सेक्स टोय कम्पनीलाई मुद्दा

सोमबार, १७ असोज २०७३, ०९ : २९ शुक्रवार , Kathmandu
सेक्स टोय कम्पनीलाई मुद्दा

अमेरिकी राज्य सिकागोकी एउटी महिलाले आफ्नो गोपनीयता भंग गर्ने गरी सेक्स टोयले गुप्तचरी गरेको भन्दै टोय उत्पादकमाथि मुद्दा दायर गरेकी छिन् । योनीभित्र छिराउने भाइब्रेटरमार्फत कम्पनीले आफ्नो गोप्य जीवनमाथि निगरानी राख्ने र गुप्तचरी गर्ने गरेको भन्दै उनले उत्पादनकर्ताविरुद्ध मुद्दा दायर गरेकी छिन् । गुप्तचरी गर्न मिल्ने वस्तु निर्माण तथा बिक्री गरेर उत्पादनकर्ताले गोपनीयताको हक उल्लंघन गरेको आरोप उनले लगाएकी छिन् ।
केही साताअघि उनले ‘वी–भाइब’ कम्पनीले उत्पादन गरेको भाइब्रेटर खरिद गरेकी थिइन् । उक्त भाइब्रेटर स्मार्टफोनबाट समेत निर्देशित हुने खालको थियो । कुनै महिलाले आफ्ना प्रेमी अथवा श्रीमान्सँग स्मार्टफोनमार्फत च्याट गर्दा अर्कै स्थानमा रहेका श्रीमान्ले आफ्नो स्मार्टफोनमार्फत भाइब्रेटरलाई महिलाको योनीभित्र आफूले चाहेजसरी परिचालन गर्नसक्ने व्यवस्था यसमा मिलाइएको थियो । यसो गर्दा च्याटको डिटेल सेक्स टोय उत्पादकको डाटाबेसमा सुरक्षित हुने र यसबाट व्यक्तिको गोपनीयता उल्लंघन हुने भन्दै ती महिलाले मुद्दा दायर गरेकी हुन् । महिलाको नाम समाचार खुलाइएको छैन । तर, उनको पक्षबाट मुद्दा लड्ने काम अधिवक्ता इभ–लिन रापले गरिरहेको जनाइएको छ ।

 

Leave A Comment