सत्ताको स्वाद लिइरहेका उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादवले यो वर्ष पनि संविधान दिवस नमनाउने भएछन्। उनको दल समाजवादी पर्टीले यो वर्ष पनि संविधान दिवस नमनाउने निर्णय ग-यो। पार्टीको निर्णयअनुसारै मन्त्री यादव सरकारले गर्ने संविधान दिवसका कार्यक्रममा सहभागी नहुने भए।
चीनबाट चुच्चे रेल आउला भन्ने आशामा रहेका नेपालीले यस पटक त्यसको औपचारिक घोषणा पनि आउला कि भन्ने अपेक्षामा थिए। तर नेपाल भ्रमणमा आएका चिनियाँ विदेशमन्त्री याङ यीले पाल दिने पो भएछन् !
जस्ता अगुवा, उस्तै पछुवा ! यो कुरा कसैमा ठ्याक्कै मिल्छ भने संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईमा मिल्छ। उग्र राष्ट्रवादी केपी शर्मा ओलीभन्दा एक रत्ति पनि कम राष्ट्रवादी देखिनु भएन नि ! त्यसैले उनले अनौठो राष्ट्रवादको लहर ल्याउन खोजेका छन्।
धर्मलाई अफिमको संज्ञा दिने कम्युनिस्ट सिद्धान्तबाट टाढिएका डा. बाबुराम भट्टराईले नेपालका मौलिक चाडपर्वलाई उत्तिकै महत्व दिन थालेका छन्। उनले आफ्नो फेसबुक पेजमा हालै दुई वटा फोटो पोस्ट गरे। फोटो पोस्ट गर्दै लेखेका छन्, ‘दिदी–बहिनी र बाका साथ तीजको दर, बरी लै !’ उनको स्टाटस पढ्दा उनले पुरानो फोटो पोस्ट गरेको अनुमान लगाउन सकिन्छ।
संविधान बनेपछि भएको निर्वाचनमा नराम्रोसँग बल्ड्याङ खाएको कांग्रेस सत्तास्वाद लिन नपाउँदाको रनाहा कम छैन। नहोस् पनि कसरी ? कम्युनिस्टले चुनावमा गुल्ट्याई हाले। सदनमा समेत प्रतिपक्षको प्रभावकारी भूमिका निभाउन नसक्दा नेपाली कांग्रेस छायाँमा परेको प्रस्टै देखिन्छ। छायाँमा नपरोस् पनि कसरी ? एक त कांग्रेस गुटले ग्रस्त छ। अर्कोतर्फ सदनमा कम उपस्थिति !
समाजवादी पार्टी नेपालकी सांसद रेनुका गुरुङले सांसदले गाडी सुविधा पाउनुपर्ने माग गरिछन्। प्रतिनिधिसभा बैठकमा सांसद गुरुङले सांसदलाई मन्त्रिसरहको गाडी सुविधा दिनुपर्ने माग गरिन्।
राष्ट्रिय प्रजातन्त्र पार्टीले पहिले भुलेको बाटो पुनः फेला पारेको छ। यो हामीले भनेको होइन, स्वयं पार्टी अध्यक्ष कमल थापाले भनेका हुन्। विद्यार्थीहरुको भेलालाई सम्बोधन गर्दै उनले ‘ड्राइभर होइन बाटो नै फेर्नुपर्छ’ भनेर देशको सर्वोच्च नेताका रुपमा राष्ट्रपतिभन्दा पनि राजालाई नै स्थापित गर्नुपर्ने घुमाउरो भाषण गरेपछि राजनीतिक वृत्तमा निकै ठूलो तरङ्ग उठ्यो। कतिसम्म भने सत्ताधारी पार्टीका सहअध्यक्ष रहेका डबल नेकपाका प्रचण्डसमेत झस्किए।
बढो सकसले बल्ल बल्ल पूर्व एमाले र पूर्व एकीकृत माओवादीको टाउको मिल्दैछ। जिल्ला तहबाट मिलाउँदै ल्याएको टाउको केन्द्रमा अझै मिल्न सकेको छैन। प्राविधिक रुपमै भए पनि सकसका साथ दुई टाउके दललाई एक टाउके मनाउन शीर्ष नेता मरिहत्ते गरेर लागेका छन् उता सामाजिक सञ्जालमा पूर्व एमाले र पूर्व माओवादी भिडेर हैरान।
यो वर्षको दशैंमा निकै चर्चामा आयो शीतल निवास। चर्चा राष्ट्रपति विद्यादेवी भण्डारीले लगाइदिएको दशैंको टीकाको थियो। गणतन्त्र नेपालकी राष्ट्रपतिले राजाकै शैलीमा टीका लगाइदिइन्। कसैले घुँडा टेकेर टीका लगाए, कसैले आधा झुकेर।
बलात्कारपछि हत्या गरिएकी किशोरी निर्मलाको वार्षिकीमा गत हप्ता सञ्चार माध्यम व्यस्त भयो। टिभीका स्क्रिन विचारक र विश्लेषकले भरिए। हत्यारा को? कसले लुकायो? एक वर्षसम्म किन अनुसन्धान हुन सकेन? उही पुरानै प्रश्नले सामाजिक सञ्जालमा जमे।
डबल नेकपालाई संकटले पनि कहिल्यै नछाड्ने भयो। एउटा मिलाए अर्को, अर्को मिलायो झन् अर्को। क्या फसाद ! नामै डबल नेकपा, संकट पनि डबल ! नेकपा र एकीकृत माओवादीबीच टाउको जोडिएपछि दुई टाउके नेतृत्व भएको पार्टीलाई शल्यक्रिया गरेर एक बनाउन कम्ता मिहिनेत भइरहेको छैन ! तर नतिजा आउँदै नआउने।
अहिले सिंहदरबारको अधिकार गाउँ गाउँ भित्रियो तर जनअधिकार हैन, सलामी मोह ! कस्तो छ सलामी मोह, त्यो शब्दमा वर्णन गरेर के साध्य चल्छ र ? बरु तस्बिर नै हेर्नुस्।
नाम कुल हुँदैमा सबैतिर कुलैकुल हुनुपर्छ भन्ने के छ हँ ? अनि जसले जे गरे पनि कुल व्यवहारै गर्नुपर्छ भन्ने पनि के छ ? कहिलेकाहीँ त जस्तालाई त्यस्तै पनि त गर्नसक्नु पर्यो ! एउटा आहानै छ नि, ‘लातोँ का भूत बातोँ से नहीँ मानता’ । नाम कुल भए पनि परिआएको खण्डमा कहिलेकाहीँ यो आहानको पनि प्रयोग गर्नु परेन त ?
कवच भनेको सञ्चारमन्त्री गोकुल बास्कोटा जस्तो हुनुपर्छ । गलतै काम भइरहेका होऊन्, कुतर्कै गरेर ढ्याप्पै ढाकिदिने । आफ्ना व्यक्तिले बदमासी गरे ‘विचरा निर्दोष । क्षतिपूर्ती पो दिनुपर्छ त’ भनिदिने । कुकर्मको आलोचना भयो भने अमेरिकी राष्ट्रपती डोनाल्ड ट्रप शैलीमा ‘फेक न्युज’ भनिदियो, सक्किगो !
नाम हल्का संशोधन गरे पनि अहिले मिश्र समूहले गर्ने गतिविधि र विवेकशीलवालाहरुले गर्ने गतिविधि उस्तै छ । विरोधको शैली पनि उस्तै छ । शैली नै उस्तै भएपछि नाम मात्र फेरेर के नै हुन्छ र ?
एक वर्षे कार्यकालको उपलब्धि सार्वजनिक गर्दा उनीबाट यिनै उतारचढावबारे उत्तर आउने अपेक्षा हुनु अचम्म लाग्ने विषय पनि हैन तर उनी उत्तर हैन उल्टो प्रश्न बोकेर उभिए र उल्टो सोधे, ‘सबै बिगारेको आइजिपीले हो ?’
आदित्यलाई प्रतिभावान् बालककै कोटीमा राखेर उनको ज्ञानको उपयोग गर्न सकिन्न ? उनलाई गेरुवस्त्र धारण गराएर गुरु बनाउनु नै उनको क्षमताको कदर हो त ? उत्तर पाऊँ त सेवकज्यूहरु !
विपद्मा सहयोगका लागि खटिनु अति प्रशंसनीय कार्य हो । यसले ती व्यक्तिको उदार मनलाई देखाउँछ । मन उदार हुनु कहाँ नराम्रो हो र ! तर त्यसैलाई आत्मप्रशंसाको हतियार बनाउन थालियो भने नियतमा खोट देखिन्छ ।
सांसद विरोध खतिवडा अहिले गँजेडीहरुका प्रिय नेताको सूचीमा दरिन पुगेका छन् । कारण हो, गाँजा खुल्ला गराउने उनको अभियान । सांसदले गाँजा माथिको प्रतिबन्ध हटाउन सरकारसँग माग गरेपछि २–४ ग्राम गोजीमा बोकेर हिँड्दा प्रहरीको फन्दामा परेकाहरुको मनमा आशाको दियो बल्ने नै भयो, बल्यो ।