हास्य कलाकार महादेव त्रिपाठी जादुगर मात्र होइनन्, सिरियल र फिल्ममा चलेका पनि कलाकार हुन् । उनी चलचित्रमा आउनुअघि थुप्रै डान्सबारमा नाचे । उनले डान्सबारमा १२ वर्ष बिताएका छन् । उनीसँग डान्सबारको अनुभवबारे शुक्रबारकर्मी भोला अधिकारीले गरेको कुराकानी :
नाइटमा मदिरा पिउन मज्जा आउँछ । जति पियो उति मज्जा हो नाइट लाइफ । तर मातेर लड्ने गरी भने खाएकी छैन, ज्यानले धानेसम्म भने पिउने गरेकी छु । साथीहरु पनि मजस्तै गरी पिउँछन् ।
अरूले पिएर लडेको देख्दा मज्जा लाग्छ
रात्रिकालीन व्यापारमा मदिरा पिउनेहरु नै बढी आउने हुन् । कतिपय पारिवारिक माहोलमा आएका हुन्छन् । लान्छु भन्ने ठिटाहरु त कति आउँछन्, आउँछन् । तर लान्छु भन्दैमा जानु त भए नि !
जोरपाटीबाट ३ जना केटी ट्याक्सीमा चढे । उनीहरुले नयाँबसपार्क जाउँ भने । उनीहरु मातेर ल्याङ भएका थिए । मैले उनीहरुलाई लिएर बसपार्क पुगेँ । त्यहाँ पुगेपछि २ जना झरे । एउटी भने म यहीँ सुत्छु दाइ ल्याङ नगर्नु ल भनिन् ।
कलाकारिता क्षेत्र आफैंमा व्यस्त बनाउने कर्म हो । यसमा निश्चित कार्यतालिका हुन्न । रातदिन खटिनुपर्ने पेसा भए पनि कलाकारको मनमा यसो रमाइलो पनि गरौं न भन्ने लाग्छ नै । रात्रिकालीन रमाइलोमा जम्ने कलाकार पनि त्यत्तिकै छन् । नाइट लाइफमा कत्तिको रमाउँछन् कलाकार ? यो पटक गायक शिव परियारको अनुभव ।
डान्सबारमा आउने सबै ग्राहक एकै किसिमका हुन्नन् । कोही ग्राहक डान्सरको हात समातेर बसेरै रमाउँछन् । कोही अलग्गै बसेर सँगै खाना खान पनि खोज्छन् । ग्राहकजस्तै कोसँग कस्तो व्यवहार गर्ने त्यो डान्सरमा पनि भरपर्छ ।
कहिले ट्यापे आउँछन् । कहिले केटीको निहुँमा झगडा पर्छ । डान्सबार, दोहोरी साँझ भनेकै मादक पदार्थ सेवन गर्ने ठाउँ हो । रमाइलो गर्ने ठाउँ हो । खाइसके पछि कोही निहुँ खोज्छन् । कोही भने खाउन्जेल आँखा देख्दैनन्, खाइसकेपछि हिँड्ने बेलामा पैसा धेरे भो भनेर लफडा गर्न थाल्छन् । अब केटीसँगै बसेर खाए पनि उसैले पैसा तिर्नुपर्ने नियम हुन्छ । मैले यत्रो कहाँ खाएँ भनेर निहुँ खोज्छन् ।
डान्सबारमा नाच्ने भनेको नराम्रो भन्ने सोच्छन् । अनि म्युजिक भिडियोतिर नाच्ने भने ठूलो ठान्छन् । तर अधिकांश कलाकार डान्सबारबाट नै गएका हुन् । दिलिप रायमाझी क्यासिनोमा नाचेर आएको मान्छे । सुशील क्षेत्री पनि यसरी नै डान्सबारबाट नाचेर आएको मान्छे हुन् । मैले नै डान्सबारमा नाच्दानाच्दै तानेर मोडल बनाएको शंकर बिसी अहिले चर्चित छ ।
सेक्स प्रस्तावहरु आइरहन्छन् । दोहोरीमा सबै राम्रा मान्छे आउँछन् भन्ने छैन । जो कोही पनि यहाँ आएका हुन्छन् । कोही के सुरले आएका हुन्छन, कोही के सुरले । राम्री मान्छे देखेपछि यस्तो प्रस्ताव नर्मल हो ।
मेरो श्रीमान् फिल्म डिरेक्टर हुनुहुन्थ्यो, राजेन्द्रकुमार थापा । उहाँ चिडियाखानाबाट अलिक पर धोबीघाट भन्ने ठाउँमा बस्नुहुन्थ्यो । म क्रिश्चियन भएपछि त्यहाँ बस्न अफ्ठ्यारो लाग्यो । बच्चा भएपछि म त्यहाँबाट माइत आएर बस्न थालेँ, मसँगै श्रीमान् पनि आउनुभयो । मेरो श्रीमान्ले धेरै रक्सी खाने गर्नुहुन्थ्यो ।
डान्सबारमा यौन शोषण हुन्छ भन्ने छैन । कला देखाएर गेष्टलाई सन्तुष्टि दिने हो । केटीहरु अनुसार पनि हुन्छ । जोसँग मन लाग्यो उहीसँग टाँसिएर हिँड्यो भने त भन्न सकिँदैन ।
पोखरातिर जान लागेको थियो एउटा जिप, त्यो एउटा गाडीसँग ठोक्किएको थियो । मान्छेको शरीर ल्याङफ्याङ भएको थियो । अहिलेसम्म कति दुर्घटना देखियो होला तर त्यो दुर्घटनाजस्तो आङ नै सिरिङ्ग पार्ने अहिलेसम्म देखेको छैन