विश्व फुटबलको सर्वोच्च निकाय (फिफा) ले हालै सार्वजनिक गरेको वरियताक्रममा नेपाल तीन स्थान माथि उक्लिएको छ । अप्रिल महिनाको लागि सार्वजनिक गरेको नयाँ वरियता क्रममा नेपाल १ सय ११ अंकका आधारमा ३ स्थान माथि उक्लिँदै १ सय ६२ औं स्थानमा पुगेको छ ।
वर्ष २०७४ नेपाली खेलकुद क्रिकेटमय बन्यो । सरकारी हस्तक्षेप भएको भन्दै अन्तर्र्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)ले क्यानलाई निलम्बनमा गरे पनि नेपालले जिम्बाबेमा सम्पन्न विश्वकप छनोट खेलको सातौँ स्थान हात पार्दै चार वर्षका लागि एक दिवसीय टोलीको मान्यता पायो ।
जागिर, व्यापार, मनोरञ्जन मात्र होइन, खेलक्षेत्रमा पनि महिलाहरूको सहभागिता उल्लेख्य बढिरहेको छ । हरेक खेलमा महिला–पुरुषको उत्तिकै सहभागिता हुन थालेको छ । भारोत्तोलन स्क्वायटजस्तो बल प्रयोग हुने खेलमा समेत महिलाको उपस्थिति लोभलाग्दो तरिकाले बढ्दैछ ।
करण केसीको आक्रामक ब्याटिङप्रेरित नेपालले लिगको अन्तिम खेलमा क्यानडामाथि १ विकेटको सनसनीपूर्ण जित हात पार्दै डिभिजन १ मा उक्लिनुका साथै दुई सातापछि जिम्बावेमा हुने विश्वकप क्वालिफायरमा समेत छनोट भयो ।
दिल्ली डेयर डेभिल्सको नजरमा पर्दा १७ वर्षे स्पिनर सन्दीप लामिछानेको आइपिएल यात्रा सुरु भएको छ । १९ औँ संस्करणको अक्सनमा दिल्लीले उनलाई २० लाख भारतीय रुपैयाँमा खरिद गरेपछि पहिलो पटक आइपिएलमा नेपाली खेलाडीको प्रवेश हुन पुगेको छ ।
नेपाली स्पिनर सन्दिप लामिछाने इन्डियन प्रिमियर लिग (आइपीएल) को अक्सनमा पर्न सफल भएका छन् । आइपीएल अक्सनमा पर्ने उनी पहिलो नेपाली खेलाडी हुन् । आइपीएल अक्सनमा ३ सय ६० भारतीय र २ सय १८ विदेशी खेलाडी गरी कुल ७ सय ७८ खेलाडीको नाम सार्वजनिक गरिएको छ । त्यो सूचीमा सन्दिपको नाम २ सय ७६ औं स्थानमा छ । एसोसिएट राष्ट्रको कोटामा परेका उनको न्यूनतम मूल्य २० लाख भारु रहेको छ ।
सुनसरीको दुहबीमा आयोजना भएको दोस्रो मनमोहन दुहबी गोल्डकपको उपाधि काठमाडौंको मनाङ मस्र्याङ्दीले जितेको छ । यस सिजनमा पूर्वाञ्चलको विभिन्न गोल्डकपको उपाधि जित्दै आफूलाई बलियो टिम स्थापित गर्दै आएको चिरप्रतिद्वन्द्वी त्रिभुवन आर्मी क्लबलाई एकका विरुद्ध दुई गोलले स्तब्ध बनाउँदै मनाङले उपाधि चुमेको हो ।
फुटबल विकासको मेरुदण्ड मानिने विभिन्न डिभिजनका राष्ट्रिय लिग सञ्चालन नहुँदा क्लबहरूले खेलाडी अनुबन्धन गरेका छैनन् । विभागीय टोली बाहेकका ए डिभिजनका क्लबहरूमा खेलाडी अनुबन्धन नहुँदा खेलाडी विस्थापित हुने अवस्था छ । तर हिउँद सुरु भएपछि प्रदेश– १ मा एकपछि अर्को हुने ठूला–साना किसिमका फुटबल प्रतियोगिताका कारणले खेलाडीलाई टिक्न केही सजिलो भएको छ भने फुटबल गतिविधिसमेत बढेका छन् ।
लागूऔषध सेवनविरुद्धको अभियानमा नयाँ बाटो खोल्ने अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आईओसी) ले अपेक्षा गरेको छ । आईओसीका उपाध्यक्ष जोन कोट्सले डोपिङविरुद्धको लडाइँमा जापानको इतिहास सबभन्दा सफा रहेको बताए । ‘डोपिङविरुद्धको अभियानका लागि संसदबाट कानुन पास भइसकेको देश भएकाले जापानी खेलकुद र त्यहाँको सरकार यो अभियानमा सबभन्दा सहयोगी हुनेछ,’ टोकियोको तयारी अवलोकन गर्न जापान पुगेका कोट्सले तीनदिने भ्रमणको अन्तिममा भने ।
नेपाल यु–१५ महिला साफ च्याम्पियनसिप जित्ने लक्ष्यसहित बंगलादेश गएको थियो । तर सुरुआतमै नेपालले आयोजक बंगलादेशसँग लज्जास्पद हारको सामना गर्नुपरेको छ । नेपालले सुरुआतमै बंगालदेशसँग ६–० ले नतिजा सुम्पिएको थियो । अब नेपालले भारतसँग खेल्दैछ । प्रतियोगिताको फाइनलमा पुग्न नेपाललाई भारतविरुद्ध जित अनिवार्य निकाल्न पर्नेछ ।
एसिसी यु–१६ च्याम्पियनसिप इस्र्टन रिजन क्रिकेट च्याम्पियन बनेको नेपाली टोलीका कप्तान रित गौतमले भविष्यमा सिनियर टिमबाट खेल्ने हौसला बढेको बताएका छन् । नेपालले थाइल्यान्डमा भएको प्रतियोगितामा अपराजित रहँदै उपाधि जितेको थियो ।कप्तान रितले विगतको प्रतिष्ठालाई निरन्तरता दिन सफल हुँदा खुसी लागेको बताए ।
राष्ट्रिय महिला भलिबल टोलीकी स्पाइकर प्रतिभा मालीको टोली मिस्किमागु इमेनजी गुलहुन क्लबले सि लाइफ ग्लोबल राष्ट्रिय भलिबल लिग च्याम्पियन बनेको छ । माल्दिभ्सको सोसियल सेन्टर इन्डोर हलमा शनिबार लिगको अन्तिम खेलमा मिस्किमागुले माल्दिभियन स्पोर्टस एन्ड रिक्रिएसनलाई सोझो सेटमा २५–२०, २५–१२, २५–२१ ले हरायो । मिस्किमागुको जितमा प्रतिभाले बुमन अफ द म्याचको ट्रफी जितिन् ।राउन्ड रोबिन डबल लिगको आधारमा भएको लिगमा मिस्किमागु ९ अंकसहित च्याम्पियन बनेको हो ।
पोर्चुगलका स्टार क्रिस्टियानो रोनाल्डोले मंगलबार लगातार दोस्रो पटक विश्व वर्ष खेलाडी बन्ने क्रममा पाँच पटक बालन डी’अर जित्ने अर्जेन्टिनी खेलाडी लियोनल मेसीको कीर्तिमानसँग बराबरी गरेका छन् ।
रियाल मड्रिडका फरवार्ड रोनाल्डोले बार्सिलोनाका मेसी र सबैभन्दा महंगा खेलाडी नेइमारलाई पछि पार्दै बालन डी’अर उपाधि जितेका हुन् । ३२ वर्षे रोनाल्डोले गत सिजन रियालबाट च्याम्पियन्स लिगको उपाधि रक्षा गर्ने क्रममा प्रतियोगिताकै सर्बाधिक गोलकर्ता बनेका थिए । त्यसका साथै पछिल्लो पाँच वर्षमा रियाललाई पहिलो पटक स्पेनिस ला लिगाको उपािध जिताउन पनि रोनाल्डोले योगदान गरेका थिए ।
बार्सिलोनाका स्ट्राइकर लियोनेल मेसीले आफ्नो भविष्यबारे महिनौँदेखि जारी अन्योल चिर्र्दै शनिबार क्लबसँगको सम्झौता थप चार वर्ष लम्बाएका छन् । बार्सिलोनाले क्लब र मेसीबीच सन् २०२१ सम्म क्याम्प नोउमै बस्ने नयाँ सम्झौता भएको घोषणा गरेको छ । मेसी र क्लबबीच गत जुलाईमै नयाँ सम्झौता भएको बताइए पनि शनिबार मात्र त्यसको औपचारिक पुष्टि भएको हो ।
स्वतन्त्र तिब्बतका पक्षधरहरुले लगातार चीनविरुद्धको प्रदर्शनलाई जारी राखेपछि चीनको यु–२० टोलीले विवादास्पद बनेको जर्मनी भ्रमण रद्द गरेको छ । टोकियो ओलम्पिक २०२० को तयारीस्वरुप चिनियाँ टोलीले सन् २०१८ को मेसम्म जर्मनीमा अभ्यास भ्रमण गर्ने तालिका थियो । तर गत शनिबार मेइन्जमा एक खेल दौरान मैदानमा भएका केही समर्थकले स्वतन्त्र तिब्बतका पक्षमा नाराबाजी गर्दै झण्डा प्रदर्शन गरेपछि बर्लिनमाथि कूटनीतिक टाउको दुखाइ बढेको थियो ।
आइसिसी विश्व कपअन्तर्गत एसिया छनोटमा नेपालले तेस्रो स्थानका लागि भएको खेलमा हङकङलाई ३६ रनले पराजित गरेको छ । थाइल्यान्डमा भएको प्रतियोगितामा शीर्ष दुईमा पर्ने टोलीले विश्व कपका लागि ग्लोबल छनोटमा प्रतिस्पर्धा गर्न पाउने थियो तर नेपाल प्रतियोगितामा ६ अंकसहित तेस्रो स्थानमा सीमित भएपछि विश्व कप छनोटको अर्को चरण खेल्ने अवसरबाट वञ्चित भएको हो ।
नेपाली फुटबल जगतमा पूर्व क्षेत्रले विशेष महŒव बोकेको छ । फुटबल खेलाडीको उर्वर क्षेत्र भनेर पूर्व क्षेत्रलाई चिन्ने गरिन्थ्यो तर पछिल्लो समय यस क्षेत्रमा कुनै ठूला खालका प्रतियोगिता नहुनु, नियमित प्रशिक्षण नहुनुले नयाँ खेलाडी उत्पादन हुने र खेल्ने अवसरबाट वञ्चित हुँदै आएको छ ।
चाडपर्वको छेक पारेर आयोजना भएको फुटबल प्रतियोगिताले झापाको शिवसताक्षी र भद्रपुरको दसैँलाई यसपटक फुटबलमय बनायो । यसले दसैँको अवसरमा कुनै न कुनै प्रतियोगिता हुँदै आएको झापाको फुटबलको परम्परा पनि धानेको छ । झापाली फुटबलका पुराना हस्ती एवम् वरिष्ठ फुटबल प्रशिक्षक भगिरथ आलेका अनु्सार दसैको अवसरमा जिल्लामा फुटबल प्रतियोगिता हुने चलन पुरानै हो ।
बार्सिलोनाका अध्यक्ष जोसेफ मारिया बार्टमेयुले आफ्नो क्लबले स्पेनिस ला लिगा छाड्न सक्ने संकेत गरेका छन् । हालेै स्पेनबाट स्वतन्त्रता प्राप्तिका लागि क्याटालोनियामा भएको जनमतसंग्रहले वैधानिकता पाएमा आफूहरूसँग ला लिगा छाड्ने विकल्प नहुने बार्टमेयुले बताए ।
इङ्लिस प्रिमियर लिगका क्लबहरूले २०१८÷१९ को सिजन सुरु हुनअघि नै सरुवा बजार बन्द हुनुपर्ने पक्षमा मतदान गरेका छन् । सरुवा बजारमा हुने गतिविधिले आफ्नो तयारी प्रभावित हुने भन्दै प्रशिक्षकहरूले गुनासो गरेपछि यस्तो कदम चालिएको हो ।