका पाएका छन् । पहिलो संविधानसभामा एक नम्बर दल भएर सरकारको नेतृत्व गरिसकेका प्रचण्डसँग सरकार सञ्चालनको अनुभव छ । देशको कार्यकारी प्रमुखले सरकार मातहत रहेको सेनाप्रमुखलाई हटाउन खोज्दा उनले प्रधानमन्त्री पदबाट राजीनामा दिनुपरेको थियो । त्यतिबेलाको सत्तासाझेदार दल एमालेले प्रधानसेनापति हटाउने सरकारको निर्णयलाई साथ दिएर पछि एकाएक ‘ब्याक’ हुँदा र तत्कालीन राष्ट्रपति डा. रामवरण यादवले संविधानले नदिएको अधिकार प्रयोग गर्दा प्रचण्ड सरकारबाट बाहिरिनुपरेको थियो ।

पुरा पढ्नुहोस्

असार मसान्त

असार मसान्त

‘रिसर्चको काम आको छ, गर्ने हो ?’ मित्रले फोनमा सोधे । ‘कस्तो रिसर्च हो ?’ ‘फलानु जिल्लाको, पाँचवटा गाविसमा पुगेर, त्यहाँका अल्पसंख्यक र सीमान्तकृतहरूको डाटासँगसँगै आर्थिक, सामाजिक र सांस्कृतिक वस्तुस्थितिबारे अध्ययन गर्ने हो ।’ मित्रले विवरण बताए । ‘हुन्छ, गरौँला । अनि, पारिश्रमिक चाहिँ के कस्तो छ नि ?’ ‘चिन्तै नलिनुस् । तपाईंले सोचेभन्दा राम्रो छ ।’ मित्रले खितखिताएर हाँस्दै भने, ‘रिसर्च चाहिँ १० दिनमा सक्नुपर्छ नि ।’

पुरा पढ्नुहोस्

नुवाकोटभैरवीसम्बन्धी अशुद्धि

नुवाकोटभैरवीसम्बन्धी अशुद्धि

काठमाडौँबाट तरुण प्रकाशन प्रा.लि.द्वारा प्रकाशित वि.सं. २०७३ ज्येष्ठ १० गतेको तरुण २० वर्ष ६ अङ्कका १, ८ पृष्ठमा छापिएको पूर्वराजा फेरि जिल्लामै सक्रिय भन्ने खबरमा देशदौडाहमा जानुअघि पूर्वराजा शाह सर्वप्रथम नुवाकोट दरबार पुगेर भैरवीदेवीको पूजापाठ गर्ने गर्थे, भैरवीलाई शक्ति तथा सुरक्षा प्रदान गर्ने देवीका रूपमा लिने गरिन्छ, गोरखामा रहेकी भैरवीदेवीलाई एकीकरणका क्रममा पृथ्वीनारायण शाहले नुवाकोट सारेका थिए (८ पृ.) भनी लेखिएको छ ।

पुरा पढ्नुहोस्

गणतन्त्रका ‘कोलिफर्म’हरू

गणतन्त्रका ‘कोलिफर्म’हरू

सत्ता साझेदार मुख्य दुई दल नेकपा एमाले र नेकपा (माओवादी केन्द्र) का बीच सत्ता सहयात्रामा देखिनुपर्ने आत्मीयता देखिएको छैन । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले एमालेसँगको सत्ता सहयात्रा सुरु गरेको १० महिना पूरा नहुँदै दुईपटक सरकारबाट बाहिरिने कोसिस गरिसकेका छन् । दुई महिनाको बीचमा दुईपटक सत्ता छोडेर हिँड्ने उनको घुर्कीलाई प्रधानमन्त्री केपी शर्मा ओली फेरि एकपटक रोक्न सफल भएका छन् ।

पुरा पढ्नुहोस्

असल नारी घरको शोभा

असल नारी घरको शोभा

श्रीमतीसँग बिछोड हुनु, आफन्तद्वारा अपमानित हुनु, ऋण तिर्न नसक्नु, दुष्ट राजाको सेवा गर्नु, गरिब हुनु, मूर्ख र स्वार्थी व्यक्तिहरूको बाहुल्य भएको आफूलाई प्रतिकूल हुने बैठकमा सहभागी हुनु, यी छवटै कुराले आगोविना नै शरीरलाई डढाउँछ । बारम्बार बाढी आइरहने खोलाको तीरमा रहेको रुख, अर्काको घरमा बस्ने गरेकी कामिनी स्त्री, विना मन्त्रीमण्डलको राजा, यी तीनटै कुरा शीघ्र नष्ट र भ्रष्ट हुन्छन् । कलम, किताब र स्त्री अर्काको हातमा परे भने ती फर्कंदैनन् वा भेटिँदैनन् ।

पुरा पढ्नुहोस्

हरसिंहदेवसम्बन्धी भ्रम

हरसिंहदेवसम्बन्धी भ्रम

वि.सं. १३८१ मा दिल्लीका सुल्तान गयासुद्दीन तुगलकको आक्रमणमा सिम्रौनगढ ध्वस्त भएपछि त्यहाँका राजा हरसिंहदेव आफ्ना परिवार र भारादारसहित ससुराली राज्य नेपाल खाल्डोतिर हिँडे ।

पुरा पढ्नुहोस्

नाकको काम कानले कसरी गर्न पाउँछ ?

नाकको काम कानले कसरी गर्न पाउँछ ?

नाकको काम कानले र कानको काम चाहिँ नाकले गर्नु अनि नामलाई विशेषण र विशेषणलाई नाम मान्नु उत्तिकै मूर्खता होला । देशबाट गरीबी हटाउने एक जना नेताजीको प्रतिबद्धता सुनेर एक जना श्रोताले निधार मुज्याउँदै, “लौ हेर, यो त धनीको नेता पो रहेछ । गरीबी जतिलाई देशबाट निकाल्ने कुरो पो गर्छ । यस्तालाई पनि भोट दिने ? म त दिन्नँ बा !” भनेको सुनियो । भाषिक अज्ञानताले यस्तोसम्म गर्छ ।

पुरा पढ्नुहोस्

नयाँ सरकारको खिचडी पाक्दै

नयाँ सरकारको खिचडी पाक्दै

यस वर्षको मनसुन सुरु भएसँगै देशभर बाढी–पहिरोको जोखिम बढेको छ । केही दिनअघि मात्र इटहरीमा बाढीले बगाएर दुई जनाको ज्यानै गयो । राजधानी भित्रिने मुख्य नाका नारायणगढ–मुग्लिन सडकखण्ड दिनहुँजसो अवरुद्ध भइरहेको छ ।

पुरा पढ्नुहोस्

मेसीको सन्न्यास

मेसीको सन्न्यास

मेसीको प्रहार मिस भएपछि संसारका फुटबलप्रेमीहरू हैरान भएका छन् । झन् मेसीले अन्तर्राष्ट्रिय फुटबलमा सन्न्यासकै घोषणा गरेपछि त फुटबलमार्गीहरू शोकाकुल भएका छन् । यस्तो लाग्छ– सिंगो विश्व शोकमय छ । मेसीको बल मिस हुनुसँगै संसारको लय भत्किएको छ ।

पुरा पढ्नुहोस्

भूकम्पपीडितसँग थप ठट्टा नगर !

भूकम्पपीडितसँग थप ठट्टा नगर !

यो वर्षायामअघि नै भूकम्पपीडितलाई बासको व्यवस्था मिलाउने सरकारी योजना गफमै सीमित भएको छ । भूकम्प आएको १४ महिना बितिसक्दा पनि पुनर्निर्माणको काम अघि बढ्न सकेको छैन । भूकम्पपीडितलाई घर बनाउन उपलब्ध गराउने भनिएको दुई लाख रुपैयाँ कहिले पीडितको हातमा पुग्ने हो, त्यसको कुनै अत्तोपत्तो छैन ।

पुरा पढ्नुहोस्

चासोभन्दा त्रास बढाउँदै अमेरिकी निर्वाचन

सन् २००१ को सेप्टेम्बर ११ मा अमेरिकाको न्युयोर्कस्थित ट्वीन टावरमा अल कायदाले आक्रमण गरी तीन हजारभन्दा बढीको ज्यान लिएपछि अमेरिकाले आतंकवादविरोधी अभियान सुरु ग¥यो । त्यस अभियानमा संसारलाई समेट्न तत्कालीन राष्ट्रपति जर्ज डब्ल्यू बुसले विश्वका देशहरूलाई भने– ‘अब तपार्इंहरू कि हाम्रो साथ या त आतंकवादीको साथमा हुनुपर्नेछ ।’ पूर्वराष्ट्रपति बुसको त्यही अभिव्यक्तिले नै संसारलाई दुई भागमा विभाजन गरिदियो र बढी त मुस्लिमविरोधी भावनाको प्रसारलाई संसारमै पु¥याइदियो । अहिले त्यही भावनाले अमेरिका र मुस्लिम संसार दुईतिर फर्किएका छन् । मुस्लिमविरोधी त्यस भावनाले इराकी राष्ट्रपति सद्दाम हुसेनको इहलीला समाप्त पा¥यो भने अफगानिस्तानबाट तालिवान शासनको अन्त्य ग¥यो । अमेरिकाले आतंकवादविरोधी कानुन ल्यायो र ओसामा बिन लादेन खोज्ने अभियानको थालनी ग¥यो । चार वर्षअघि बाराक ओबामाले त्यो काम सम्पन्न गरेपछि उनको दोस्रो कार्यकालको निर्वाचन लड्ने प्रमुख एजेन्डामध्ये त्यो पनि एउटा बन्यो ।

पुरा पढ्नुहोस्

सुकिलो राजनीति

हाम्रा पुराणका अनुसार सृष्टि र सवै वस्तु अपूर्ण छन् । हरदम पूर्णतातर्फ अग्रसर हुनु चेतना र पदार्थको स्वभाव हो । अहिलेको भन्दा अझै अगाडि र वर्तमानको भन्दा झनै परिष्कृत हुँदै जानु जगतको नियम हो । हामी पनि यही नियमकै चक्करमा छौँ । पाएकोले पुग्दैन । भएकोमा आँखा लाग्दैन । नपाएको र नभएको पाउन हामी सधँै लालायित छौँ । केही वस्तु आफ्नो हुनेबित्तिकै पुरानो हुन्छ । आफूसँग नभएको नयाँ लाग्छ । प्रेमिका पत्नी हुनेबित्तिकै पुरानी लाग्छे । लोग्ने हुनेबित्तिकै प्रेमीले नवीनता गुमाउँछ । त्यसैले त विवाहितहरू प्रायः नयाँकै खोजमा हुन्छन् । किनकि, नयाँ खोज्नु चित्तको स्वभाव हो ।

पुरा पढ्नुहोस्

धरानको कालो बङ्गुर हो कि सुँगुर हो ?

वक्ताले हेलाँ गरेर अथवा हेपेर प्रयोग गरिदिएपछि नेपालका धेरै जातिले थर परिवर्तन गरे । नेवार भन्ने शब्द नेपालभाषा अर्थात् नेवार भाषाको नेवाःबाट बनेको हो । विसर्गलाई रेफीकरण गरिएको मात्रै हो । काठमाण्डौबाहिर नेवारलाई नेवार भनेको मन पर्दैन । दमाहा बजाउने वाद्यवादकको थर दमाही हुँदै ‘दमाईं वा दमै’ हुन पुगेको हो । धादिङ खाल्टे गाविस डाँडागाउँका मेरा अनन्य मित्र रामप्रसाद खतिवडाका सुपुत्र दीपकराज खतिवडा त्यही वाद्यवादनको विकासका लागि सक्रिय भएर लागेका छन् । हाम्रा भगवान् कृष्णसँग बाँसुरी, शिवसँग डमरु तथा विष्णुसँग शङ्ख कहिल्यै टुट्दैन । भगवती सरस्वती वीणा नलिई कतै जान्नन् । दमाहा जस्तै गरी डमरु पनि छालाकै बन्छ । भगवान् शिव पनि दमाईं हुन् नि ! आशयलाई दिनुपर्ने दोष हामी शब्दलाई पो दिँदै छौँ । गाइने, दमाईं आदि शब्दहरू सम्मानित शब्द हुन् । संस्कृतको गायक नै नेपालीको गाइने हो ।

पुरा पढ्नुहोस्

शासकको व्यवहार

शासकले शत्रुसँग गरिने र गरिएका सम्झौताअनुसार कार्य गर्नुपर्दा एकआपसमा लिखित रूपमा भएकै भए पनि त्यसमा विश्वास र भरोसा गर्नु हुँदैन । आफ्नो काम सकिएपछि बुद्धिमान् व्यक्तिहरू पहिले गरेका सम्झौताबाट मूक हुन पुग्दछन् । शत्रुसँग समान मिजास देखाएर सान्त्वना दिँदै रहनुपर्छ । जसरी सर्प भएको घरमा बस्ने मान्छेहरू सर्पदेखि भयभित हुन्छन्, शत्रुलाई पनि त्यस्तै भयभित राख्नुपर्छ । संकट पर्नाले जसको बुद्धि पीरैपीरले ढाकिएको छ, त्यसलाई रामचन्द्र र नलराजाका दुःखपूर्ण कथाहरू सुनाएर सान्त्वना दिने गर्नुपर्छ । बुद्धि–विवेक नभएकालाई भविष्यको आशा देखाउँदै गरेर अनि विद्वान् व्यक्तिलाई तत्कालै धनदौलत आदि दिएर शान्त तुल्याउनुपर्छ ।

पुरा पढ्नुहोस्

नयाँ शक्तिले हेक्का राख्नुपर्ने तथ्य

आर्किटेक्ट डा. बाबुराम भट्टराईले ‘नयाँ शक्ति नेपाल’ नामक नयाँ दलको ‘डिजाइन’ सम्पन्न गरेका छन् । राजनीतिक अधिकारको लडाइँ सकिएको र आर्थिक विकासका लागि नयाँ शक्ति आवश्यक परेको बताउँदै आएका विद्वान नेता डा. भट्टराई नयाँ दल घोषणा गर्न सफल भएका छन् ।

पुरा पढ्नुहोस्

शूरप्रताप शाह र कीर्तिपुर

पृथ्वीनारायण शाहका भाइ शूरप्रताप शाहको जन्म वि.सं. १७९४ चैत्र २१ गते भएको हो (वि.सं.२०४१ मा काठमाडौँबाट दिनेशराज पन्तद्वारा प्रकाशित दिनेशराज पन्तको गोरखाको इतिहास पहिलो भागका २४७, २९५–२९६ पृ., वि.सं.२०४१ मा काठमाडौँबाट संशोधन–मण्डलद्वारा प्रकाशित पूर्णिमा ६४ पूर्णाङ्कमा छापिएको महेशराज पन्तको टिप्पनको पुस्तक भन्ने लेख (त्यस पूर्णाङ्कको १६ पृ.)) ।

पुरा पढ्नुहोस्

शासक कस्तो हुनुपर्छ ?

शासक कस्तो हुनुपर्छ ?

काम सफल पार्नका निम्ति आशौच, व्रत–उपवास आदि अनुष्ठान पनि मानिसलाई आफूतर्फ आकर्षण गराउने साधन हुन् भन्ने मानिएको छ । तसर्थ आफ्नो प्रतिपक्षको गोप्यता बुझ्न खोज्नेले यस्ता अनुष्ठान गरिरहनुपर्छ । रूखमा पाकेको फल टिप्न चाहनेले सर्वप्रथम रूखको हाँगालाई आफूतिर केही तानेर झुकाउपछि मात्र फल टिप्नलाई सजिलो पर्ने हुन्छ ।

पुरा पढ्नुहोस्

समीक्षा अनि संकल्प जरुरी

समीक्षा अनि संकल्प जरुरी

नयाँ वर्षको प्रारम्भ वार्षिक ‘क्यालेन्डर’को फेरबदलमात्र होइन । नयाँ वर्ष, नयाँ संकल्प र बितेको वर्षको समीक्षा गर्ने अवसर पनि हो । ‘न्यू इयर रिजोल्युसन’ व्यक्त गर्ने र त्यसलाई पूरा गर्ने सवालमा हामी निकै कमजोर छौँ ।

पुरा पढ्नुहोस्

भाषा पढाउने शिक्षकहरू होइनन्, पत्रकारहरू हुन् !

भाषा पढाउने शिक्षकहरू होइनन्, पत्रकारहरू हुन् !

हिजोआजका विद्यार्थीहरू पाठ्यपुस्तक पढ्दैनन्, गाइड सार्छन्् । आमाबाबुको उपदेश सुन्दैनन्, एफ.एम. बुझ्छन् । विचार पढेर ठूलो भइँदैन भन्ने उनीहरूलाई राम्ररी थाहा छ यसकारण समाचार पढ्छन् ।

पुरा पढ्नुहोस्

  • « Previous
  • 1
  • …
  • 18
  • 19
  • 20
  • 21
  • 22
  • Next »

Other Links

Republica Nagarik Purbeli Pashchimeli

Subscribe
Newspaper
footer Copyright 2023 Nepal Republic Media Pvt. Ltd. | All rights reserved.