जहाँ पानी माथि बग्छ

आइतबार, ३० असोज २०७३, ०१ : २६ शुक्रवार , Kathmandu
जहाँ पानी माथि बग्छ

अमेरिकाको नेभादा राज्यमा जलविद्युत निकाल्न एउटा बाँध बनाइएको छ, जसको नाम हो हुवर बाँध । यो बाँध भएको क्षेत्रको गुरुत्वाकर्षणलाई लिएर समाचार बारम्बार बन्ने गर्छ ।
यो बाँध भएको क्षेत्रमा गएर बोतलबाट पानी पोख्यो भने पानी तल झर्नुको सट्टा माथितिर बहन थाल्छ । यसले मानिसलाई छक्क पार्ने गरेको छ । बाँध हेर्न जाने पर्यटकले बोतलबाट पानी झारेर माथितिर बग्दै गएको पानीमा सेल्फी खिच्ने गरेको सर्वत्र देख्न पाइन्छ ।
तर, वैज्ञानिकहरू भने यस्तो हुनुलाई आश्चर्य मान्दैनन् । यो बाँध निर्माण गर्दा बाँधको बनोट नै यस्तो तरिकाले गरिएको छ कि त्यस क्षेत्रमा भएको हावा सोहोरिएर माथितिर बहने गरेको छ । ‘त्यही भएर पोखिएको पानी माथि बग्नु गुरुत्वाकर्षणको दोष नभई इन्जिनियरिङको कमाल हो,’ समाचारमा भनिएको छ । यो बाँध सन् १९३६ मा बनेको थियो । बाँध २ सय २१ फिट अग्लो र ३ सय ७९ फिट लामो छ । बाँधको भित्तामा ठोक्किने हावा निकास खोज्दै माथितिर बहने गर्छ, जसले गर्दा पानी तल झर्नुको सट्टा माथितिर बहने गरेको हो ।

 

Leave A Comment