कसैले कसैलाई जेसुकै कारणले होस् तेजाब वा यस्तै प्रकारका अन्य रासायनिक, जैविक वा विषालु पदार्थ प्रयोग गरी वा छर्किई वा त्यस्तो पदार्थले पोली, डामी, दली, घसी जिउमा पीडा गराउने वा अनुहार वा शरीरको कुनै अङ्ग कुरुप पार्ने काम गर्नु वा गराउनु हुँदैन।
पीडित व्यक्तिको मृत्यु भएको अवस्थामा वा अन्य कुनै कारणबाट पीडित व्यक्ति आफैँले उजुरी दिन नसक्ने अवस्था भएमा त्यसको कारण खोली पीडित व्यक्तिको परिवारको उमेर पुगेको कुनै व्यक्ति वा कानुन व्यवसायीले थुनामा रहेको व्यक्तिलाई यातना दिएको छ भन्ने लागेमा निजको परिवारको उमेर पुगेको कुनै व्यक्ति वा निजको कानुन व्यवसायीले सम्बन्धित जिल्ला अदालतमा निवेदन दिन पाउँछ ।
कानुनी राज्यको सिद्धान्तअनुरुप सबैलाई समान रुपमा न्याय उपलब्ध गराउन आवश्यक हुने भएकोले आर्थिक र सामाजिक कारणबाट आफ्नो कानुनी हकहितको संरक्षण गर्न नसक्ने असमर्थ व्यक्तिका लागि आवश्यक कानुनी सहायता उपलब्ध गराउने व्यवस्था कानुनले गरेको छ।
कानुनी राज्यको सिद्धान्तअनुरुप सबैलाई समान रुपमा न्याय उपलब्ध गराउन आवश्यक हुने भएकोले आर्थिक र सामाजिक कारणबाट आफ्नो कानुनी हकहितको संरक्षण गर्न नसक्ने असमर्थ व्यक्तिका लागि आवश्यक कानुनी सहायता उपलब्ध गराउने व्यवस्था कानुनले गरेको छ।
घरेलु हिंसा (कसुर र सजाय) ऐन, २०६६ अनुसार घरेलु हिंसा भन्नाले कुनै व्यक्तिले घरेलु सम्बन्ध भएको अर्को कुनै व्यक्तिलाई दिएको शारीरिक, मानसिक, यौनजन्य वा आर्थिक यातना हो।
कैदको सजायसम्बन्धी व्यवस्था निषेधात्मक सजायको सिद्धान्तमा आधारित हुन्छ। कसुरदार कैदमा बसुञ्जेल कसुर गर्ने व्यक्तिबाट समाजलाई भय नहुने हुनाले कैदको सजाय दिइन्छ।
“खाद्यपदार्थ” भन्नाले साधारणतः मानिसले खाने पिउने, अप्रशोधित, अर्ध प्रशोधित, प्रशोधित वा उत्पादित खाद्य वा पेय पदार्थ सम्झनु पर्छ र सो शब्दले खाने पिउने पदार्थमा प्रयोग गरिने मरमसला, खाद्य योगशील (फूड एडिटिभ) रंग वा सुगन्ध समेतलाई जनाउँछ।
कुनै व्यक्तिले आफ्नो हक र स्वामित्वको सम्पत्ति कुनै व्यक्तिलाई वा धार्मिक, सामाजिक, सार्वजनिक वा सामुदायिक कार्यका लागि निःशुल्क रुपमा दिनुलाई दान भनिन्छ भने कसैलाई पारिवारिक स्नेहको कारण आफ्नो हक, स्वामित्व पुग्ने सम्पत्ति इनाम, पुरस्कार वा बक्सिसको रुपमा दिने सम्पत्तिलाई बकस भनिन्छ
आजको युगमा अन्धविश्वासको पछि लागेर कसैलाई पनि बोक्सीको संज्ञा दिएर अनावश्यक रुपमा शारीरिक र मानसिक तनाव दिनु र हुँदै नभएको आरोप लगाउनु गैर कानुनी काम हो। यो मानवताविरोधी अपराधसमेत हो।
गर्भपतन गराउने र गर्भपतन गराउने उद्देश्यले गर्भमा रहेको भ्रुणको लिंग पहिचान गर्ने वा गराउनेलाई तीन महिनादेखि ६ महिनासम्म कैद र लिंग पहिचान गरी गर्भपतन गर्ने वा गराउनेलाई लिंग नहेरी गर्भपतन गराउनेलाई भन्दा १ वर्ष थप गरेर सजाय हुन्छ।
प्रत्येक नागरिक कानुनको दृष्टिमा समान हुन्छन्। यसको अर्थ के हो भने कानुनको दृष्टिमा समान हुनका लागि र अधिकार प्राप्त गर्नका लागि नागरिक हुनु जरुरी हुन्छ।
कसैले कुनै एक खाद्य पदार्थलाई अर्को खाद्य पदार्थ हो भनी वा न्यून गुणस्तरको खाद्य पदार्थ वा अखाद्य पदार्थलाई उच्च गुणस्तरको खाद्य पदार्थ हो भनी ढाँटी वा झुक्याई वा कुनै उच्च गुणस्तरको खाद्यपदार्थमा निम्न स्तरको खाद्यपदार्थ वा अखाद्यपदार्थ मिसावट गरी बिक्री वितरण गर्न हुँदैन।