केही साताअघि रिलिज भएको फिल्म ‘सरबजीत’मा बलिउड अभिनेत्री रिचा चड्डाले सानो भूमिका निर्वाह गरेकी थिइन् । धेरैजनाले उनको अभिनयलाई ख्यालसम्म पनि गरेका थिएनन् ।
बलिउड अभिनेत्री करिश्मा कपुरले गत साता लन्डनमा लाजमर्दो अवस्था बेहोर्नुप¥यो । यद्यपि, आफ्नो कारणले उनले त्यस्तो अवस्था भोग्नुपरेको होइन । टुंगोमा पु¥याइसकेको सम्बन्धले उनलाई त्यस्तो असहज अवस्थाको सामना गराएको हो ।
दक्षिण भारतीय अभिनेत्री श्रुति हसन सुपरहिट फिल्म ‘सिंघम’को नयाँ सिक्वेलमा देखा पर्ने भएकी छिन् । यद्यपि, उनी बलिउड अभिनेता अजय देवगन अभिनीत सिंघमको सिक्वेलमा देखा पर्न लागेकी होइनन् । उनी त दक्षिण भारतीय फिल्म उद्योगको फिल्म ‘सिंघम’को सिक्वेल ‘सिंघम–३’ मा देखा पर्न लागेकी हुन् । बलिउडको ‘सिंघम’ दक्षिण भारतीय ‘सिंघम’कै रिमेक हो ।
अमेरिकी गायिका जेनिफर लोपेजलाई समाचारसँग एलर्जी छ । उनी समाचार सुनेर देशविदेशको हालखबर जान्न फिटिक्कै रुचि राख्दिनन् । भन्छिन्, ‘न्युज हेर्नु मलाई वाहियात लाग्छ । टीभीमा समाचार हेरेर समय खेर फाल्नुभन्दा रोमान्टिक कमेडी हेर्नु मलाई कैयौँ गुणा राम्रो लाग्छ ।’
बलिउडकी क्युट अभिनेत्री आलिया भट्टको प्रेमजीवनबारे धेरैमा खुलदुली छ । यस्तोमा उनले आफ्नो प्रेमजीवनमात्र नभएर दाम्पत्य जीवनबारे पनि खुलासा गरिदिएकी छिन् ।
अविवाहित आलियाले प्रेमसँगै आफ्नो दाम्पत्य जीवनको खुलासा बढो चलाखीपूर्ण तरिकाले गरेकी छिन् । भारतको एउटा पत्रिकालाई दिएको अन्तर्वार्तामा उनले यस्तो रहस्य खोलेकी हुन् ।