आर्यन सिग्देल र नम्रता श्रेष्ठको जोडीलाई उद्योगकै सबैभन्दा सुहाउने जोडी भनिथ्यो । दुवैले पहिलो फिल्म ‘मेरो एउटा साथी छ’मा यसलाई सार्थक बनाएका पनि थिए । त्यसयता दुवैले ‘नोभेम्बर रेन’ र ‘क्लासिक’मा सँगै अभिनय गरे । फिल्मको व्यापार ठिकठाक रह्यो तर दुवै फिल्मबाट आर्यन र नम्रताले पैसाभन्दा ज्यादा अवार्ड पाए । तर, करिअरलाई चाहिने गति पाएनन् ।
माघ १२ गतेलाई रिलिज मिति घोषणा गर्दै फिल्म ‘ह्याप्पी डेज’को दुई गीत सार्वजनिक गरिएको छ । राजधानीमा सोमबार एक कार्यक्रमबीच नायिका प्रियंका कार्की र नायक सञ्जय गुप्ताले फिचरिङ ‘खाली खाली’ र नायक दयाहाङ राई र प्रियंकाले फिचरिङ गीत सार्वजनिक गरिएको हो ।
नेपालमा ‘गाजलु’मार्फत् डेब्यु गर्नुअघि पूर्व मिस नेपाल सृष्टि श्रेष्ठले बलिउड फिल्ममा समावेश एउटा गीतबाट अभिनय थालेकी थिइन् । त्यसैले सृष्टिको बलिउड कनेक्सनमा कसैलाई पनि शंका थिएन । यही शंकाको बलमा यो साता सृष्टिले यशराज फिल्मस्ले बनाउन लागेको ‘संदीप और पिंकी फरार’मा अभिनय गर्न लागेको समाचार अनलाइनमा भाइरल भयो ।
ललितपुरमा सम्पन्न एघारौं संस्करणको ‘फिल्म साउथ एसिया २०१७’ मा दुई फिल्मले संयुक्त रुपमा बेस्ट फिल्म अवार्ड हात पारेका छन् । भारतीय निर्देशक तुषार माधव र सार्भनिक कौरले निर्देशन गरेको ‘सोजः ए ब्लालेड अफ मालाडिज’ तथा श्रीलंकाली निर्देशक जुड रत्नमले निर्देशन गरेको ‘डेमोन्स इन प्याराडाइज’ले संयुक्त रूपमा उक्त अवार्ड जितेको हो ।
एक हजार भन्दा बढी लोकगीतमा अभिनय गरेकी अभिनेत्री रञ्जिता गुरुङ अब चलचित्र निर्माणमा लाग्ने भएकी छन् । लोकगीतको भिडियोमा मोडलिङ गरिसकेकी रञ्जिता नेपाली चलचित्र ‘गोरखा पल्टन’मार्फत अभिनेत्रीका रुपमा रजतपटमा आएकी थिइन् ।
साम्राज्ञीराज्य लक्ष्मी शाह अहिलेको पुस्ताकी ढुकढुकी हुन् । खेलेका दुवै फिल्म हिट भएपछि साम्राज्ञीको पारिश्रमिक मात्र बढेको छैन, नेपालमा पहिलोपल्ट हिरोइन पनि सुपरस्टार भएको चर्चा चल्ने गरेको छ । यस्तोमा हिरोइन हिरोइनबीच प्रतिस्पर्धा हुनु र ईष्र्या हुनु सामान्य कुरा हो ।
‘जे काम गरेपनि प्रेमपुर्वक गर्नुपर्छ,’ उनको स्पष्ट धारणा छ । उनको खास नाम पनि प्रेम हो, प्रेम भोम्जना लामा । फिल्म क्षेत्रमा उनी पुष्कर लामाका रुपमा चिनिन्छन् । यस क्षेत्रमा आउनका लागि उनले के गरेनन् ? हुँदाखाँदाको रेस्टुराँको जागिर छाडे, दाइहरुको गाली पनि खाए, कुकको काम पनि गरे अनि अँध्यारोमा प्रकाश दिने (लाइटम्यान) काम गनि गरे ।
पछिल्लो समय नीता ढुंगाना फिल्मविहीन छिन् । त्यसैले उनले आफैं निर्माता बन्ने गरी कम्पनीसमेत खोलेको घोषणा गरेकी थिइन् । तर फिल्म बन्ने नबन्ने अझै टुंगो छैन । अहिले नीतासँग रिलिज हुन बाँकी रहेको एउटै फिल्म छ, ‘पञ्चायत’ । य
एक वर्षअघि एकाएक भाइरल बनेर विश्वभर चर्चामा आएकी कुसुम श्रेष्ठ उर्फ तरकारीवालीले नेपाली फिल्म ‘लम्फू’मा अभिनय गरेको बताएकी छिन् । गोपालचन्द्र लामिछाने निर्देशित यो फिल्ममाा अभिनय गरेबापत प्राप्त पारिश्रमिक कुशुमले अनाथ बालबालिकाको लागि खर्च गरेकी छिन् ।
म्युजिक भिडियोको मोडलिङ हुँदै छवि ओझाको ब्यानरकी अभिनेत्री बनेकी शिल्पा पोखरेललाई छविका फिल्म त फापेकै छन् तर छविको ब्यानर बाहिरका फिल्मले भने अहिलेसम्म हिटको मुख देख्न पाएका छैनन् । शिल्पाले छविको ब्यानमार ‘लज्जा’, ‘हवल्दार सुन्तली’ र ‘किस्मत २’ र ‘मंगलम्’मा काम गरेकी छन् ।
‘ऐश्वर्य’ फिल्मको मुख्य लगानीकर्ता अभिनेता रमेश उप्रेती हुन् । अमेरिका बसाइबाट स्वदेश फिर्तीसँगै उनले ‘ब्रासलेट’मार्फत् कमब्याक प्रयास गरेका थिए तर फिल्मले उनको कमब्याक सुखद बनाएन । तर, रमेशले हिम्मत हारेनन् । ‘ब्रासलेट’को कमी अर्को फिल्म खेलेर पूरा गर्ने गरि ‘ऐश्वर्य’ घोषणा गरे । ‘ऐश्वर्य’ बनेर पनि आउँदो बिहीबारबाट रिलिज भएकाे छ ।
दक्षिण कोरियाको सोल सहरमा आयोजना हुने अन्तर्राष्ट्रिय मोडलिङ अवार्ड ‘लक्जरी ब्रान्ड मोडल अवार्ड’ अन्तर्गत रहेको ‘ब्राइडल अवार्ड २०१७’मा नेपालको प्रतिनिधित्व सिम्रन खड्काले गर्ने भएकी छन् । कोटेश्वरकी २० वर्षीया खड्कालाई नेक्स्ट मोडल्स नेपालले उक्त अवार्डमा पठाउन लागेको हो ।
७ वर्षपछि आर्यन सिग्देल र रेखा थापाको जोडी ‘रुद्रप्रिया’ मार्फत स्क्रिनमा आउँदा फिल्मले उधुम मच्चाउने अपेक्षा थियो । यही कारण निर्माताले आर्यन सिग्देललाई फिल्ममा लिन मोटो रकम खर्च गरेका थिए । तर, चाडपर्वको समयमा पनि फिल्मले सुख्खा व्यापार गरेर निर्माताको अपेक्षामा तुषारापात गरेको छ ।
गीत, संगीत र चलचित्र क्षेत्रमा केही गर्ने हुटहुटीले सोलुखुम्बु, गुदेलकी आङङिमा शेपा ‘कुङ्गा’लाई काठमाडौँ ल्याइपु¥यायो । काठमाडौँको परिवेश उनले सोचेजस्तो सहज थिएन । जता फर्के पनि पैसाकै कुरो हुन्थ्यो तर उनको खल्तीमा आफूले इच्छाएका काम गर्न चाहिए जति पैसा थिएन ।
निर्माता बन्ने लिस्टमा हिरोइनको नाम थपिने क्रम जारी छ । अग्रज हिरोइनले निर्माण तथा निर्देशनमा सफलता हात पारेको देखेर होला अभिनेत्री आशिष्मा नकर्मीले पनि निर्माणमा हात हालेकी छन् । तर, आशिष्माले यसको सुरुवात गरेकी छन् नेवारी भाषाको फिल्म निर्माणबाट ।
‘फेस अफ फेसन’को फाइनल आगामी २९ गते पोखराको सभागृहमा हुने भएको छ । ‘फेस अफ फेसन’ नाम दिएर रमाइलो छ प्रालिले आयोजना गरेको प्रतिस्पर्धामा दुई वटा अडिसन राउन्ड पार गरेर कुल ३४ जना प्रतिस्पर्धाबाट १७ जना युवायुवती फाइनलमा प्रवेश गरेका हुन् ।
रेखा थापालाई नेपालको नम्बर वन कन्ट्रोभर्सी चाइल्ड भन्दा केही फरक पर्दैन । रेखा र विवाद पर्यायवाची जस्तै हुन् । जहिले पनि केही न केही लफडा परिरहन्छ । अझ फिल्म रिलिज हुने बेलामा त विवाद उधुमै हुन्छ । सधैं हुने लफडा यसपालि किन खेर जान्थ्यो र !
पछिल्लो समय युट्युबमा रिलिज भएका सामग्री हेर्ने हो भने लाग्छ, पूरै फिल्म उद्योग सौगातले धानेका छन् । दसैंअघि उनका पालैसँग ‘मेरो पैसा खोइ’, ‘फाटेको जुत्ता’, ‘झ्यानाकुटी’का प्रचार सामग्री रिलिज भए । अझ ‘मेरो पैसा खोइ’ र ‘फाटेको जुत्ता’का त दिन बिराएर ट्रेलर र गीत सार्वजनिक भए ।
उद्योगकै सेलिब्रेटी निर्देशक निश्चल बस्नेतसँग विवाह गरेर पनि स्वस्तिमा खड्काको फिल्मी करियरले सोचेजस्तो गति लिएको छैन । पहिलो फिल्म ‘होस्टल रिटन्र्स’ हिट नै भएको तर हिटको क्रेडिट सबै हिरोहरुले लिएर गए । सोलो हिरोइन भएको ‘लभ लभ लभ’बाट उनलाई खुबै आश थियो तर त्यो फिल्मले पानी पनि भन्न पाएन ।
‘म त सामान्य मान्छे हुँ तर क्यामरा लभ्स मि,’ चक्रपथस्थित घरमा बिहानीको चिया चुस्की लिँदै मनीषाले भनिन्, ‘मेकअप गरेपछि मात्र राम्रो देखिन्छु ।’ भदौ २३ को बिहानी मर्निङ वाकबाट फर्किएकी मनिषाको शिरमा ह्याट थियो, टि सर्ट, लेगिन अनि स्पोर्टस जुत्तामा रहेकी उनीसँग त्यही पहिरनमा वार्तालाप सुरू भयो ।