नेपाली विद्यार्थीलाई लक्षित गरेर अस्ट्रेलियाकोे ला ट्रोब बिजनेश स्कुलले नोभेम्बरमा अन्डरग्राजुएट विजनेस कोर्सहरुमा नयाँ भर्ना लिने भएको छ । प्रोफेसर पल माथरले नेतृत्व गरेको टोलीले काठमाडौं आई सो जानकारी गराएको हो ।
व्यवसाय सुरु गर्ने मनोकांक्षी लिएर झापाबाट राजधानी आएका सञ्जय रौनियारको काठमाडौं स्थापित भैसकेका छन् । सानो लगानीबाट व्यापार सुरु गरेका रौनियारले काठमाडौँमा व्यावसायिक यात्राले उचाइ लिँदैछ ।
यामाहाले आफ्नो स्कुटर फेसिनोको डिजाइन र मेकानिक्समा सुधार गर्नुका साथै बिएस ४ उत्सर्जन मापदण्डअनुसार बजारमा ल्याएको छ । डुअल टोन एक्सटेरियरले गर्दा नयाँ यामाहा फेसिनो थप आकर्षक बनेको कम्पनीले जनाएको छ ।
सरकारका अधिकारीले नेपाललाई कृषिप्रधान देश भनेर ‘सगर्व’ दाबी गर्छन् तर नेपालीको भान्सामा पाक्ने खाद्यान्न, तरकारीदेखि माछामासु विदेशबाट आयात हुन्छ । तरकारी, दाल, अचारमा प्रयोग हुने प्याज करिब ९८ प्रतिशत भारत लगायतका मुलुकबाट ल्याइन्छ ।
हेल्थ एन्ड हेल्थ नेपाल प्रालिले नेपालमा तापीय पद्यतिबाट विभिन्न रोगका बिरामीको उपचार गर्दै आएको छ । चीनको बहुराष्ट्रिय कम्पनीसँग समन्वय गरेर मानव शरीरलाई तापक्रम प्रदान गरी स्वस्थ रहन सघाउँदै आएको हेल्थ एन्ड हेल्थ नेपाल प्रालिका प्रबन्धक हुन्, केशवकुमार बुढाथोकी।
कस्मेटिक ब्रान्ड सन्तुरले हरितालिका तीजको अवसरमा आयोजना गरेको ‘सन्तुर तीज फोट प्रतिस्पर्धा’को विजेता घोषणा गरेको छ । प्रतियोगितामा संगीता मानन्धर, अञ्जली नकर्मी श्रेष्ठ, रोशनी सिटौला, प्रविना प्रधान र कल्पना केसी विजयी भएका छन् ।
नाडा अटो सोमा तीन अर्बको कारोबार भएको छ । पाँच दिनसम्म भएको नाडा अटो सोमा सवारी साधन बुकिङसहित उक्त रकमको कारोबार भएको हो । नाडाका महासचिव कृष्णप्रसाद दुलालले सोको पाँचौं दिनसम्म ७५ हजारभन्दा बढी दर्शकले अवलोकन गरेको आयोजकले बताए ।
ललितपुर मोबाइल कम्प्लेक्सले दसैँ–तिहारको अवसरमा चौथो ‘ललितपुर मोबाइल एक्स्पो’ आयोजना गर्ने भएको छ । एक्स्पोमा विभिन्न ब्रान्डका मोबाइल फोन राखिने कम्प्लेक्सले जनाएको छ ।
निजी व्यवसाय सञ्चालन गर्दै आएका चितवनका त्रिलोचन पराजुलीले नयाँ गाडी किन्ने योजनामा छन् । पराजुलीले सोमबार राजधानीको भृकृटिमण्डपमा अटोमोबाइल्स डिलर्स एशोसिएसन अफ नेपाल(नाडा)लेआयोजना गरेको ‘नाडा अटो शो’मा सबै गाडीको अवलोकन गरे ।
नेपाल अटोमोबाइल्स डिलर्स एसोसिएसन (नाडा)को आयोजनामा राजधानीको भृकुटिमण्डपमा मंगलबारबाट नाडा अटो–सो सुरु भएको छ । भौतिक यातायात तथा पूर्वाधार मन्त्री वीरबहादुर बलायरले मेलाको उद्घाटन गरेका हुन् ।
निजी सवारी सोखका लागि नभई अनिवार्य आवश्यकताको साधन बन्न थालेको छ । निजी सवारी अहिले जीवनकै अभिन्न पाटो बनेको छ । धेरै कमाइ हुनेले चार पांग्रे निजी गाडी चढ्छने भने न्यून आम्दानी हुनेले दुई पांग्रे चढ्ने गरेका छन् ।
नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले भदौ १३ गतेदेखि ‘नाडा अटो सो–२०१७’ गर्ने भएको छ ।
नाडाले आइतबार पत्रकार सम्मेलन गरी भदौ १३ देखि १८ गतेसम्म भृकुटीमण्डपमा आयोजना हुने मेलाबारे जानकारी गराएको छ ।
मुलुकको आर्थिक विकास अपेक्षित नभए पनि नेपालमा बैंकिङ क्षेत्र फस्टाएको छ । सहरदेखि ग्रामीण क्षेत्रसम्म बैकिङ पहुँच वृद्धि भएसँगै वाणिज्य बैंकहरुको नाफा पनि वृद्धि भएको छ । अर्ब बढी नाफा कमाएर अर्बपति क्लबमा उक्लिने बैंकको संख्या बढ्दो छ ।
व्यवस्थापनमा स्नातक र आर्युवेद शिक्षा अध्ययन गरेका गोरखाका रत्न घिमिरे हर्बल कस्मेटिक सामग्रीको उत्पादन तथा बिक्री वितरणसहित टेलिसप व्यवसायमा आबद्ध छन् । वाइल्ड हब्स प्रालिबाट हर्वलका विभिन्न उत्पादन बजारमा ल्याएका छन् ।
बागलुङको बिहुँका धनप्रसाद कँडेलले आफ्नो जीवन बिमा गरेका छैनन् तर उनले आफूले पालेका तीन भैंसीको भने बिमा गरेका छन् । दूध बेचेर छोराछोरीको पढाइ खर्च र घर व्यवहार चलाउँदै आएका कँडेललाई आफ्नो जीवनभन्दा ती पशु प्यारा लाग्छन् ।
खोटाङमा जन्मिएका अलाइभ ग्लाइडर (किसन राई) व्यावसायिक सफलताको सिँढी चढ्दैछन् । लाखौँको लगानीबाट व्यवसाय सुरु गरेका उनले अहिले करोडौँको लगानीमा विश्व बजारमा उत्पादन भएका सबै ब्रान्डका मोबाइल एकै ठाउँमा पाइने, विभिन्न ठाउँमा सिटिभी मोबाइलका चेन आउलेट सञ्चालन गरिरेहका छन् ।
तपाईं मध्यरातमा बिरामी पर्नु भयो ? कुनै गन्तव्यमा जानु प¥यो । पैसा छ, सवारीसाधन छैन । आफ्नो सवारी साधन छ तर ड्राइभर छैन । बिदामा बसेको छ । जुनकुनै समय । जुनसुकै लोकेसन । यात्रुलाई सेवा गर्ने उद्देश्यले चौबीसै घण्टा सेवा दिन केही युवाले स्पार्क कारको सुरुवात गरेका छन् ।
सोमबारदेखि एडिएसएलको इन्टरनेट स्पिड ५ गुणा बढाइएको छ । देशभर १ लाख ८० हजार प्रयोगकर्ता रहेको एडिएसएल वर्षौंदेखि एउटै शुल्क र स्पीडमा सीमित थियो । आगामी तीन महिनाको लागि ‘प्रमोसनल अफर’ भन्दै टेलिकमले शुल्कमा समायोजनसमेत गरेको छ ।
समयमै वर्षा नहुँदा यस वर्ष गत वर्षको तुलनामा करिब सात प्रतिशत रोपाइँ कम भएको छ । साउन १० गतेसम्म मुलुकभर ६८.२९ प्रतिशत मात्र धान रोपाइँ भएको छ । गत वर्षको यही अवधिमा करिब ७५ प्रतिशत रोपाइँ भएको थियो ।
एक दसकदेखि विदेश अध्ययन गर्न जान चाहने विद्यार्थीलाई शैक्षिक परामर्श दिँदै आएका छौं । विद्यार्थीको रुचि, आर्थिक अवस्था र छनोटअनुसार अमेरिका, क्यानडा, अस्टेलिया, साइप्रस, पोल्यान्ड, डेनमार्कलगायत मुलुकमा पठाउन सहजीकरण गर्छौं ।