बढ्दो बालबलिका तथा चेलिबेटी बेचबिखन न्यूनीकरण गर्न बेचबिखनमा संलग्न दलालको अनुहार पहिचान गर्ने एप्स सुरुवात गरिएको छ । शुक्रबार माइती नेपालले ‘खोजी’ एप्सको सुरुवात गरेको छ । बर्सेनि ५ हजारदेखि १० हजार महिला तथा बालबालिका नेपालबाट बेचबिखनमा पर्ने समस्या रोक्न यस एप्सले सहयोग गर्ने विश्वास माइती नेपालकी अध्यक्ष अनुराधा कोइरालाको छ ।
फेसबुकले कम्प्युटरको वेबक्याम र स्मार्टफोनमा रहेको क्यामेराको माध्यमबाट प्रयोगकर्ताहरुको गोप्य रुपमा निगरानी गर्ने तथा प्रयोगकर्ताको गतिविधि रेकर्ड गर्ने योजना बनाइरहेको छ ।
रुसी राष्ट्रपति भ्लादमिर पुटिनले जुलाईमा हुने ‘मोनाको लिजेन्ड अक्सन’मा आफ्नो बिलासी घडी लिलामीमा राख्ने भएका छन् । रुसी राष्ट्रपतिले बिलासी घडी निमार्ता कम्पनी पाटेक फिलिपीको ‘पाटेक फिलिपी ५२०८ पी’ मोडलको घडी लिलामीमा राख्न लागेका हुन् ।
एन्ड्रोइड विश्वमा सबैभन्दा धेरै प्रयोगमा आएको अपरेटिङ सिस्टम हो । दुनियाँमा १ अर्बभन्दा धेरै एन्ड्रोइड प्रयोगकर्ता छन् । यी प्रयोगकर्तालाई आफ्नो जालमा पार्नका लागि ह्याकरहरूले नयाँ नयाँ उपाय प्रयोग गरिरहेका हुन्छन् ।
एनसेलले गीत–संगीतका पारखीहरूलाई लाखौं गीतहरूमा निःशुल्क पहुँचको अवसर प्रदान गर्दै योण्डर म्युजिक एप नामक नयाँ डिजिटल प्लाटर्फम सार्वजनिक गरेको छ । यसअन्र्तगत ग्राहकले अब धेरै भन्दा धेरै गीतहरू सुन्न तथा डाउनलोड गर्न सक्नेछन् ।
सन् २०१४ मा जब एप्पलले पहिलोपटक आइफोन सिक्स लञ्च गरेको थियो तब सधैजस्तै मानिसहरुले यसको खुबै तारिफ गरे । आइफोन सिक्स बिक्रिका हिसाबले एप्पलका लागि इतिहास रच्न सफल भयो ।
युएइको दुबईमा रोबोटले पुलिसको ड्युटी गर्न थालेको छ । दुबई पुलिसले रोबोट पुलिस अफिसरलाई ड्युटीमा खटाएको हो । हालका लागि रोबोट पुलिस अधिकारीलाई दुबईका सपिङ मल र अन्य पर्यटकीय स्थलहरूको गस्तीमा खटाइएको छ ।
नेपालमा आइफोनको मूल्य घटेको छ । एप्पलका उत्पादनको एक मात्र वितरक जेनरेसन नेक्स्ट कम्युनिकेसनले आइफोनको मूल्यमा कटौती गरेको घोषणा गरेको छ ।
यो ग्राहकका लागि आइफोन किन्ने सबैभन्दा उपयुक्त समय हुन सक्छ ।
गत शुक्रवार सिंगो संसार साइबर अपराधको निशाना बन्यो । साइबर माफियाले मे १२ मा विश्वभरका झन्डै सयभन्दा बढी देशमा एकैपटक साइबर हमला गर्दा लाखौँ कम्युटर प्रभावित भए ।
नेपाल टेलिकमले नेपाल सरकार सञ्चालित वेबसाइटहरू निःशुल्क हेर्न सक्ने सुविधा सुरु गरेको छ । टेलिकमले वैशाख १ गतेदेखि सरकारबाट सञ्चालित ‘डट जीओभी डट एनपी’ डोमेनमा रहेका करिब साढे पाँच सय वटा वेबसाइटलाई जीएसएम मोबाइल सेवाबाट निःशुल्क उपभोग गर्न पाउने बनाएको हो ।
कुनै समय थियो, निर्वाचनमा उम्मेदवारी घोषणासँगै गाउँशहरका भित्ता पोस्टर र पेन्टिङले भरिन्थे । घर–घरमा पार्टीका झन्डा झुन्डिएका देखिन्थे । तर, अहिले सामाजिक सञ्चालका भित्ता चुनावी पोस्टर र पेन्टिङले रंगिएका छन् ।
माध्यमिक कक्षाका विद्यार्थीमाझ गरिएको एउटा सर्वेक्षणअनुसार अभिभावकको बढीभन्दा बढी समय मोबाइलमा झुन्डिने बानीले पारिवारिक जीवनमा नराम्रो असर पुर्याउने गरेको देखिएको छ ।
एनसेलका सबै प्रिपेड ग्राहकले आफ्नो मेन ब्यालेन्स पाँच रुपैयाँ वा सोभन्दा कम भएमा एनसेल सापटी सुविधामार्फत विनाकुनै सेवा शुल्क अझै बढी रकम सापटी स्वरूप लिन सक्नेछन् ।
फेसबुक र म्यासेन्जरका प्रयोगकर्ताको संख्या १ अर्ब २० करोड पुगेको फेसबुक कम्पनीले जनाएको छ । गत वर्ष फेसबुक म्यासेन्जरको प्रयोगकर्ताको संख्या एक अर्ब पुगेको देखाएको थियो । यो संख्या बढेर १ अर्ब २० करोड नाघेको हो ।
इन्टरनेटको सहज पहुँच र सामाजिक सञ्जालका कारण झुटो समाचार हालेर भ्रम फैलाउनेको संख्या बढ्दो छ । गलत समाचार हालेर अफवाह फैलाउन त्यस्ता न्युजपोर्टल, ब्लगलाई गुगलले निगरानी गर्ने भएको छ ।
गुगलले युट्युबको मोन्टाइजेसनका लागि नयाँ नीति ल्याएको छ । युट्युबमा एडसेन्समार्फत कमाइ गर्नेका लागि कम्पनीले कम्तीमा १० हजार भ्युअर्सको सीमा राखेको छ ।
माथि देखाइएको तस्बिर याद गर्नुभएको छ ? कतै देखे–देखे जस्तो पक्कै लागेको होला । यो त्यही तस्बिर हो जुन तपाईंले आफ्नो ल्यापटप वा डेक्सटपको मोनिटरमा पटक–पटक देख्नुभएको होला ।