अंश लिई छुट्टि सकेको अवस्थामा श्रीमान् दोस्रो बिहे गर्नका लागि कानुनी रुपमा स्वतन्त्र हुुन्छन् र श्रीमान्ले पनि अंश लिइसकेको हुनाले दोस्रो बिहे गर्न र सम्बन्धविच्छेद गर्न इच्छुक भएको खण्डमा कानुनी रुपमा स्वतन्त्र हुन्छन् ।
कुनै पनि प्रकारको डर देखाएर वा बन्धक बनाएर वा झुक्याएर लिएको मन्जुरीलाई कानुनले मन्जुरी मान्दैन । जबरजस्तीकरणी गर्ने व्यक्तिलाई त्यसरी करणी गर्दाको परिस्थिति र महिलाको उमेर हेरी कानुनबमोजिम भिन्दाभिन्दै समयावधिको कैद सजायको प्रावधानसमेत छ ।
आफ्नो अंश भाग लिएर बसिसकेको जो कोही व्यक्तिको मृत्यु भएमा उसको भागको सम्पत्ति उसको मृत्युपश्चात् कसले प्राप्त गर्ने भन्नेमा अनावश्यक झैँझगडा नहोस् भन्ने अभिप्रायले राज्यले कानुन बनाएको हुन्छ ।
मानिस बेच्ने वा किन्ने काम गरेमा वा कुनै प्रकारको फाइदा लिई वा नलिई वेश्यावृत्तिमा लगाउने वा प्रचलित कानुनबमोजिमबाहेक मानिसको अङ्ग झिक्ने अथवा वेश्यागमन गर्ने कार्यलाई समेत यो कानुनले छुन्छ । ऐन अनुसार यी सबै काम मानव बेचबिखन हुन् ।
कुनै जात, जाति, सम्प्रदाय वा वर्गको धार्मिक आस्था वा धर्मको घृणा गर्ने वा अपमान गर्ने नियतले जानीजानी धार्मिक पूजा, प्रार्थना वा कर्म गर्ने स्थान वा पवित्र मानिएको कुनै पनि कुरामा क्षति पुर्याए तीन वर्षसम्म कैद र तीस हजार रुपैयाँसम्म जरिवाना हुन्छ ।
घरेलु हिंसा भोग्नेले मात्र नभएर हिंसा भएको देख्नेले पनि उजुरी गर्न मिल्ने प्रावधान राखेकैबाट पनि हामी कानुन घरेलु हिंसा निरुत्साहित गर्ने बलियो प्रयासको रुपमा बुझ्न सकिन्छ ।
धर्मपुत्र वा धर्मपुत्री राख्दा छोरा हुनेले छोरा र छोरी हुनेले छोरीलाई धर्मपुत्र वा धर्मपुत्री राख्न निषेध गरेको छ । तर कानुनीरुपमा भिन्न भइसकेको अवस्थामा छोरा र छोरी सँगै नबसेमा त्यस्ता पुरुष अथवा महिलाले धर्मपुत्र वा धर्मपुत्री राख्न पाउने छुट कानुनमा छ ।
श्रीमान्काे भागको अंशबाट मात्र श्रीमतीले अंश पाउने हो, दाजुभाइको सम्पत्तिबाट होइन । श्रीमान, श्रीमतीबीच अंशबण्डा गर्दा पतिपत्नीले कमाएको वा त्यसबाट बढे बढाएको सम्पत्ति पति वा पत्नीको सगोलको सम्पत्ति अंशभाग मानिन्छ र बराबर भाग लगाई सम्बन्ध विच्छेद गर्न सकिन्छ ।
जो आफूलाई सम्पत्तिको हकदार ठान्छ ऊ ऋणको जिम्मेबारीबाट पनि पन्छिन पाउँदैन । सगोलको सम्पत्तिमा सबैको हक लाग्ने हुनाले त्यस्तो सम्पत्ति सबै अंशियारको मन्जुरी बिना कुनै एक अंशियारलाई मात्र दिन पाइँदैन र सहमतिमा दिइएको छ भने पछि अंशवण्डा गर्दा निजले पाउने अंशमा हिसाब गरी अन्य सम्पत्ति बण्डा गर्नुपर्छ ।
तिको भन्दा पत्नीको आम्दानी बढी भएमा पनि पतिले खर्च दिनुनपर्ने व्यवस्था मुलुकी देवानी (संहिता) ऐन २०७४ मा छ । सम्बन्धविच्छेद गरेकी महिलाले पाएको अंशबापतको सम्पत्ति निजको मृत्यु भए सन्तान भए सन्तानले र सन्तान नभए पूर्व पतिले नै पाउने व्यवस्थासमेत ऐनले गरेको छ ।