परिचितबाट हुने अपहरणका ७५ प्रतिशत घटनामा अपहरितको ज्यान जोखिममा हुन्छ । यस्तोमा फिरौती लिएपछि पनि हत्या हुन्छ । अपहरणकारी नयाँ हुँदा पनि अपहरितको ज्यान जोखिममा हुन्छ । यो घटनामा तत्काल पैसा आइहाल्छ कि भनेर अपहरण गरेको देखिन्छ । बालकको अपहरणपछि व्यवस्थापन गर्न नसक्दा हत्या गर्ने झैँ देखिएको छ ।
राजनीतिक मुद्दामा चर्का कुरा गर्ने विद्यार्थी नेताहरु शैक्षिक सुधारको मुद्दामा मौन छन् । सत्ताधारी २ दल एकीकृत भएसँगै तत्कालीन नेकपा एमाले र माओवादी केन्द्र निकट विद्यार्थी संगठनका नेता अलमलमा छन् । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ आन्तरिक किचलोको दलदलमा फसेको छ । के विद्यार्थी संगठनको औचित्य समाप्त भएकै हो ? विद्यार्थी राजनीति र उनीहरुको फोस्रो दाबी केन्द्रित रहेर नेविसंघका महामन्त्री कुन्दनराज काफ्लेसँग प्रजु पन्तले गरेको संवाद ।
एउटा इन्सपेक्टर लागेको थियो । अहिले वीरगञ्जतिर सरुवा भएको सुनेको छु । ढिपी गरेकाले मोबाइल नम्बर दिएको थिएँ । अहिले पनि फोन आइरहन्छ । ‘तँलाई बिहे गर्छु’ भनिरहन्छ । तर म वास्ता गर्दिन । अँ ल भनेर टारिदिन्छु ।
कवि बिकु लामाको नयाँ कवितासंग्रह ‘मृत्यु बिर्सिनेहरू’ हालसालै प्रकाशनमा आएको छ । यसअघि उनको ‘सोइनम’ निबन्धसंग्रह प्रकाशित छ । उनीसँग ‘शुक्रवार’का लागि प्रवीण बानियाँले गरेको कुराकानीः
अभिनेत्री करिश्मा मानन्धरको दैनिकी अचेल फेरिएको छ। उनको आफ्नो 'सेड्युल छैन', नयाँ शक्ति नेपालको 'सेड्युल'मा जहाँ पुग्नुपर्ने पनि हुन सक्छ। उनको लवाइ पनि फेरिएको छ। वानपिस र हाई हिलमा सजिएर हिँड्दिनन्, कुर्तासुरुवालमा पुग्छिन्।