गेष्टहरु रक्सी पिउन भनेर आएका थिए। हात हतियारसहित भित्र छिरेका हुन्थे के निहुँमा झगडा गर्थे थाहै हुन्थेन। पुलिस नआउँदासम्म साम्य नै हुँदैनथ्यो। यी कारणले गर्दा दोहोरीसाँझ एकाएक बन्द भयो। त्यहाँ काम गर्दा मैले तलब नै पाइनँ।
स्वदेशमै स्वरोजगार बनाैँ भन्ने हिसाबले ट्याक्सी पेशामा आएको हुँ। विदेश गएर अर्काको देशमा पसिना बगाउनुभन्दा आफ्नै देशमा केही गराैँ भन्ने सोचका साथ अगाडि बढेको हुुँ। तर यहाँ त लुटेराहरु मात्रै भेटिँदा रहेछन्।
म सर्लाहीमा जन्मेको हुँ। गाउँघरमा हुने सांस्कृतिक कार्यक्रममा डान्स गर्थेँ। यसरी डान्स गर्दा धेरैले डान्सर बन्न काठमाडौं जा भन्थे। डान्सर बन्छु भन्ने सपना बोकेर एसएलसी सकेपछि काठमाडाैं आएँ। काठमाडौं आएपछि नयाँबानेश्वरमा चर्चित डान्स सिक्ने ठाउँ डाइमण्डपफमिङ आर्ट सेन्टर थियो। त्यहाँ प्रकाश सायमीले डान्स सिकाउनुहुन्थ्यो।
त्यस्तो केही परिवर्तन पाएको छैन। सरकारले अहिले त झन् के–के कर थुपारेर गरिबमारा काम गरेको छ। हिजोको जस्तो पार्किङको सुविधा आज छैन। ट्याक्सीलाई यति पीडित बनाएको छ कि नेपालमा सरकार छ भन्ने नै लाग्दैन। सबैको मूल्य बढ्ने ट्याक्सीको मूल्य नबढ्ने भन्ने हुन्छ ?
काठमाडाैं दरबारमार्गका गजलबार हुँदै पोखराको लेकसाइडको मेलोडी गजलबार एण्ड रेस्टुरेन्टमा गीत गाउन आइपुगेकी छु। मलाई यो ठाउँमा मेरो श्रीमान् रामभक्त जोजिजुले प्रवेश गराउनुभएको हो।
नाइटमा थरिथरिका यात्रु हुन्छन्। प्रायः मदिराले धुत् भएका यात्रु नै फेला पर्छन्। झगडा गर्ने हिसाबले हिँडेकाहरु पनि भेटिन्छन्। ८ बजेसम्म राम्रै यात्रु हुन्छन्। यो समयमा अफिसदेखि लिएर पसल थुन्ने र कतैबाट आएकाहरु गन्तव्यका लागि ट्याक्सी सज्जन मान्छे पनि हुन्छन्। त्यसभन्दा पछाडि दोहोरी साँझ, डान्स बारबाट निस्केकाहरु नै नाइटका यात्रु हुन्।
मैले दोहोरीसाँझमा वेटरको काम गर्न थालेको १ वर्ष जति भएको छ। घरमा आर्थिक अवस्था कमजोर भएका कारण मैले रात्रिकालीन पेशा अँगाल्नु परेको हो। मेरो आमा हुनुहुन्छ। बुवा भने हामी सानै हुँदा खस्नुभएको रे। आमाले दुःख सुख गरेर हामीलाई हुर्काउनुभयो। पैसाको अभाव भइरहने। त्यसै कारण पढ्न पनि सकिएन। गाउँमा १० कक्षा पढेर छोडेँ।
७, ८ वर्ष भयो ट्याक्सी चलाउन थालेको। पढाइमा खासै मन नलागेपछि काठमाडौं आएँ। काठमाडौंमा मेरो दाइले ट्याक्सी चलाउनुहुन्थ्यो। दाइले नै फुर्सदको समय र रातिको समयमा बाटो खुला हुँदा मलाई ट्याक्सी चलाउन सिकाइदिनुभयो। त्यसपछि बिस्तारै ट्याक्सी चलाउन थालेको हुँ।
१७, १८ वर्षको उमेरदेखि नै नाइट लाइफ रमाइलो लाग्थ्यो। डिस्को, डान्सबार गइन्थ्यो। अहिले लाउन्जबार भन्ने आएको छ, त्यता पनि गइन्छ। गजलबारमा पनि उत्तिकै रमाइलो लाग्छ। रातभरि घुमिरहेको हुन्छु, कहिले दरबारमार्ग कहिले ठमेल। सुत्ने समय बिहानको ५,६ बजे नै हो। सुटिङ छैन भने दिउँसो १ बजे उठ्ने। आज पनि १ बजे नै उठेर आएको हुँ।
विदेशमा कमाएको थोरै पैसा थियो। नेपालमा आएपछि त्यो पैसा केमा लगानी गरेर आफ्नो रोजगार आफैँ सिर्जना गर्नसक्छु भन्ने लाग्यो। साथीभाइको सल्लाहअनुसार ट्याक्सी चलाउन थालेँ। थोरै लगानीमा पुरानो मोडलको ट्याक्सी किनेँ। पछि त्यो ट्याक्सी बेचेर लोन लिएर नयाँ ट्याक्सी किनेँँ। अहिले किस्ता तिर्न नसकेर हैरान भएको छु।
मलाई सानैदेखि गायन क्षेत्रमा रुचि थियो। सानैदेखि स्कुलमा गाइरहेकी हुन्थेँ। स्कुलमा हुने गायन प्रतियोगितामा सधैँ पहिलो नै हुन्थेँ। म रोल्पामा जन्मेकी भएर पनि होला गाउँमा सिक्न पाइनँ।
मलाई म्युजिक बजाउन सानैदेखि रुचि थियो। मेरो घर ललितपुरको इमाडोलमा भएकाले सिक्नका लागि त्यति कस्टकर बनेन। राजधानी बाहिरको मान्छे भएको भए अलिक गाह्रो हुन्थ्यो होला। स्कुल तहमै मैले गितार बजाउन सिकिसकेको थिएँ।
ट्याक्सी चलाउन थालेको २०४५ सालबाट हो। बीचबीचमा टेम्पो पनि चलाएँ। उमेरमा जोस हुँदो रहेछ। ठूलो गाडी चलाउन मन लाग्यो र इण्डिया गई मालवाहक गाडी पनि चलाएँ। ६५ सालदेखि भने ट्याक्सीमै निरन्तरता दिएँ। लोनमा भए पनि ट्याक्सी किनेर चलाइरहेको छु।