देशमा निरंकुश पञ्चायती व्यवस्थाको चपेटामा परिरहेको थियो । जनताले आफ्ना विचार तथा अभिव्यक्ति दिनसमेत पाउँदैनथे । बाल्यकालदेखि नै कसैलाई हेप्ने, गरिबदुःखीलाई पीडा दिएको देख्न सक्दिनथे ।
जो कोही निर्माता निर्देशक भेट्यो, नयाँ हिरो–हिरोइनको खोजीमा हुन्छन् । फिल्म जतिसुकै पुरानो किन नहोस्, निर्माता निर्देशकलाई नयाँ हिरो–हिरोइन चाहिएको छ । तर, हिरोइन खोज्ने भिडमा मरिस्का पोखरेलमा आँखा अड्याउने कोही छैन ।
आना शर्माको दोस्रो फिल्म ‘ग्याङस्टर ब्लुज’ बक्स अफिसमा फ्लप साबित भएको छ । भनेजति हाइप हुँदा पनि फिल्मले दर्शक कज्याउन सकेन । तर आना शर्माले फिल्मको असफलताको चोट भुलाउन प्रेमको सहारा लिएकी छन् ।
गायक प्रमोद खरेल गीत गाउन मात्रै होइन विभिन्न कलाकारको स्वरमा क्यारिकेचर गर्नसमेत माहिर छन् । खरेल रामकृष्ण ढकाल, शम्भुजित बास्कोटा, उदितनारायण झासहित भारतीय गायक सोनु निगम लगायतको स्वर हुबहु नक्कल गर्न सक्छन् ।
‘छक्का पञ्जा २’मा समावेश ‘नाइलनको साडीमा’ बोलको गीत सार्वजनिक भएसँगै चोरीको विवादमा प¥यो । प्रिन्स नेपालीले दीपकराज गिरी र दीपाश्री निरौलाले आफ्नो हजुरबाको गीतमा छक्का पञ्जा गरेको आरोप लगाए ।
ऐतिहासिक कथामा आधारित चलचित्र ‘नालापानी’ बन्ने भएको छ । देहरादुनस्थित नालापानी गढीमा भएको अङ्ग्रेज–नेपाल युद्धमा नेपाली फौजका तर्फबाट कप्तानी गरेका वीर बलभद्र कुँवरले लडेको ऐतिहासिक लडाईंलाई आधार बनाएर चलचित्र निर्माण हुन लागेको हो ।
ख्वापा नाट्य समूहको प्रस्तुति नाटक ‘हिउँको धुन’ मञ्चन भएको छ । काठमाडौँस्थित शिल्पी थिएटरमा उक्त नाटक मञ्चन भएको हो । बालमनोविज्ञानमा आधारित नाटकलाई प्रवीण खड्गीले लेखेका हुन् ।
पहिलो फिल्म नै हिट भएपछि आनाका खुट्टा भुइँमा थिएनन् । नहोस् पनि किन ! नेपालमा बर्सेनि तीन चार फिल्म हिट हुने दुर्भाग्यमा उनको फिल्म अपवाद बनेको थियो । धेरैले कम आँकेको ‘जेरी’ बक्स अफिसमा सुनको अण्डा पार्ने कुखुरी साबित भएको थियो ।
पहिलो फिल्म हिट भएसँगै साम्राज्ञी राज्यलक्ष्मी शाहको भाउ अकासिएको छ । उनको भाउ यति उचाइमा छ कि हरकोहीले चिताउन पनि सक्दैनन् । पहिलो फिल्ममा मुस्किलले एक लाख पाएकी उनले दोस्रो फिल्म रिलिज नहुँदै १० लाख माग्न थालेकी छन् ।
अभिनेत्री प्रियंका कार्की र अभिनेता आयुष्मान देशराजको प्रेम धेरैका लागि हैरान पार्ने खबर थियो । कुनै कोणबाट स्वाभाविक नलाग्ने यस जोडीको प्रेमलाई अहिले पनि धेरैलाई पचाउन सकेका छैनन् । चिया गफमा आश्चर्य मान्नेको पनि कुनै कमी छैन ।
एक समय काठमाडौँमा कलाकार जन्माउने चर्चित समूहको रुपमा भैरव नृत्य दललाई लिइन्थ्यो । भैरव नृत्य दलमा नृत्य कलाकारको रुपमा काम गर्दागर्दै हरिवंश आचार्यले जितेन्द्र महत ‘अभिलाषी’को सहयोगमा नाचघरमा नाटक खेल्ने मौका पाए ।
तीजे अर्थात् तीजको समयमा गाइने पर्वगीत । समय क्रमसँगै हरेक क्षेत्र र पर्व मनाउने शैली परिवर्तन भइरहँदा तीज गीत गाउने शैली पनि परिवर्तन हुनु नौलो कुरो होइन । पर्वको मर्म नै परिवर्तन हुन थालेपछि त्यस्ता पर्वमा गाइने गीतका शब्द तथा भाव परिर्वतन हुनु पनि स्वाभाविक हो ।
नेपालमा ९० प्रतिशत फिल्म फ्लप हुन्छन् तर रमाइलो आँकडा के छ भने फिल्म फ्लप हुन्छन् । निर्माता डुब्छन्, रोइकराइ गर्छन् । यो क्षेत्रबाटै पलायन हुन्छन् । तर कलाकार बेस्सरी चल्छन् । पहिलो फिल्म रिलिज नुहँदै थप चार पाँच फिल्म साइन गरिसक्न भ्याउँछन् ।
करिब ४१ वर्षपछि अभिनेता टिका पहारी नेपाली रंगमञ्चमा फर्कने भएका छन् । नेपालमा नाटक नगरेको ४१ वर्ष भएपनि भारतमा उनले ३६ वर्षअघिसम्म नाटक गरेका थिए । सुलक्षण भारतीको निर्देशनमा रिहर्सल भइरहेको नाटक ‘लाटीको छोरो’मार्फत उनी रंगमञ्चमा फर्कन लागेका हुन् ।
नायिका रेखा थापा आफ्नो ब्यानरबाट निर्मित चलचित्रमा अभिनय गर्ने हिरोहरुको नयाँ नामले ‘न्वारान’ गरिदिन निकै खप्पिस छिन् । रेखा फिल्म्सको ‘किस्मत’बाट ठूलो पर्दाका चलचित्रमा डेब्यु गरेका आर्यन सिग्देल सो चलचित्रमा अभिनय गर्नुअघि हरिश सिग्देलका नामले सडक नाटक, म्युजिक भिडियो र टेलिशृंखलाहरुमा अभिनय गर्थे ।
एक समय नम्रतालाई फिल्म पाउनै धौ धौ थियो । म्युजिक भिडियो खेलेर चित्त बुझाइरहेकी थिइन् । तर ‘छक्का पञ्जा’को सानै रोल सही, उनको कमब्याकका लागि पर्याप्त रह्यो । त्यसैले त अभिनेत्री श्वेता खड्काले बनाउन लागेको फिल्म ‘कान्छी’ अफर गरिन् ।
‘ग्याङस्टर ब्लुज’बाट नेपाली रजतपटमा डेब्यु गर्न लागेका आशिरमान देशराजलाई ‘अपकमिङ’ स्टार भनेर फुक्र्याउने गरिएको छ । अझ, पहिलो फिल्म रिलिज नहुँदै १५ लाखमा ‘ब्रेकअप’ शीर्षकको फिल्ममा अनुबन्ध भएको खबर सार्वजनिक भएसँगै उनीप्रतिको अपेक्षा बढेर गएको छ ।
चर्चामा रहँदा रहँदै हराएका कलाकारको कमब्याक बडो दुर्लभ हुन्छ । भारतका अमिताभ बच्चन सायद अपवादमा पर्छन् । नेपालमा होस् वा भारतमा कुनै पनि हिरो वा हिरोइनको कमब्याक सफल भएको देखिन्न ।
नेपाली साहित्य क्षेत्रमा प्रकाश आङ्देम्बे परिचित नाम हो । उनले भुटानी शरणार्थीको कथामाथि पहिलोपल्ट ‘देश खोज्दै जाँदा’ फिल्म निर्देशन गरेका छन् । फिल्म भदौ ८ गतेदेखि देशव्यापी प्रर्दशनमा आउँदै गर्दा प्रकाशसँग अनिल यादवले गरेको निर्देशन संवाद ।