नेपाली फिल्म बजारमा अहिले जस्ता लभस्टोरी फिल्म बनिरहेका छन्, तीभन्दा स्तरीय र कलात्मक छ– ‘रोमियो एन्ड मुना’ । यो फिल्ममा पनि धनी युवा र गरिब युवतीबीचको प्रेम नै छ तर अरुमा जस्तै कुनै भिलेन, परिवार र समाज, जात, धर्म यहाँ तगारो छैन । द्वन्द्व त छ तर पात्र आफैँसँग छ ।
गायिका प्रितीआले मगरको नाइट लाइफसँग गहिरो प्रेम छ । कुनैबेला दोहोरी साँझमा काम गर्दादेखि बसेको यो प्रेम अहिले ग्राहकका रुपमा पनि उस्तै छ । उनी स्टेज कार्यक्रमका लागि जुनसुकै देश जाँदा पनि नाइट लाइफमा रमाएकै हुन्छिन् । उनी विशेष गरी नाइट क्लबमा नाच्न र गजल साँझमा गीत सुन्न रुचाउँछिन् ।
नायिका रेखा थापासँगको डिभोर्सपछि शिल्पा पोखरेलसँगको प्रेम र विवाह प्रसंग यसरी नै २ वर्षदेखि मिडियामा छाइरहेको छ । आजै बिहे गर्ने, भोलि नै जन्ती हिँडिहाल्ने जस्ता समाचार आइरहन्छन् मिडियामा । यसमा छवि मात्रै हैन, शिल्पासमेत उत्तिकै सक्रिय हुन्छिन् ।
गफैगफमा अभिनेत्री साम्राज्ञीराज्य लक्ष्मी शाहकाे पूर्व प्रेमी मयंक को मुखबाट फुत्कियो, ‘हामी रिलेसनमा थियौं तर ब्रेकअपको कारण भने खुलाउन चाहन्नँ, खुलाएँ भने तपाईंले लेख्दिहाल्नुहुन्छ ।’
टेलिभिजनमा नियमित हास्य श्रृंखला चलाउनु कुनै समय नाम र दाम दुवै कोणबाट राम्रो अवसर थियो । वाहवाही पनि पाइने, दाम पनि राम्रै हुने । दीपकराज गिरीदेखि सीताराम कट्टेलसम्म त्यही सानो पर्दाबाटै जमे तर अहिले अवस्था भने फेरिएको छ ।
नेपाली फिल्ममा अनधिकृतरूपमा गीत र गीतका लाइन प्रयोग भएको विवाद हुँदै आए पनि उपन्यास र फेसबुक स्टाटसबाट उधारो डायलग चोरिएको विवाद त्यत्ति सुनिएको थिएन, त्यो पनि ट्रेलर रिलिज भएलगत्तै । यी दुई घटनाले भने फिल्मभित्रका अन्य विकृत पाटोसमेत सार्वजनिक भयो ।
नेपाली फिल्ममा सशक्त अभिनेताका रुपमा चिनिने सौगात मल्ल र विपिन कार्की पनि चुरोट असाध्यै सल्काउँछन् । अभिनेता सलोन बस्नेत र अभिनेत्री करिष्मा श्रेष्ठ अहिले प्रेममा छन् । र, यी दुवै स्मोकिङ गर्न रुचाउँछन् । दुवै सँगै बसेर स्मोकिङ गर्छन् ।
भारतसँगै नेपालमा समेत ‘सञ्जु’ रिलिज हुने व्यग्र पर्खाइमा छन् फिल्मप्रेमी । मनीषा ट्रेलरबाटै पाएको प्रतिक्रियाबाट उत्साहित छिन् नै यो भन्दा खुसी बलिउडले पुनः गरेको न्यानो स्वागतप्रति छिन् ।
नायिका मलिना जोशीले ‘आई एम सिङ्गल’ भने पनि अभिनेताहरुसँग जोडिएर आउने अफेयर्सको चर्चा कम भएको छैन । कहिले अभिनेता अनुपविक्रम शाहीसँग उनको नाम जोडिन्छ त कहिले सारुक ताम्राकारसँग ।
केकी त्यस्ती अभिनेत्री हुन्, जो व्यक्तिगत सम्बन्धबारे सधैँ जोगिदै आएकी छन् । फिल्मी क्षेत्रका उनका सहकर्मीहरुको नाम कसै न कसैसँग जोडिँदा उनी भने बचिरहेकी थिइन् । यो अवस्था फेरिन भने पाँच महिना नै काफी रह्यो । उनले आफ्नो प्रेम सम्बन्ध लुकाउन सकिनन् । उनको गुपचुप प्रेम बाहिरियो र उनी जोडिइन् पप गायक आर्जन पाण्डेसँग ।
पछिल्लो समय नेपाली फिल्म वृत्तमा ‘लिलिबिली’जस्तै अधिकांश फिल्म समीक्षा र व्यापारका हिसाबले ‘झुर’ साबित भए तर अचम्मको कुरा तिनै फिल्मको सेलिब्रेसन भने तामझामपूर्ण र भव्यतापूर्ण थियो ।
फिल्ममा तडकभडक, धुमधमाका र मसला खोज्नेहरुलाई त भन्न सकिन्न तर सिरियस फिल्मप्रेमी र विपिनका अभिनयका पारखीका लागि यो फिल्म रुचिकर छ । कथा चोरेर बनाइने १० वटा ‘कोहलपुर एक्सप्रेस’हरु भन्दा बल्लतल्ल बन्ने ‘हरि’ नै नेपाली फिल्मको उन्नतिमा सारथि बन्न सक्छ ।
यो गीत लोकप्रिय भएको आज ४५ वर्ष पुगिसकेछ । हिजोको बच्चा आज ४५ वर्षको भइसकेछ,’ कार्यक्रममा मञ्चअघि बसेका प्रमुख अतिथि प्रधानमन्त्री केपी शर्मा ओलीतिर हेर्दे उनले प्रश्न गरे , ‘तीन पुस्ताले गाइसक्यो यो गीत तर किन हाम्रो देशको मुहार चाहिँ सधैँ उस्ताको उस्तै ?’
नायिका करिश्मा मानन्धर, पूर्व मिस नेपाल उषा खड्गी, अभिनेत्री क्षितिजा शाक्य, दिक्पाल कार्की, एसराज गराच, पूर्व मिस्टर नेपाल गणेश अग्रवाललगायत सँगै करिब २ दर्जन सञ्चारकर्मी र्याम्पमा उत्रिएका थिए ।
पछिल्लो समय नेपाली दर्शकको भिड कमेडी फिल्ममा बढेको भएर होला उनले फिल्ममा रवीन्द्र झाको क्यारेक्टरमार्फत दर्शक हँसाउने भरपुर प्रयत्न गरेका छन् । विधागत हिसाबले यो फिल्म हरर हो तर दर्शक बढी तर्सिनुको सट्टा हाँस्छन् । यो पक्कै निर्देशकको सफलता होइन ।
मौसमी तापक्रमसँगै फेसनको तापक्रमसमेत ह्वात्तै बढेको छ । अहिले हरेक दिन बिराएर कहीँ न कहीँ कसै न कसैको आयोजनामा फेसन सो आयोजना भइरहेका छन् । केही सो क्यूमा छन्
शेयर बाँडफाड र बक्सअफिसको मुद्दालाई लिएर जेठ १ गतेबाट आन्दोलन थाल्ने घोषणा गरेको चलचित्र निर्माता संघ अन्तिम समयमा पछि हटेको छ । आइतबार राति अबेरसम्म चलेको वार्तामार्फत् चलचित्र संघ (हल व्यवसायी र वितरकहरुको संगठन)सँग १७ बुँदे सम्झौता गर्दै निर्माता संघले आन्दोलन फिर्ता गर्यो ।