सानिमा इन्स्योरेन्स कम्पनीको ब्रान्ड एम्बेस्डरका रुपमा चर्चित हास्य कलाकार जितु नेपाल र अभिनेत्री स्वस्तिमा खड्का छनोट भएका छन् । कम्पनीले मंगलबार एक विशेष कार्यक्रम आयोजना गर्दै यी दुई चर्चित कलाकारलाई सानिमा इन्स्योरेन्सको ब्रान्ड एम्बेस्डरका रुपमा स्वागत गरेको हो ।
सलिनमान बानियाँ डेब्यु फिल्म ‘ए मेरो हजुर २’बाटै स्टार भए । पहिलो फिल्मले मालामाल व्यापार गरेपछि निर्माताको नजरमा पर्ने नै भए । त्यसैले सलिनलाई दिनहुँ नयाँ नयाँ निर्माताले फिल्म खेल्नका लागि अप्रोच गरिरहेको अनुमान लगाउन सकिन्छ ।
अभिनेत्री वर्षा सिवाकोटी नयाँ फिल्म ‘रानीमहल’का लागि अनुबन्धित भएकी छन् । उनीसँगै दुई अभिनेता र एक अभिनेत्रीले समेत सोही फिल्ममार्फत डेब्यु गर्दैछन् । रानीमहलमा वर्षासँगै नव अभिनेताहरु आशीष अधिकारी, साहिल श्रेष्ठ देखिनेछन् । रानीमहलमार्फत नै मानस्वी खरेलले समेत आफ्नो फिल्मी यात्रा सुरु गर्दैछन् ।
हामी यसमा परिचित नभएकाले एकपटकमा यो फिल्मलाई बुझ्नै सकिन्न । निर्देशकले नयाँ किसिमको कल्पनालाई फिल्ममार्फत् प्रस्तुत गरेका छन् । पहिलो पटक यस्तो खालको नेपाली फिल्म बनेको हुँदा दर्शकले स्विकार्न सक्दैनन् ।
हिरोइनहरुको उमेर छँदै सकभर विवाह हुनै मुस्किल, अझ विवाह भइहाल्यो भने बच्चै पाइहाल्न रहर चैं गरिहाल्दैनन् । तर, अभिनेत्री निशा अधिकारी यो मामलामा फरवार्ड देखिएकी छन् । विवाह गरेको ५ महिनामै निशाले आफू गर्भवती भएको घोषणा गरेकी छन् ।
भिजेबाट हिरोइन बनेकी सन्ध्यालाई पहिलो झट्का त्यतिबेला लागेको थियो, जतिबेलामा ‘ड्रिम्स’ हिट हुँदाको क्रेडिट उनको भागमा परेन । ठूलै भूमिकाको आसमा फिल्म गरेकी उनले फिल्म रिलिजपछि भूमिका चित्त नबुझेपछि आफूले अतिथि भूमिका निर्वाह गरेको बताएकी थिइन् ।
यस्तो लाग्छ, फिल्म निर्देशक बन्नु नेपालमा सबैभन्दा सजिलो काम हो । यही सोचका कारण यस्ता यस्ता मानिस निर्देशक बनेका छन्– जसलाई न बेलामा एक्सन भन्न आउँछ न कट । यस्तै निर्देशकको भीडमा उभिने तयारीमा छन्, साहित्यकार कुमार नगरकोटी ।
हास्य अभिनेत्री दीपाश्री निरौला नेपाली फिल्म क्षेत्रमा सर्वाधिक कमाउने फिल्मकी निर्देशक हुन् । उनी निर्देशित दुवै फिल्म ‘६क्कापञ्जा’ र ‘६क्कापञ्जा–२’ले व्यापारिक रुपमा ठूलो सफलताको स्वाद चाख्यो । पछिल्लो समय सफलता सँगसँगै उनलाई चर्चा र विवादले पनि उत्तिकै पक्रन थालेको छ ।
राजवंशी भाषाका स्टार भनेर चिनिएका बलबहादुर राजवंशीले पछिल्लो समय नेपाली गीत गाएर बजारमा ल्याएका छन् । दुई सयको हाराहारीमा राजवंशी भाषाका गीत गाएर चर्चा कमाएका बलबहादुरले ‘यसपाली त बिहे गर्ने हो ’ गीतको म्यूजिक भिडियो बजार ल्याएका हुन् ।
सीताराम कट्टेल ‘धुर्मुस’ अहिले सर्वाधिक चर्चित हास्यकलाकारमध्येका एक हुन् । फरक–फरक भूमिका निभाएकाले उनी चाँडै दर्शकको मनमा बस्न सफल पनि भए । अझ उनले गरेको पछिल्लो सामाजिक कार्यले त उनी राष्ट्रिय व्यक्तित्व नै बनेका छन् । तर उनले यहाँसम्म आइपुग्न निकै पापड बेल्नु परेको थियो । उनले सहजै यो स्थान बनाएका होइनन् ।
सन् २००१ मा रेखा थापाले छवि ओझाको फिल्म ‘हिरो’बाट डेब्यु गरेकी थिइन् । कहिले बलिउडका हिट फिल्मका नाम त कहिले कथा साभार गरेर फिल्म बनाउँदै आएका ओझाले यो नाम ज्याकी श्राफको पहिलो फिल्मबाट उडाएका थिए । तर, अक्कल बिनाको नक्कलले के काम गथ्र्यो ? फिल्म पिटियो । तर, रेखा थापा चर्चित भइन् ।
बन्ने बेलादेखि नै ‘कृ’को सानो हल्ला छैन । कहिले अनमोल केसीको पारिश्रमिक त कहिले अनमोलले ज्यान बनाउन गरेको मिहिनेतको हल्लाले ‘कृ’ वर्षकै सबैभन्दा बढी हल्लीखल्ली भएको फिल्म बनेको छ । हल्ला अनुसार फिल्मको ट्रेलर पनि सबैले दमदार अपेक्षा गरेका थिए । ट्रेलर दमदार नै छ तर सँगसँगै यसलाई नक्कलको आरोप पनि लागेको छ ।
नेपालका हिरो हिरोइनका लागि फिल्म दिनदिनैको दालभात जस्तै छ । जसरी दिनदिनैको दालभातमा मान्छेलाई चाख हुन्न त्यस्तै अवस्था हाम्रा कलाकारको पनि छ । त्यसैले त कलाकार फिल्मको प्रमोसन होस् वा रिलिज आफूअनुकूल समय छ भने गई टोपल्छन्, छैन भने बालै दिन्नन् । कलाकारको यस्तै व्यवहारको सिकार बनेको छ, ‘मिस्टर झोले’ ।
‘माइतीघर’ फिल्मको सुटिङका क्रममा नेपाल आएकी अभिनेत्री माला सिन्हा गायक प्रेमध्वज प्रधानको रुप र स्वरबाट निकै प्रभावित भएकी थिइन् । माला सिन्हाको झुकाव उनीप्रति कतिसम्म थियो भने फिल्मको सुटिङ युनिट जहाँ–जहाँ पुग्थ्यो सिन्हाको अनुरोधमा निर्माण पक्षले प्रेमध्वजलाई पनि सँगै लग्नु पथ्र्यो । माला सिन्हाकै अनुरोधमा प्रेमध्वज भारतको मुम्बई पनि पुगेका थिए ।
दुनियाँलाई थाहा भइसक्यो पल शाह र आँचल शर्माका बीचमा गहिरो प्रेम छ । निर्माता निर्देशकले पनि उनीहरुको मर्म बुझेर नै होला प्याकेजमा डिल गर्न थालेका छन् । जहाँ पललाई लिनु छ त्यहाँ आँचल पनि अटाउनु पर्यो । अझ म्युजिक भिडियोमा त कुरै भएन । पल र आँचलले बेग्लाबेग्लै खेलेका म्युजिक भिडियो पाउनै मुस्किल ।
‘कृ’मार्फत नेपाली रजतपटमा भित्रने सुरसारमा रहेकी अभिनेत्री हुन् अदिती बुढाथोकी । मुम्बईको ग्ल्यामर उद्योगमा भविष्य खोजिरहेकी अदितीले त्यहाँ साना तिना म्युजिक भिडियो र ¥याम्पमा आफूलाई प्रस्तुत गर्दै आएकी थिइन् । तर, विगत एक वर्षयता ‘कृ’को सुटिङका लागि काठमाडौंमा नै ज्यादा बस्दै आएकी छिन् । तर, अदिती नेपाल मै रहेका बेला उनले फोटो सुट गरेका यस्ता फोटो बाहिरिए जसले धेरैको मुखबाट जिब्रो निस्कियो ।
मेरो ‘अलटाइम फेभरेट’ गीत हो यो । किशोर कुमारले गाउनुभएको यो गीतको शब्दभित्र ठूलो यथार्थ छ । यो गीतले जोकोहीलाई छुन्छ । गीतले ‘कुरा काट्ने दुनियाँ’को कुनै पर्वाह नगरी अघि बढ्न हामीलाई प्रेरित गर्छ । गीतले भनेझैँ म पनि सधैंँ त्यसै भन्ने गर्छु, ‘कुरा काट्ने त मान्छेको कामै हो तर त्यसको पर्वाह नगरी अघि लम्कनुपर्छ । ’
विगत दुई दसकयता भीरमौरीको मह काढिरहेका पूर्वी पहाडका मौलीधन राईले पहिलो पटक ठूलो पर्दामा आफैँलाई नायकका रुपमा उभ्याएको डकुमेन्ट्री हेरेर दङ्ग परे । काठमाडौँमा हालै सम्पन्न काठमाडौँ अन्तर्राष्ट्रिय पर्वतीय फिल्म महोत्सवमा ‘द लास्ट हनिहन्टर’मा उनको कौशल देखाइएको थियो । पहाडी गाउँबाट भिडभाडको शहरमा यात्रा नगरेका उनी आफ्नै फिल्म हेर्न जीवनमै पहिलोपल्ट गाडी चढेर आफ्नै फिल्म हेर्न काठमाडौँ आइपुगेका थिए ।
भीरमा मह काढ्ने कुलुङ राईको परम्परामाथि बनेको वृत्तचित्र ‘दी लास्ट हनी हन्टर’ले राजधानीमा सोमबार सम्पन्न १५ औं संस्करणको ‘काठमाडौं अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल’मा दुई अवार्ड जितेको छ । ३५ मिनेट लामो यो वृत्तचित्रले ‘नेपाल पनोरमा’ अन्तर्गत ‘अडियन्स अवार्ड’ र ‘स्पेशल जुरी मेन्सन’ अवार्ड जितेको हो । यो वृत्तचित्र अमेरिकी नागरिक बेन नाइटले निर्माण तथा निर्देशन गरेका हुन् । उनले नेपालमा निर्माण गरेको यो पहिलो वृत्तचित्र हो ।
राजधानीको कालिकास्थानमा रहेको सर्वनाम थिएटरले विगतको वर्षझैं यस वर्ष पनि मोबाइल फिल्म प्रतियोगिता ‘दृश्यांश’ आयोजना गर्ने भएको छ । सर्वनाममा आइतबार पत्रकार सम्मेलन गर्दै आयोजकले प्रतियोगिताको घोषणा गरेको हो । प्रतियोगिताकी संयोजक सम्पदा मल्लले कथा भएर पनि प्रविधिको कारणले ती कथालाई बाहिर ल्याउन नसकेका युवापुस्तालाई ‘दृश्यांश’ले मूलधारमा ल्याउन सहयोग गर्ने बताइन् ।