रेडियो नेपालको जागिर छाडेर राष्ट्रिय प्रजातन्त्र पार्टीमा जाँदा कोमल वलीलाई धेरैले सचेत गराएका थिए, छँदाखाँदाको जागिर छाडेर राजनीतिमा गएको राम्रो हुन्न । कोमलको मामलामा शुभचिन्तकको चिन्ता नाजायज थिएन । स्थानीय चुनावमा वलीको पार्टी पत्ता साफ भयो ।
मलाई दसैँ अरु चाड पर्वभन्दा विशेष लाग्छ । मेरो बाल्यकालको दसैँ निकै रमाइलो थियो । मिठो मिठो खाने नयाँ लुगा लगाउने भन्ने हुन्थ्यो । मलाई घाँघर निकै मन पथ्र्यो त्यसैले जसरी भए पनि ममीबुबालाई घुर्की लगाएर किनाइकन छाड्थेँ ।
एउटै कलाकारका फिल्म एकै दिन रिलिज हुनु नेपालमा अब कुनै अनौठो रहेन । गए दिन कुनै न कुनै कलाकारका फिल्म एकै दिन रिलिज हुन्छन् । यस्तोमा कलाकारले एउटा फिल्मको पक्ष पोषण गर्न बाध्य हुन्छन् ।
सानोछँदा दसैँ मलाई निकै रमाइलो लाग्थ्यो । दसैँ आउँदा हामी खुब रमाउँथ्यौँ । मेरो घर पूर्व झापाको बिर्तामोडमा हो । हजुरबुवा घरमा हुँदा पारिवारिक जमघट हुन्थ्यो । आफन्तको भिड हुन्थ्यो । घर नै मान्छेले भरिभराउ हुन्थ्यो । टीका लगाउनेको लाइन हुन्थ्यो ।
दसैँ आउँदा मलाई साह्रै खुसी लाग्थ्यो । घरमा बुबालाई खसी किन्न जाऊँ भनेर ढिपी गर्थें किनभने त्यो बेला खसी काट्ने भनेकै दसैंमा हुन्थ्यो । अरु बेला खासै काटिदैनथ्यो । त्यो बेलाको दसैमा मासुभात खाने सोख हुन्थ्यो ।
मलाई दसैँ सधैँ उस्तै लाग्छ । म सानैँ उमेरदेखि मावलमा बसेकी हुँ । मामाघरमा भए पनि दसैँ रमाइलो लाग्थ्यो । मेरो मावली थापाकाजी भएकाले दसैँका बेला अलिक बढी खसी काट्ने चलनथ्यो । टीकाको दिन गाउँका छरछिमेकी आफ्ना आफन्तहरु टीका ग्रहण गर्न आउने गर्थे ।
आगामी असोज १६ गते धरानमा हुन गइरहेको मिस पूर्वाञ्चल २०१७ का अन्तिम प्रतिस्पर्धी ट्राफिक सचेतना अभियानमा लागेका छन् । गत शुक्रबार पूर्वको धरान र इटहरीमा प्रतियोगिताका १९ प्रतिस्पर्धीले यात्रुहरुलाई जेब्राक्रसबाट मात्र बाटो काट्न सिकाउँदै थिए ।
चाडपर्व फिल्म चल्ने उपयुक्त मौसम मानिन्छ । त्यसैले त क्यालेन्डरमा रातो देख्यो कि फिल्मवाला आफ्नो फिल्म रिलिज गर्न तँछाडमछाड गर्छन् । तर, अघिल्लो हप्ता रिलिज भएको फिल्म ‘२ रुपैयाँ’ले पनि दसैँसम्म फिल्म तन्काउन हप्ता सकिने बेलामा २ रुपैयाँमा फिल्म देखाउने अफर सुरु गरेको छ ।
दुम्सी यस्तो जनावर हो, जुन बेला उसलाई संकट पर्छ, उसले सुरक्षाका लागि काँडा ठाडो पार्छ र टाउको लुकाएर भाग्छ तर बाघ हिम्मतका लागि प्रख्यात छ । बाघ र दुम्सीको यो प्रसंग जोड्न खोजिएको हो, निर्माता छवि ओझाका लागि ।
त्यसो त धेरैजसो समय कलाकारले फिल्मको पब्लिसिटीमा समय नदिएको गुनासो सुनिन्छ । अझ चलेका कलाकारले त डबिङ सकाएर पूरा पैसा लिएपछि फिल्मबाट सबैखाले साइनो सकिए जस्तो व्यवहार गर्छन् ।
रेखा थापा र लफडा पर्यायवाची जस्तै भइसकेका छन् । जुन दिनदेखि रेखाले छवि ओझासँग सम्बन्ध विच्छेद गरेर आफैँ फिल्म बनाउन थालिन् त्यो दिनदेखि उनका फिल्ममा उनकै कारण केही न केही लफडा परिरहेको हुन्छ । फरक यत्ति हो कि कति कुरा बाहिर आउँछन् त कत्ति चुपचाप दबिन्छन् ।
आगामी असोज २ गतेबाट राजधानीमा आयोजना हुन लागेको तीन दिने ‘छैटौं नेपाल अफ्रिका फिल्म फेस्टिबल–२०१७’को सम्पूर्ण तयारी पुरा भएको छ फेस्टिबलमा नेपालबाट रोशनी केसी निर्मित फिल्म ‘डा...खाते’ देखाइनेछ ।
बिहे गरेर ढुक्कसँग बस्न खोजेकी निशा अधिकारीलाई तनावले त्यसै छाड्ला जस्तो छैन । साना–साना कुरामा पनि ‘हेभी रियाक्सन’ दिने निशालाई पछिल्लो समय आफ्नै फिल्मले तनाव दिएका छन् । निशाको संलग्नता रहेका दुवै फिल्म एकै दिन रिलिज हुने भएपछि निशाको निद हराम भएको हो ।
उच्च पहाडी भेगमा राई जातिको परम्परागत जीवनशैलीमा आधारित रहेर निर्माण गरिएको चलचित्र ‘सायाबुङ’ (शीरफूल) प्रदर्शनका लागि तयार भएको छ । पाँचथर सदरमुकाम फिदिममा चलचित्रको ट्रेलर हालै सार्वजनिक गरियो । फालेलुङ गाउँपालिकाका पहिरोपीडितलाई सहयोग गर्ने गरी चलचित्र देखाउन लागिएको छ ।
नाम जुध्दा हुने हैरानी कस्तो हुन्छ भन्ने थाहा पाउनु छ भने वर्षा राउतलाई सोधे हुन्छ । ‘नाइँ नभन्नू ल ४’ की डेब्यु अभिनेत्री वर्षा राउत आफ्नो नाम अर्की वर्षा राउतसँग बारम्बार जुध्दा हैरान हुने गरेकी छन् । वर्षाले भरखरै पनि नामले दिएको पीडा फेसबुकमै ओकलिन् ।
काठमाडौं, अनामनगरस्थित मण्डला नाटक घरमा मंगलबारदेखि श्याम शाह कृत नाटक ‘लाटीको छोरो’ मञ्चन भइरहेको छ । यस नाटकबाट ३६ वर्षपछि अभिनेता टीका पहारी रंगमञ्चमा देखिदैछन् ।नाटकमा केनिपा सिंहले लाटीको भूमिका निर्वाह गरेकी छन् ।
नयाँ शक्ति पार्टीमा लागेपछि विभिन्न खाले स्क्यान्डलमा आइरहने अभिनेत्री करिश्मा मानन्धर यतिबेला फेरि एक पटक चर्चामा छिन् तर यस पटकको चर्चा नकारात्मक छैन, प्रेरक छ । हजुर, करिश्मा यो पटक बुढेसकालमा पढ्न जाने कारणले चर्चामा छिन् ।
आयुष्मान देशराज जोशीसँग प्रेममा पर्नु प्रियंका कार्कीका लागि खजाना भेट्नुसरह भएको छ । उनी खुबै दंग छिन् । अझ, प्रेममा तगारो र भिलेन परिवार नै बन्छन् तर उनको प्रेममा परिवार नै सहयोगी भएपछि त अरु के चाहियो ?
पत्रकार तथा लेखक यज्ञशको गैरआख्यान पुस्तक ‘भुइयाँ’ सार्वजनिक भएको छ । पुस्तकका लेखक यज्ञश, लेखक कुमार नगरकोटी तथा राष्ट्रिय मानव अधिकार आयोग सदस्य मोहना अन्सारीले संयुक्त रुपमा पुस्तक सार्वजनिक गरे ।