विचार र अभिव्यक्तिको स्वतन्त्रता पाउनु भनेको आफ्नो चित्त नबुझेको कुराको विरुद्धमा अरुलाई असर पर्ने गरी बोल्न पाउनु, लेख्न पाउनु र विरोध गर्न पाउनु हैन।
सगोलमा सम्पत्ति भएका पति, पत्नी, बाबु, आमा, छोरा, छोरीले पत्नी, पति, छोरा, छोरी, बाबु र आमालाई इज्जत आमद अनुसार खान लाउन दिन र आर्थिक हैसियतअनुसार शिक्षा र स्वास्थ्योपचारको व्यवस्था नगरे वा आफूले गर्नुपर्ने दायित्व पूरा गर्न नसके अंशियार आफ्नो अंश लिई छुट्टिन पाउने व्यवस्था मुलिकी देवानी (संहिता) ऐन, २०७४ को परिच्छेद १० को दफा २११ को उपदफा १ र २ मा गरिएको छ।
मुुलुकीदेवानी संहिता, २०७४ ले सम्बन्ध विच्छेदको व्यवस्थामा केही नयाँ व्यवस्थाहरु गरेको छ। संहिताको परिच्छेद ३ को दफा ९३ मा पति र पत्नी दुवैले चाहेमा जहिले सुकै पति/पत्नीले सम्बन्धविच्छेद गर्न सक्ने प्रावधान रहेको छ
श्रीमानको भागबाट अंश पाउने कुरा महिलाहरुलाई कानुनले दिएको अधिकार हो। कानुनले दिएको अधिकार नपाउने कुरै आउँदैन। दिनेलाई दिन मन नलाग्नु र लिनेलाई हतार लाग्नु मानवीय प्रकृति हो तर कानुनले दिएका अधिकारहरु कानुनी राज्यमा कसैले पनि खोस्न पाउँदैन।
मुलुकी देवानी संहिता, २०७४ को परिच्छेद ३ कोे दफा २०५ ले एकै परिवारका पति, पत्नी, बाबु, आमा, छोरा, छोरीलाई अंशियार मानेको छ। अंशको भागबण्डा लगाउँदा सगोलको सम्पत्ति र सगोलको सम्पत्तिबाट बढे बढाएको सम्पत्तिको मात्र अंशबण्डा लगाउनु पर्छ।
एकै परिवारका सदस्यहरु अंशका हकदार हुन्छन् र अंशका हकदारलाई अंशियार भनिन्छ। प्रत्येक अंशियार अंशको समान हकदार हुन्छ। जस्तै, एकै घरका बुवाआमा र छोराछोरी बीच अंशवण्डा गर्नु परेमा उनीहरुको सगोलमा भएको सम्पत्तिमा हरेक परिवारका सदस्यको समान हक अधिकार हुन्छ।
कानुनको अज्ञानता कहिले पनि क्षम्य हुँदैन। त्यसैले कानुनका बारेमा सधैँ सजग रहनु पर्छ। आफूलाई कुनै अप्ठेरो पर्न लागेको शंका लागेमा बेलैमा त्यस विषयसम्बन्धी रहेका कानुनी प्रावधानबारे जानकारी राख्नु पर्छ किनभने हरेक किसिमका मुद्दा दर्ता गर्ने भिन्दाभिन्दै हदम्याद हुन्छन्। कानुनले तोकेको हदम्याद नाघेको खण्डमा कुनै पनि मुद्दा दर्ता हुन सक्दैन। हदम्याद महत्वपूर्ण कानुनी प्रावधान हो।
घरेलु सहायक भनेको घरको काम सघाउनका लागि राखिएको व्यक्ति हो। मुलुकी देवानी संहिता, २०७४ को परिच्छेद १४ मा ज्याला मजुरीमा काम गर्नेहरुको हकहितको विचार गर्दै ज्याला मजुरीसम्बन्धी व्यवस्थाको बारेमा लेखिएको छ। ज्याला मजुरीको परिच्छेदअनुसार कसैले कुनै व्यक्तिलाई काममा लगाउँदा सामान्यतः एक दिनमा आठ घण्टाभन्दा बढी अवधिका लागि काम लगाउन पाउँदैन।
परिवारका सदस्यबीच सगोलमा रहेको सम्पत्ति बाँडफाँड गर्ने प्रक्रियालाई अंशबण्डा भनिन्छ। मुलुकी देवानी (संहिता) ऐन, २०७४ को परिच्छेद १० मा अंशबण्डासम्बन्धी व्यवस्था गरिएको छ। अंशबण्डा गर्दा अंशका अंशियारहरुलाई सगोलको सम्पत्तिको भागबण्डा लगाउने हो।
हरेक नागरिकलाई सम्मानका साथ बाँच्न पाउने अधिकार नेपालको संविधानले दिएको छ। ज्यान र सम्पत्तिको जस्तै ऐनले ख्यातिको पनि सुरक्षा प्रदान गरेको छ किनभने हरेक व्यक्तिलाई आफ्नो मान, सम्मान र ख्याति अति नै प्रिय लाग्छ। कुनै पनि व्यक्तिको ख्यातिमा क्षति पुग्नुलाई कानुनले अपराधको रुपमा लिएको छ।
कुनै पनि मुद्दाको दायरी, कारबाही सुनुवाइ र किनारा गर्न कानुनबमोजिम कुनै अदालत वा अधिकारीलाई अधिकारक्षेत्र तोकिएको हुन्छ। अधिकारक्षेत्र नभएको अदालतले मुद्दाको सिलसिलामा गरेको कारबाही, सुुनुवाइ, आदेश वा निर्णय बदर हुन्छ।
कानुनले जो सुकैलाई पनि प्रमाणको आधारमा मात्र पतिपत्नी हो वा हैन विश्वास गर्छ। माथिको प्रश्नमा विवाह दर्ता नगरेको कुरा बताइएको छ। विवाह दर्ता भएको भए राम्रो हुन्थ्यो तर विवाह दर्ता नगरेकै कारण र नागरिकतामा श्रीमान्को नाम नभएको कारण सम्बन्धविच्छेद गर्न नमिल्ने अवस्था आउँदैन।
घरेलु हिंसाबाट पीडित हुनुहुुन्छ भने सम्बन्ध विच्छेद गर्नुभन्दा कसबाट पीडित हुनु भएको हो, त्यस्तो व्यक्तिलाई घरेलु हिंसा ऐन, २०६६ अन्तर्गत कार्बाहीको माग अगाडि बढाउनुहोस्। आज तपाईँलाई हिंसा गर्नेले भोलि अरु कसैलाई आफ्नो हिंसाको शिकार बनाउन सक्छ।
कुनै व्यक्तिले आफ्नो हक र स्वामित्वमा रहेको सम्पत्ति अन्य व्यक्तिलाई बिक्री, दान, बकस वा अन्य कुनै तवरले हस्तान्तरण गरी दिएमा त्यस्तो सम्पत्ति पाउने व्यक्तिको नाममा त्यस्तो सम्पत्ति हस्तान्तरण भएको मानिन्छ।
विवाहित पुरुषले वैवाहिक सम्बन्ध कायम रहेको अवस्थामा अर्को विवाह गर्नु हुँदैन र महिलाले पनि पुरुष विवाहित हो भन्ने थाहा पाउँदा पाउँदै त्यस्तो पुरुषसँग विवाह गर्नु हुदँैन । यसरी गरिएको विवाह स्वत: बदर हुन्छ ।