प्रनेश गौतमलाई साइबर क्राइमको आरोपमा प्रहरीले पक्राउ गरेको विषयमा चलचित्र पत्रकारसँग सम्बन्धित दुई संस्था विभाजित । नेपाल पत्रकार महासंघमा एसोसिएट संस्था आबद्ध चलचित्र पत्रकार संघ र चलचित्र समीक्षक समाजकाे विपरीत धारणा ।
अध्यक्षको प्रत्यासी रहेकी अभिनेत्री सरिता लामिछानेविरुद्ध जिल्ला प्रशासन कार्यालयमा उनी गैरकलाकार रहेको उजुरी परेपछि रोकिएको चलचित्र कलाकार संघको चुनाव जेठ २५ मा हुँदैछ । चुनाव हुने निश्चित भएसँगै अहिले कलाकार चुनावी रङमा रंगिएका छन् ।
बजारमा भाइरल ‘तिम्रो मायाले बाँधेर राख’ बोलको गीत यतिखेर विवादमा तानिएको छ । यसै गीतमाथि एलिना चौहानले बनाएको कभर भिडियोमा गीतका ओरिजनल गायक श्याम कार्कीले कपी राइट क्लेम गरेसँगै यसको विवाद चर्किएको हो ।
गर्मी भन्दा जाडो धान्न सजिलो हुन्छ नि ! समरमा गर्मी धेरै हुन्छ । रिस उठ्छ । फ्यान चलाए पनि गर्मी भइरहेको हुन्छ । जाडोमा त सिरक ओड्यो, हिटर बाल्यो न्यानो हुन्छ । कुल हुनु भन्दा न्यानो हुन सजिलो लाग्छ !
पछिल्लो समय फिल्मका कलाकारदेखि मोडल, गायक–गायिकासम्म साइड बिजनेसमा सक्रिय छन् । अधिकांशको रोजाई फुड बिजनेसमा देखिन्छ । कोही कफी सप खोलेर बसेका छन् त कोही रेस्टुराँ ।
यो रहर कि बाध्यता त ?
कथा भन्ने शैली नयाँ छैन । निर्देशकले परम्परागत कथ्यशैली नै अपनाएका छन् । दुई जना साथीको मित्रताको कथामाथि कयौँ फिल्म बनिसकेका छन् । अनि, यसमा त्यस्तो के नौलो छ त ? निर्देशकले कतै प्रस्ट्याउन सकेका छैनन् ।
यस पटकको भारतको लोकसभा निर्वाचन धमेन्द्रका लागि बढो रोचक बन्यो । उनको घरमा अब एक हैन २–२ सांसद भए । उत्तर प्रदेशको मथुराबाट भारतीय जनता पार्टीको उम्मेदवार बनेकी अभिनेत्री हेमा मालिनीले सहजै लोकसभा चुनाव जितिन् ।
अनुप बिक्रम शाही, सन्दिपा लिम्बु र अनुपा भट्टराईको अभिनय रहेको फिल्म ’कप्स’ को अफिसियल पोष्टर सार्वजनिक भएको छ । आगामी १७ जेठबाट प्रदर्शनमा आउने फिल्मको २ वटा पोस्टर सार्वजनिक भएको हो ।
सुलेमान शंकर, नीता ढुंगाना अभिनित फिल्म ‘रेस’को ट्रेलर सार्वजनिक भएको छ । फिल्म जेठ २४ देखि प्रदर्शनमा आउँदै छ । फिल्म माता पाथिभरा फिल्मस् र लिबांग फिल्मस् प्रोडक्सन प्रालिले संयुक्त रुपमा बनाएको हो ।
नेपाली फिल्म मेकर मीन बहादुर भामको नयाँ फिल्मले नर्वेको सरफन्ड जितेको छ । फ्रान्सको पेरिसमा भइरहेको कान्स फिल्म फेस्टिभलमा विश्वभरका फिल्ममेकर्सले निवेदन दिएका ५२ वटा फिल्मी परियोजनालाई पछाडि पर्दै भामको द इयर अफ कोल्ड (चिसो वर्ष)ले नर्वेजियन सरफन्ड जितेका हुन् ।
‘जात्रैजात्रा’मा कमीकमजोरी नभएका होइनन् तर सबल पक्षले ती कमजोरी छोपिदिएका छन् । फिल्म हेरेपछि भन्न करै लाग्छ, ‘यो नेपालमा बनेको अब्बल दर्जाको कमेडी फिल्म हो ।’
'मेरो पहिलो भिडियोमै अभिनय त थियो नि, होइन र ? निखारता ल्याउनुमा प्रश्न गर्नु न बरु । अभिनय नै नगरेको भए, म यहाँसम्म कसरी आउँथे । यो प्रश्न नै गलत छ ।'
जुनसुकै पार्टीको सरकार आए पनि नेपाली फिल्मबारे खासै चिन्ता र चासो राखेको पाइँदैन । कहिलेकाहीँ राज्यले फिल्मसिटी लगायत फिल्मको भौतिक विकासमा चासो त देखाउँछ तर त्यो पनि व्यवहारमा लागू गर्दैन । दक्ष जनशक्तिको अभावका कारण सिनेमाको विकास हुन नसकिरहेको तीतो यथार्थबारे राज्य अझै मौन नै छ ।