नेपाल टेलिकमले उपलब्ध गराएका विभिन्न डाटा प्याकेज अब उसकोे वेबसाइटबाटै किन्न सकिने भएको छ ।यसका लागि अफर डट एनटिसी डट एनइटी डट एनपीमा जानुपर्छ । त्यसपछि आफूले प्रयोग गर्ने जिएसएम वा सिडिएमए मोबाइलका विभिन्न डाटा प्याकेज छनोट गर्नुपर्छ ।
निरन्तर मूल्य वृद्धि खेपेका उपभोक्तालाई पछिल्लो समय केही राहत मिलेको छ । दैनिक उपभोग्य, तरकारी लगायतका वस्तुको मूल्यवृद्धिको दर नियन्त्रण हुँदा निम्न आम्दानी भएका नागरिकलाई केही सजिलो भएको छ । विगतका वर्षमा उकालो लागेको मूल्य वृद्धिको दर तुलनात्मक रुपमा कम बढेको छ । तरकारीमा गत वर्षको तुलनामा मूल्य नै घटेको छ ।
नेपालकालागिहुन्डाई गाडीकोअधिकृत बिक्रेतालक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले ‘हुन्डाईजोएफुल जुली अफर’ल्याएको छ । यस अफरमार्फत ग्राहकले हुन्डाई गाडीको खरिदमाआकर्षक छुट प्याकेजका साथै थप सुविधाप्राप्तगर्ने कम्पनीले विज्ञप्तिमार्फत जानकारी दिएको छ ।
व्यवस्थापनमा स्नाकोत्तर गरेका उद्धव खड्का करिब डेढ दसकयता विदेशमा अध्ययन गर्न जाने विद्यार्थीलाई शैक्षिक परामर्श दिने व्यवसायमा छन् । खड्काले अस्टे«लिया, अमेरिका, बेलायत, आयरल्यान्ड, न्युजिल्यान्ड, भारत लगायतका मुलुकमा अध्ययन गर्न जाने विद्यार्थीलाई भाषा कक्षा, कलेज, युनिभर्सिटी छनोट, भर्ना प्रक्रिया आदिमा सघाउँछन् ।
भारतीय बजारमा नेपाली चाउचाउ ब्रान्ड वाइवाइको उत्पादक चौधरी ग्रुपले सुरु गरेको नुडल्स बार ‘वाइवाइ सिटी’लोकप्रिय बनेको बताइएको छ । क्विक सर्भिस रेस्टुरेन्टको अवधारणाअन्तर्गत सञ्चालनमा ल्याइएको ‘वाइवाइ सिटी’मा वाइवाइका विभिन्न परिकार उपलब्ध छन् ।
मुलुक संघीय संरचनामा गएसँगै संविधानले स्थानीय तहका जनप्रतिनिधि अधिकार सम्पन्न बनाएको छ । केन्द्रीय बजेटमा मात्र भर पर्नु नपरोस् भनेर राजस्व संकलनमा पनि पर्याप्त अधिकार दिएको छ ।
नेपाल फिलिपिन च्याम्बर अफ कमर्स एन्ड इन्ड्रट्रिज (एनपिसिसिआई) को नव गठित कार्यसमितिका पदाधिकारीहरूको बुधबार पद ग्रहण कार्यक्रम सम्पन्न भएको छ । नेपाल र फिलिपिनी व्यवसायीहरूले तीन वर्षअघि स्थापना गरेको यस संस्थाले दुवै देशका व्यापारिक समुदायबीच बलियो व्यावसायिक र सांस्कृतिक सम्बन्ध कायम गर्ने भूमिका खेल्दै आएको छ ।
नेपाल आयल निगमले इण्डियन आयल कर्पोरेसन (आइओसी)बाट पेट्रोल प्रतिलिटर ४५ रुपैयाँ चार पैसामा खरिद गर्छ तर यहाँ दोब्बर बढी एक सय रुपैयाँ लिटरमा बिक्री गरिरहेको छ ।
विलासी सामानबाहेक अति आवश्यक दैनिक उपभोग्य कुनै पनि वस्तुको मूल्यमा २० प्रतिशतभन्दा धेरै नाफा राखेर बेचे कालोबजारी भएको ठहर हुन्छ ।
भारतको मुम्बई विश्वविद्यालयबाट व्यवस्थापनमा स्नाकोत्तर गरेका युवा प्रसुन जलन लन्डनको इन्भेस्टमेन्ट बैंकको जागिर छाडेर ज्वेलरी व्यवसायमा छन् । ऊर्जा भेन्चर्स प्रालिका निर्देशक जलनले काठमाडौँको दरबारमार्गमा गीताञ्जली ज्वेलर्स सञ्चालन गर्दै आएका छन् ।
हुन्डाइ गाडीको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले लक्की ड्रमार्फत ट्याक्सी नम्बर पाएका भूकम्पपीडितका लागि नयाँ योजना ल्याएको छ । कम्पनीले नम्बर प्राप्त गरेका १५ सय भूकम्पपीडितमध्ये ‘हुन्डाइ इओएन’ गाडी खरिदमा एक जनालाई ‘शत प्रतिशत रकम फिर्ता’ योजना घोषणा गरेको छ ।
पुस्तौनी पेसाबाट व्यवसायमा आएका वीरगञ्जका प्रकाश टिबडेवाल करिब डेढ दसकदेखि किचन बनाउने व्यवसायमा संलग्न छन् । वीरगञ्जबाट काठमाडौँ आई व्यवसाय सञ्चालन गरेका किचन कन्सेप्ट प्रालिका प्रबन्ध निर्देशक टिबडेवालसँग शुक्रबारसँग गरिएको कुराकानी ।
क्यामेरा फोन ब्रान्ड ओप्पोले कालो रङमा एफथ्रीको नयाँ संस्करण सार्वजनिक गरेको छ । मध्यम वर्गीय बजार लक्षित एफथ्री ब्ल्याक संस्करणको मूल्य ३२ हजार ९ सय ९० रुपैयाँ निर्धारण गरिएको कम्पनीले जनाएको छ ।
काठमाडौं–डेढ दशकअघि करिब १० अर्ब रुपैयाँ बढीको पश्मिना निर्यात हुन्थ्यो । नेपाली पश्मिनाले अमेरिका र युरोपमा प्रख्याती कमाएको थियो । पश्मिनाको निर्यात व्यापार अहिले वार्षिक दुई अर्ब रुपैयाँमा खुम्चिएको छ ।
युनिलिभर नेपालले ‘व्हील ओके’ साबुनको नेपाली बजार हिस्सा बढाउन राजेश हमाल र उनकी पत्नी मधुलाई प्रयोग गरेको छ । ‘व्हील ओके किन्नुमै बुद्धिमानी छ’ भन्ने विज्ञापनमा अभिनेता हमाल र उनकी पत्नी मधु देखिएका हुन् ।
नुवाकोटका प्रियस तामाङ सिंगापुर प्रहरीमा भर्ती हुन आतुर छन् । आकर्षक तलब र विदेशी सुरक्षाकर्मीमा काम गर्दा दामसँगै छुट्टै सान पनि हुने भएकाले उनी त्यसमा आकर्षित भएका हुन् ।
लामो समयदेखि राजनीतिक संक्रमणबाट गुज्रिएको नेपाली अर्थतन्त्रमा सकरात्मक संकेत देखिएका छन् । संविधान निर्माणपछि राजनीतिक नेतृत्वले आर्थिक अजेन्डालाइ प्राथमिकता दिनुका साथै लगानीको वातावरण निर्माण, नियमित विद्युत आपूर्ति र उद्यमशीलता वृद्धिले मुलुकलाई समृद्धिको दिशातर्फ उन्मुख बनाएको हो ।
विप्रो कन्जुमर केयर एण्ड लाइटिङले नेपालको दयाल ट्रेडिङ हाउसमार्फत नेपाल ग्लुकोज, साबुन, कस्मेटिक्सलगायतका सामग्री बिक्री गर्दै आएको छ । भारतको बहुराष्ट्रिय कम्पनी विप्रोका उत्पादनको नेपालमा व्यापार विस्तार गर्न वरुण कुमारले नेतृत्व लिएका छन् ।
मुस्लिमहरुको पर्व रमजानका अवसरमा रेमिट्यान्स कम्पनी आइएमईले कतारस्थित ‘कतार युएई एक्सचेन्ज’का निश्चित शाखाबाट नेपालमा पैसा पठाउने सेवाग्राहीलाई घडी उपहारको दिने भएको छ । योजना अनुसार पहिलो कारोबारमा सेवाग्राहीले एउटा कुपन प्राप्तगर्ने कम्पनीले जनाएको छ ।
नेपालमा नुनदेखि सुनसम्म आयात हुन्छ । हरेक वस्तु विदेशबाट किनेर प्रयोग गर्दा मुलुकको व्यापार घाटा चुलिँदो छ । युवाहरूले वैदेशिक रोजगारीबाट कमाएको रेमिटेन्सले मुलुकको अर्थतन्त्रमा ठूलो हिस्सा ओगटेको छ ।