बढ्दो बालबलिका तथा चेलिबेटी बेचबिखन न्यूनीकरण गर्न बेचबिखनमा संलग्न दलालको अनुहार पहिचान गर्ने एप्स सुरुवात गरिएको छ । शुक्रबार माइती नेपालले ‘खोजी’ एप्सको सुरुवात गरेको छ । बर्सेनि ५ हजारदेखि १० हजार महिला तथा बालबालिका नेपालबाट बेचबिखनमा पर्ने समस्या रोक्न यस एप्सले सहयोग गर्ने विश्वास माइती नेपालकी अध्यक्ष अनुराधा कोइरालाको छ ।
ह्वावेको कन्युमर बिजनेस गु्रपले वाइ सिरिज स्मार्ट फोनको नयाँ रेन्जमा वाइ फाइभ टु मोबाइल लन्च गरेको छ । उत्कृष्ट बनोट भएको उक्त मोबाइलको मूल्य १२ हजार रहेको कम्पनीले जनाएको छ ।
फेसबुकमा अब व्यक्तिगत सन्देश लुकाउन मिल्ने भएको छ । उसले मेसेन्जर एपको प्रयोग गरी गोप्य सन्देश सेवाको परीक्षण गरेपछि व्यक्तिगत सन्देश लुकाउन मिल्ने भएको हो । फेसबुकले गठन गरेको एक विज्ञ टोलीले त्यस्ता व्यक्तिगत सन्देश प्रयोगकर्ताले चाहेको समयमा लुकाउन सक्ने बनाएको हो । हाललाई उक्त गोप्य सन्देश सेवा निश्चित समयका लागि परीक्षणका रूपमा रहेको फेसबुकले जनाएको छ ।
नेपालको सबैभन्दा धेरै डाउनलोड भएको एन्ड्रोइड मोबाइल एपमध्ये एक हाम्रो पात्रोले आफ्नो नयाँ परिमार्जित संस्करण अपडेट गरेको छ । परिमार्जित संस्करणमा सम्बन्धित समाचार हेर्न पाइने व्यवस्था गरिएको छ । यसलाई नेपाली न्युज माइनिङ इन्जिनले स्वचालित रूपमा छनोट गर्ने डेभलपरको दाबी छ ।
लाखौ पोकेमन गो का पारखीहरु कार्टुन मोस्टर खोज्न आफ्नो घर तथा कार्यलय छोडिरहेको बेला केहि मासिनहरुले भने आश्चर्य रुपमा आफ्नो घर तथा कार्यलयलाई एक आकर्षक केन्द«का रुपमा रुपान्तरीत भएको पाएका छन् ।
विश्व बजारमा सर्वाधिक लोकप्रिय मोवाइल कम्पनी एप्पलले छिटै स्वास्थसम्बन्धी नयाँ एप ल्याउने जनाएको छ । यसै वर्षको अन्त्य सम्ममा प्रयोगमा ल्याइने उत्त स्वास्थ एपमा साइइ अप गरेर आइफोनका प्रयोगकर्ताहरुले अंग दाता बन्नका लागी रजिस्टे«शन गर्न सक्ने कम्पनीले जनाएको छ । प्रयोगकर्ताहरुले आखाँ र टिस्यु दान गर्न सक्नेछन् ।
कम्पनीले प्रयोगकर्ताहरुहरुले रजिस्टेशन मार्फत उपलब्ध गराएको जानकारीहरु गैर नाफाम¬लक सस्था डोनेट लाइफ अमेरिकाले संचालन गरीरहेको नेशलन डोनेट लाइफ रजिस्ट्रीमा बुझाउने छ ।
संसारमै लोकप्रिय बनेको म्यासेजिङ एप ह्वाट्सएपमा नयाँ फिचर आउने भएको छ । फेसबुक र ट्वीटरमा पहिलेदेखि नै भएको ‘मेन्सन’ फिचर ह्वाट्सएपमा पनि ल्याइने भएको छ ।
फेसबुक सहितका सामाजिक सञ्जालले गरिरहेको लाइभ स्ट्रिमिङ निकै लोकप्रिय छ । सुरुमा ट्वीटरको स्वामित्वमा रहेको परिस्कोपले यस्तो सुरुवात गरे पनि त्यसपछि सुरु गरेको फेसबुक लाइभ स्ट्रिमिङको दौडमा धेरै अगाडि पुगेको छ ।
भाइबरमा ल्याएको नेपाली अक्षरको स्टिकर अहिलेको पुस्तामा प्रचलित रहेको शब्दहरू समावेश छन् । स्टिकरमा ‘लाज लाग्यो’, ‘तिमी मेरो हिरो’, ‘कस्तो अचम्म’, ‘आम्मै’ ,‘धेरै च्वाक छौ !’, ‘म मरेँ अब’, ‘माफ पाऊँ हजुर !’ शब्द राखिएका छन् ।
एप्पल एप स्टोरमा एपको संख्या २० लाखभन्दा बढी पुगेको छ । गत वर्ष यही समय करिब १५ लाख एप भएकोमा यस वर्ष २० लाखभन्दा बढी पुगेको कम्पनीका सीईओ टिम कुकले बताएका छन् ।
कम्प्युटर अपरेटिङ सिस्टम निर्माता माइक्रोसफ्टले सामाजिक सञ्जाल लिंक्डइन किन्ने भएको छ । विशेष गरी कर्पोरेट जगतका कर्मचारीबीच लोकप्रिय सामाजिक सञ्जाल लिंक्डइनको सम्पूर्ण सेयर माइक्रोसफ्टले खरिद गर्ने भएको हो ।
आत्महत्या गर्नुअघि फेसबुक प्रयोग गर्नेको संख्या विश्वभरि नै बढ्दै गएको छ । यो समस्यालाई सम्बोधन गर्न फेसबुकले नयाँ उपाय खोजेको छ । फेसबुकले आत्महत्या रोक्ने एप अपडेट गरेको छ । यो सुविधा विश्वभरिकै क्षेत्रीय भाषामा समेत उपलब्ध गराउने फेसबुकले जनाएको छ ।
यौन जीवनको प्रमुख आवश्यकता मानिन्छ । बढ्दो उमेरसँगै मानिसलाई यसको आवश्यकता पनि पर्दै जान्छ । तर, भनेको बेला यौन पार्टनर नपाउँदा कतिपय मानिस डिप्रेसनको शिकार भएका उदाहरण पनि प्रशस्त छन् । यही कुरालाई मध्यनजर गर्दै एउटा सेक्स डलको विकास भएको छ । जसले तपाईंको यौन चाहनालाई पूरा गर्नेछ । जब तपाईंको मन जाग्छ तब तपाईंको यौन चाहना पूरा गर्न एन्ड्रोइड सेक्स डल सहवासका लागि तयार हुन्छ ।
फेसबुकले प्रयोगकर्ताको प्रोफाइलमा रहेका फोटो, सेक्रेट फोटोको एल्बम र क्यामेरासँग सिन्क्रोनाइज्ड भएका फोटोहरूलाई चाँडै हटाउने भएको छ । फेसबुकले प्राइभेट सिन्क वा सिन्क फ्रम फोनवाला सबै फोटो डिलिट गर्ने बताएको छ ।
माइक्रो ब्लगिङ साइट ट्वीटरका प्रयोगकर्ता फेरि सुरक्षा समस्याको सामना गरिरहेका छन् । ह्याकरको एउटा समूहले ३ करोड २० लाखभन्दा बढी ट्वीटर प्रयोगकर्ताको व्यक्तिगत विवरण कालो बजारमा बिक्री गरिरहेका छन् । तर, ट्वीटरले आफ्नो सिस्टमबाट कुनै सूचना नचोरिएको दाबी गरेको छ । ‘सबै प्रयोगकर्ता सुरक्षित छन्,’ ट्वीटरले भनेको छ ।
बहुप्रतीक्षित स्मार्टफोन ग्यालेक्सी एस ७ र ग्यालेक्सी एस ७ एज नेपाली बजारमा पनि सार्वजनिक भयो । कम्पनीले यी स्मार्टफोनका पाँच विशेषता रहेको उल्लेख गरेको छ । जुन यसअघिका स्मार्टफोनमा नभएको कम्पनीको दाबी छ ।