कति लामो खुट्टा !

बुधबार, ०३ कार्तिक २०७३, १० : १७ शुक्रवार , Kathmandu
कति लामो खुट्टा !

टर्कीकी रुमेसा गेल्गी १७ वर्षकी भइन् । तर, उनलाई हेर्न अग्लो मानिसले पनि घाँटी तन्काउनुपर्छ । उनी सात फिट अग्ली छिन् ।
शरीर सात फिट अग्लो भए पनि उनको खुट्टा चाहिँ शरीरको तुलनामा निकै लामो छ । ‘लामो खुट्टा लिएर हिँडडुल गर्न अप्ठेरो हुन्छ । बाटोमा हिँडे भने सबैजना फर्कीफर्की हेर्छन्, असजिलो महसुस हुन्छ,’ उनले भनिन् ।
वेभर सिन्ड्रम नामक रोग लागेकाले उनका खुट्टा यति लामा भएका हुन् । यो रोग एकाध मानिसलाई मात्र हुन्छ । उनको जन्म हुँदा संसारभरि यस्तो रोगबाट ग्रस्त २० जना मानिसको मात्र पहिचान भएको थियो । यस्तो रोग लागेपछि शरीर अस्वाभाविक रूपमा बढ्छ । साथै घुँडा र कुइनोमा बढी पीडा हुन्छ ।
‘म छ महिनामै जन्मिएकी रे, तर त्यतिबेला पनि म नोै महिनामा जन्मिने शिशुजस्तै औसत आकारको थिएँ रे । बढ्दै गएपछि मेरो औसत आकार कायम रहेन । हलहली बढेँ र यस्तो अग्ली हुन पुगेँ,’ उनले भनिन् । गिनिज बुकले उनलाई सन् २००४ मा सबैभन्दा अग्ली किशोरीको मान्यता दिइसकेको छ ।

 

Leave A Comment