वेटर भनेपछि सबैले हेप्ने, राम्रो तरिकाले नबोल्ने गर्दा रहेछन्। ओए त्यो गर, यसो गर, उसो गर भनेर भन्ने गर्थे। वेटर काम पनि तल्लो स्तरको पेसा जस्तो लाग्यो अनि त्यो पेशा नै छोडेँ।
सरकारले भाडा समायोजन गर्ने कुरा गर्दैन। बत्तीस तेत्तीस लाखमा ट्याक्सी किनेर कति कमाउनु, कति ऋण तिर्नु र कति घर खर्च चलाउनु यसमा समस्या नै समस्या। यसले गर्दा विदेशका लागि भिसाको तयारीमा छु।
मैले ट्याक्सी चलाउन थालेको यतिका वर्षमा यस्तो घटना दुईपटक भएको छ। आजभन्दा चार पाँच वर्ष अगाडि ठमेलबाट दुई तीनजना केटा चढेर ढुंगेधारा जाऊँ भने। मैले हुन्छ भनेर लगेँ। त्यहाँ पुगेर पैसा माग्दा तीनजना नै मिलेर मलाई पिट्न खोजे। तँलाई के को पैसा खुरुक्क हिँड्छस् कि बजाइदिऊँ भन्न थालेपछि हल्ला खल्ला मच्चियो।
कहिलेकाहीँ बाहिरफेर साथीभाइसँग डान्सबार, दोहोरीतिर जान्छु। रेगुलर भने जाँदिन। कहिलेकाहीँ साथीहरुले फलाना ठाउँ जाऊँ न त भन्नु हुन्छ। कसैले आज मेरोमा गेष्टका रुपमा आइदिनु न भन्दा जाने गरेको छु।
मैले ट्याक्सीमा काम गर्न थालेको एघार वर्ष जति भयो। एघार वर्षको अवधिमा ट्याक्सीमा धेरै फरक पाएँ। पहिला ट्याक्सीमा इज्जत हुन्थ्यो अहिले त्यो गुम्दै गएको देखिन्छ।
घरको आर्थिक अवस्थाको कमजोरी र रहरले नै छिरेको भन्नु पर्ला। मैले गजल र दोहोरीमै काम गरेर आफ्नो पढाइ खर्च जुटाई आइए, बीए उत्तीर्ण गरेको हुँ। खर्च धेरै नभए पनि काममा र पढाइमा फोकस गर्थेँ।
मैले सानैबाट ट्याक्सी चलाउन थालेको हुँ। अहिले त्यस्तै पश्चिसछब्बीस वर्ष जति भयो। म काठमाडौंको रैथाने भए पनि मैले अरु कुनै पेसा भने गरिनँ। मलाई सानैबाट गाडी चालक बन्ने रहर भएकाले यो पेसामा आएको हुँ।
ट्याक्सीमा अहिले धेरै समस्या आइसकेको छ। ट्याक्सीबाट दुईचार पैसा कमाउँछु भन्नु सपना जस्तै भएको छ। कसैले नजिकै जाऊँ न भन्यो भने हामी मान्दैनाैँ। बरु खाली छैन भन्दै बसिररहेका हुन्छौँ।
‘याक एण्ड यति’ रेस्टुरेन्ट एण्ड लाइभ दोहोरीसाँझ थियो। स्याङ्जाको नारायण न्यौपाने दाइले मलाई त्यहाँ लैजानुभएको हो। म एकपटक पाँच महिना बसेँ। अर्कोपटक छ महिना बसेँ। आज भन्दा पाँच वर्ष अगाडिको कुरा हो।
सिन्धुपाल्चोकबाट काठमाडौं आएको त लामै समय भयो तर ट्याक्सी चलाउन थालेको भने धेरै भएको छैन। त्यस्तै एक वर्ष जति भयो। ट्याक्सी चलाउन थालेपछि धेरै दुःख पाएँ। ट्याक्सी चलाउँदा सबैतिरबाट हेपिएको जस्तो लाग्छ ।
ट्याक्सीमा बसेका यात्रुले उल्टै थर्काउँछन्। मेरो यहाँनेर यति केटा छन्। यहाँ यति पैसा उठाउनु छ। उनीहरु सकेसम्म अरुलाई तर्काएको नाटक गरेर भाडा तिर्न नपरे हुन्थ्यो भन्ने व्यवहार देखाउँछन्।