ट्याक्सी चलाउन थालेको ३/४ महिना मात्रै भयो। योभन्दा अगाडि विदेश गएको थिएँ। विदेशमा ३,४ वर्ष जति दुःख गरेर नेपाल आएको हुँ। नेपाल आएपछि यतै केही गरौं भन्ने लाग्यो र आफैँले ट्याक्सी किनेर चलाउन थालेँ।
ट्याक्सीमा कहाँबाट इज्जत हुनु प्रोजेक्टको काममै बढी इज्जत थियो। पछिल्लो समय इज्जत नभएको पेसा त ट्याक्सी नै हो जस्तो लाग्छ, पहिले भने त्यस्तो थिएन। प्रोजेक्टको गाडी चलाउँदा त ट्राफिक प्रहरीले सर हजुर यताबाट जानुस्। यसो गर्नुस् उसो गर्नुस् भनेर अ-याउँथे।
गुल्मीको रेसुङ्गा रेडियोमा कार्यरत थिएँ। चार वर्षसम्म कमेडी कार्यक्रम चलाएर काठमाडौं आँए। काठमाडौं आउनेजाने त पहिला पनि गरिरहन्थेँ तर अहिले नौ महिना भयो यतै छु।
मेरो घर रामेछाप हो। खासमा म पढ्नका लागि काठमाडौं आएको थिएँ। काठमाडाैं आएर आर आर क्याम्पसमा भर्ना भएँ। ब्याचलर पढ्दापढ्दै जागिरको सिलसिलामा के गर्ने भन्ने सोच मनमा आइरहेको थियो।
१७ वर्ष अगाडिदेखि दर्जनाैँ दोहोरीसाँझमा गाउँदै आएका गायक हुन् राम पाठक। ठमेल, दरबार मार्ग हुँदै हालै नयाँ बसपार्कमा रहेको मझेरी रोधिघरमा गीत गाइरहेका छन्।
खान, लाउन, केटाकेटी पढाएर, मिठै खान पुग्थ्यो तर अहिले सबैको भाउ बढ्यो तर ट्याक्सी भाडा नबढेकाले कठिनाइ पर्दै गएको छ। अहिले टुटल पठाओले गर्दा पनि हाम्रा यात्रु घटेका छन्।
दोहोरीसाँझमा खासै जाँदिन भन्दा पनि कहिलेकाहीँ कसैले बर्डे मनाउने भयो भने या दोहोरी गीतमा डान्स गरे आइयो अनि साथीहरुले आज फलानाको दोहोरीसाँझमा जानुपर्छ है भन्दा गेष्टको रुपमा भने जान्छु। शुक्रबार भन्दा अरु बारमा रमाइलो लाग्छ।
कालो नम्बर प्लेट र रातो नम्बर प्लेटमा पछिल्लो समय अन्तर देखिँदैन। तर कर भने कालो प्लेटकोले धेरै तिर्नु परेको छ। पुलिसकै अगाडि रातो नम्बरका गाडीले मान्छे ओसारिरहेका हुन्छन्।
केही समय अगाडि पाटनढोका नपुग्दै ओरालोमा मेरै साइडमा ट्याक्सी हिँडाइरहेका थिए। उताबाट दुईजना विपरीत दिशाबाट बाइकमा रन्किएर आए। मेरो ट्याक्सीमा छोएर गए। वाइक छोयो भनेर मलाई कुट्न ओर्लिएर आएर झगडा गर्न थाले।
काजल बैनीले नाच्दानाच्दै लुगा सबै फुकालिन् । सुटकेसमा पैसा लिएर आएका केही ग्राहक थिए । पैसा त बुरुरु झार्न थाले स्टेजमा । म त छक्क परेँ । त्यो नाङ्गो नाच हेर्न नसकेर म बाहिर मात्र के निस्केको थिएँ । पुलिस त झ्याप्पै अगाडि आइपुग्यो ।
केटी नाचेको ठाउँमा नाच्न आउने केटाको सेन्स नै अर्कै हुने रहेछ । ड्रिक्स गरेर मातेका हुन्छन् । पछाडि आएर धक्का दिन्छन् । एउटामा त झगडै पर्यो । पछि बाउन्सरले उनीहरुलाई क्लबबाटै बाहिर निकालिदियो ।
दुर्गेश थापाकाे डान्सबार अनुभव : 'छोरी मान्छेहरु चुरोट तानेर धुवाँ उडाइरहेको, कोही गेष्टसँग बसेर रक्सी पिइरहेको । नाच्न पहिलोपटक डान्सबार छिर्दा अचम्म लाग्यो । महिला डान्सरको ड्रेस देखेर पनि छक्कै परेँ । कपडा कति छोटा हुन् कति ।'
बारमा महँगो पर्ने भएकाले ग्राहकहरु अहिले बाहिरबाटै पिएर जान थालेका छन् । सेक्सका हिसाबले नै मान्छेहरु बार छिर्ने गरेको पाइन्छ । उनीहरु सेन्स नै सेक्सका हुन्छन् । अहिले डान्सबारका ग्राहक घटेका छन् ।
उनी ट्याक्सीमा चढिन् । बौद्ध पुलिस चौकी अगाडि पुगेपछि दाइ मसँग पैसा छैन जे गर्नु छ गर्नुस् भनेर नाङ्गिन थालिन् । तपाईं हेनसम हुनुहँुदो रहेछ तपार्इंसँग सम्बन्ध राख्छु भन्दै नाङ्गिइन् । अब ट्याक्सी चढेकी एउटा युवती नाङ्गिँदा ट्याक्सी चालकमाथि मान्छेले शंका नगर्ने कुरै हुँदैन । उनी नाङ्गिन थालेपछि म ट्याक्सी छोडेर भागे