नेपालको भौगोलिकतासँगै भाषा र संस्कृतिमा पनि उत्तिकै विविधता छ । सरकारी भाषा भएकाले नेपाली भाषाको फैलावट अलि बढी नै छ । क्षेत्रीय भाषा पनि चलेका हैनन् । तर, सीमित वर्गमा । यस्तै भौगोलिक भाषालाई जनमानसमा भिजाउन कलाकार भने सक्रिय छन् ।
चलचित्र विकास बोर्डका पदाधिकारीले खुट्टा नकमाए साउन १ गतेदेखि उपत्यकामा बक्सअफिस प्रणाली लागू हुनेछ । हलको व्यापार पारदर्शी बन्नेछ, हल सञ्चालकले हिसाब दिएनन् भन्ने निर्माताको गनगन हट्नेछ भने कर छल्न पल्केका हलसाहु निस्क्रिय हुनेछन् ।
फिल्ममा डन्डिबियो खेललाई आधुनिक तरिकाले खेलिएको छ । सायद यसअघि यति व्यावसायिक हिसाबले यो खेलबारे सोचिएको थिएन । फिल्ममा खेलका नियमहरु पढाइएका छन् । फिल्म हेर्दैै गर्दा यस्तो लाग्छ, यो सिनेमा कम र डन्डिबियोको प्रशिक्षण कक्षा ज्यादा हो ।
परिचय’ सिरियलले उनको परिचय बदलिदिएको छ । उनको वास्तविक नाम जस्मिनबाट भन्दा पनि सभ्यताको नामले धेरैले चिन्छन् । टिनएनको राम्रो प्रतिनिधित्व गरेकी उनको काँचको पर्दासँगको साइनो गाँसिएको भने १० वर्ष भइसक्यो ।
एनएफडिसीको सर्वोत्कृष्ट निर्देशकको अवार्ड पाउने ‘लिलिबिली’ विभिन्न हिन्दी फिल्मका दृश्यको जोडतोडले बनेको थियो । स्कटल्यान्डको दृश्य राख्नु नै मिलन चाम्स उत्कृष्ट हुने आधार हो त ?
समीक्षामा निर्देशकीय पाटो जति कमजोर देखिए पनि जुरीको नजरमा चाम्सको निर्देशकीय पाटो अब्बल देखियो । अब्बलको आधारबारे जुरी नै जानकार होलान् ।
बलिउडसँग नेपाली फिल्मको नाजायज प्रेम बसेको धेरै पहिल्यैदेखि हो । बेलाबखत यो सम्बन्ध तोड्ने प्रयास गर्छन्, नव प्रवेशीले । तर पुनः त्यो ‘नाजायज’ प्रेम बल्झिरहन्छ । हलमा चलिरहेको फिल्म ‘कोहलपुर एक्सप्रेस’ बलिउडसँगको यस्तै बल्झिएको प्रेमको प्रतिफल हो ।
काठमाडौंमा दुई दसक पहिलेसम्म हरेक हप्ता नयाँ–नयाँ लोक पप गीतहरु सार्वजनिक हुन्थे, रेडियो टेलिभिजन र पत्रपत्रिकामा अन्तर्वार्ता दिन गायक तथा ब्यान्डका सदस्यलाई भ्याइनभ्याई हुन्थ्यो ।
यसपछि एक समय यस्तो आयो, त्यसलाई केही विज्ञ पपगीतको ‘स्याचुरेसन प्वाइन्ट’ मान्छन् ।
नेपाली फिल्म क्षेत्रमा उदाउँदै गरेको नाम हो– विनोद न्यौपाने । उनले अभिनय थालेको ८ वर्ष भइसक्यो तर दर्शकको नजरमा पर्न थालेको भने फिल्म ‘कान्छी’ बाटै हो । ‘कमलेको बिहे’ फिल्ममा समेत उनी प्रमुख भुमिकामा छन् । प्रर्दशनको तयारीमा रहेको ‘कोहलपुर एक्सप्रेस’मा अभिनेता समेत रहेका उनीसँग अनिल यादवले गरेको अन्तरंग कुराकानी :
सरकार बक्सअफिस लागू गर्ने पक्षमा छ । उता हलवालाहरु जुनसुकै हालतमा बक्सअफिस रोक्ने पक्षमा छन् । यता निर्माता संघ आन्दोलनको तयारीमा छ । आखिर के चक्कर हो यो बक्स अफिसको ? शुक्रवारकर्मी अनिल यादवले खोतल्ने प्रयास गरेको छ ।
फिल्मको पर्दाबाहिर कसैले स्वस्तिमालाई देख्दो हो त, उसलाई स्वस्तिमा हिरोइन हुन् भन्ने पत्याउन पनि गाह्रो पर्छ । सानो ज्यान, साना हात खुट्टा, सानो अनुहार । कुल मिलाएर हिरोइनमा चाहिने खँदिलो शरीर स्वस्तिमाको हुँदै होइन । तर भगवान दाहिने भएपछि कसको के लाग्छ ?
सन् २०१७ की मिस नेपाल निकिता चन्दले फिल्म खेल्ने भएकी छिन् । उनले ‘रानीमहल’ शीर्षकको फिल्ममा अभिनयका लागि आइतबार हस्ताक्षर गरेकी छिन् । दुई महिनाअघि घोषणा भएर फ्लोरमा जाने तयारीमा रहेको फिल्ममा निकिताले अभिनयका लागि सम्झौता गरेको निर्माण कम्पनी स्वस्तिक फिल्मले जनाएको छ ।
केही वर्षयता चकलेटी हिरोहरुको स्टारडमको चर्चा चुलीमा छ । अनमोल केसीले अकलल्पनीय सफलता हात पारेपछि सोही शैलीको सिको गर्दै भित्रिएका प्रदिप खड्का र पल शाहलाई नयाँ स्टार मान्ने गरिएको छ । पहिलो फिल्ममा सबैले एक खालको जादू देखाएकै हुन् तर त्यसयता सबैले त्यो जादू कायम गर्न सकेका छैनन् ।
हिन्दी फिल्मका नियमित दर्शकले लिलि बिलीकाे कुन सिन कहाँबाट प्रभावित हो सजिलै खुट्याउन सक्छन् । फिल्म हेर्दै गर्दा करण जोहरको ‘दिलवाले दुल्हनीया लेजाएगें’, ‘कभी अलबिदा ना कहना’, इम्तियाज अलीको ‘जब वी मेट’ लगायत हिन्दी फिल्मका दृश्यको झल्को आउँछ मज्जाले ।
नेपाली फिल्ममा यो साल पनि अघिल्लो वर्षझैँ हँसाउने फिल्मकै दबदबा रह्यो । दर्शक कमेडीदेखि लभस्टोरी सबै फिल्ममा हाँसेरै निस्किए । अघिल्लो साल कमेडी फिल्मले गरेको बम्पर व्यापारको प्रभावले होला, यो साल थुप्रैले फिल्ममा कमेडी शैलीलाई नै पछ्याए ।
अमेरिकी संगीतकर्मी रोय एयर्सले भनेका थिए, ‘संगीतको खास सुन्दरता भनेको यसले मान्छेलाई जोड्छ । यसले सन्देश बोक्छ र हामी संगीतकर्मी यसका दूत हौं ।’ उनको यस भनाइको आफ्नै महत्व होला तर अहिलेको नेपाली संगीतको बजार भने सन्देश कम, मनोरञ्जन ज्यादा बोकिरहेको छ ।
‘ एक पैसा चोरे नि दुइ रुपैया चोरे नि चोर त चोरै हो र चोरलाई समर्थन गर्ने पनि अपराधी हुन । यस्तो अपराधलाई प्रश्रय दिनेलाई पनि पाता कस्नु पर्छ । सृजना लाई सम्मान गरौ । ’
करिअर बनाउन भन्दै राजधानी छिर्ने कलाकारको संख्या नगन्य छ । जिल्लामा बसेर कलाकारितामा फस्टाउन नसक्ने र कलाकारको माग कम हुने भन्दै युवा÷युवती राजधानी छिर्ने गरेका छन् ।
नाइँ नभन्नू ल’को परिवारमा यस पटक दिलिप रायमाझी र केकी अधिकारी थपिएका छन् । दोस्रो शृंखलादेखि जोडिएकी प्रियंका कार्कीले यो भागमा पनि निरन्तरता पाएकी छन् ।
नेपाली सांगीतिक क्षेत्रमा लोकप्रिय गायक हुन्, कृष्ण काफ्ले । उनले गाएका पछिल्ला नेपाली चलचित्रका गीत श्रोता र दर्शकको मन जित्न सफल छन् । उनले आफूलाई लागेका प्रिय पाँच गीत र अरूले गाएका प्रिय पाँच गीतबारे शुक्रबारसँग साटे ।