नेपाली फिल्म क्षेत्रमा मपाइँत्व भएका धेरै निर्माता, निर्देशक र कलाकार छन्, जो कमजोरी औंल्याउँदा स्वीकार गर्नुभन्दा उल्टै तथानाम सार्वजनिक टिप्पणी गर्दै जगहँसाइ गरिरहेका हुन्छन् ।
नायिका स्वेता खड्काकै शब्दमा अहिले उनी दोस्रो जीवन बिताइरहेकी छिन् । कारण अकस्मात गर्दनमा देखिएको ट्युमर । हेलो जिन्दगीको सुटिङका लागि लन्डन पुगेकी उनको गर्दनमा समस्या भएपछि जाँच गर्दा ट्युमर रहेको खुलेपछि उनले भारतको अस्पतालमा शल्यक्रिया गरेकी हुन् ।
निर्माण पक्षले ‘दाल भात तरकारी’ स्वादिलो भएको दावी गर्यो तर फिल्मको स्वाद नमिठो भयो । फिल्म रिलिज अगाडि निर्माण टोलीबाट जे जस्ता दावी आए ती सबै दर्शकलाई हलसम्म तान्ने उपाय मात्र देखिए ।
विराजलाई झनक्क रिस उठ्छ । अचानक उनको एक्सन रुप ब्युँतिन्छ । त्यसपछि ती व्यक्तिको टाउकोका पछाडिको भागमा लगातार मुक्का बर्साउन थाल्छन् । मुक्काको बलले व्यक्ति भुइँमा पछारिन्छन् । माहोल एकाएक तनावग्रस्त हुन्छ ।
नेपालमा समेत छायाँकन गरिएको भारतीय फिल्म ‘इन्डियाज् मोस्ट वान्टेड’ले आफ्नो पोस्टरमा नेपाललाई मुख्य प्राथमिकता दिएको छ । ‘नो वन किल्ड जेसिका’, ‘रेड’ जस्ता चर्चित फिल्म निर्देशन गरेका राजकुमार गुप्ताको यो फिल्म आतंकवादसँग सम्बन्धित छ ।
दर्शकलाई जबर्जस्ती हँसाउन द्विअर्थी र भद्दा संवाद, जबर्जस्ती रुवाउनलाई विरहको ध्वनि । अभिनेत्री झरना थापाको दोस्रो निर्देशकीय फिल्म ‘ए मेरो हजुर–३’ भित्र के छैन र ? गीत र फाइट त छुट्नै कुरै भएन । केही छुटेको छ भने त्यो हो– सिर्जनशीलता ।
०७५ मा करिब ९० हारहारी नेपाली सिनेमा हलमा रिलिज भए तर आधा दर्जन निर्माताले पनि आफ्नो यथार्थ आम्दानी खुलाउने हिम्मत गरेनन् । कारण प्रस्टै छ, निराशाजनक व्यापार ।
समीक्षकहरुले ‘बुलबुल’को अभिनयलाई स्वस्तिमाको करिअरकै उत्कृष्ट अभिनयको रुपमा विश्लेषण गरे । उनले निर्वाह गरेको टेम्पो ड्राइभरको भूमिकाले उनलाई ०७५ को अब्बल अभिनेत्रीको सूचीमा पुर्यायो ।
अध्यक्षको उम्मेदवार बनेकी सरिता लामिछानेको योग्यताबारे जिल्ला प्रशासन कार्यालय काठमाडौंमा उजुरी परेपछि चलचित्र कलाकार संघको निर्वाचन अन्योलमा परेको छ ।
फिल्ममा जबर्जस्ती दर्शक हँसाउन बग्रेल्ती राखिएका द्विअर्थी र भद्दा संवादको प्रयोग पनि ‘६क्कापञ्जा–२’कै ‘फर्मुला’ हो । विषयको सहारा लिनुसम्म त ठीकै हो तर आलोचित विषयमा पनि निर्देशक सचेत नहुनु भने विडम्बना हो ।
ढकालले दोहोरीलाई हेप्ने कलाकारलाई नै ठूलो रकम भुक्तानी गर्दा दोहोरीकै विकासमा संघर्षरत कलाकारको अपमान भएको टिप्पणी गरेकी छन् । ‘हेपिनेले हेप्नेलाई ठूलो रकम भुक्तानी गरेर सन्तुष्ट भइरहँदा आफ्ना लोककलाकार र संस्कृति जोगाउन अहोरात्र खटिने कलाकारको पनि संरक्षण हुनुपर्छ भनेर मनन् गर्ने बेला भयो कि ?’
अमेरिकाको मेरिल्यान्डमा हुँदै आएको नेपाल–अमेरिका अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा ‘बुलबुल’ फिल्म प्रर्दशन हुने भएको छ । फेस्टिभलको ओपनिङ फिल्मको रुपमा बुलबुल देखाइने निश्चित भएको हो ।
अभिनेत्री नम्रता श्रेष्ठको मुख्य भूमिका रहेको फिल्म ‘जाइरा’ २०७६ भदौ ६ मा रिलिज हुने भएको छ । फिल्ममा अभिनेत्री नम्रता मिक्स मार्शल आर्ट खेलाडीको भूमिकामा देखिँदैछिन् भने उनीसँगै अनुप विक्रम शाही, प्रमोद अग्रहरी, रेमन दास श्रेष्ठ लगायतका कलाकार छन् ।
गैँडा तस्करीलाई विषय बनाउनु फिल्मको प्रंशसनीय पक्ष हो । जुन पुस्तकलाई फिल्मको आधार बनाइएको छ, सो पुस्तकमा सम्बन्धित विषयका लागि पर्याप्त सामग्रीसमेत छ । यति राम्रो विषय र भरिपूर्ण सामग्री हुँदाहुँदै पनि निर्देशक पण्डितले जुन स्तरको फिल्म बनाए, यसले उनको निर्देशकीय क्षमतामाथि नै प्रश्न उठाएको छ ।
फिल्मभित्र अनमोल फुटबलका स्ट्राइकर छन्, निर्देशकको पटकथाका कारण फुटबलको ग्राउन्डमा उनले धेरैपल्ट जबर्जस्त गोल पनि गर्छन् तर नेपाली फिल्मको असली ग्राउन्डमा उनको यो 'स्ट्राइक' कमजोर नै देखियो । ‘क्याप्टेन’ हेरेपछि फेरि भन्नै पर्छ, अब अनमोलले प्रशंसकको भीडमा रमाउन छाड्नुपर्छ, अनि आलोचना सुन्नुपर्छ । नत्र उनी पनि नेपाली फिल्मका दुईदिने पाहुना मात्र हुने पक्का छ ।
पर्दाभित्र फिल्मका मूल पात्रहरुको सम्बन्ध टुटिरहेको हुन्छ तर बाहिर ती दृश्यले दर्शकको दिल रत्तिभर दुखाएको हुँदैन । बरु पात्रहरुको विछोडले नदुखाउने दिल समग्र फिल्मको नतिजाले दुखाइदिन्छ । अनि त भन्न करै लाग्छ, आखिर जसरी होस्, फिल्मले दिल त दुखाएरै छाड्यो !