दुर्घटनामा कंगना

बिहिबार, ०४ कार्तिक २०७३, ११ : ०४ शुक्रवार , Kathmandu
दुर्घटनामा कंगना

बलिउड अभिनेत्री कंगना रनोट दुर्घटनामा परेकी छिन् । फिल्म छायांकनका क्रममा केही समययता अमेरिकामा रहँदै आएकी उनी उतै दुर्घटनामा परेकी हुन् ।
उनी सवार कार दुर्घटनाग्रस्त भएको हो । दुर्घटनाका कारण उनको टाउको र हातमा सामान्य चोट लागेको छ ।
समाचारमा जनाइएअनुसार कंगना सवार कारका ड्राइभरलाई रुघाखोकी लागेको थियो । ‘गाडी कुदाइरहेका बेला ड्राइभरलाई अचानक खोकी लाग्यो । एकपटक बेस्कन खोक्दाखेरि स्टेयरिङबाट उनको हात चिप्लियो र कारले सन्तुलन गुमायो । त्यसपछि कार सडकछेउको पर्खालमा ठोक्कियो,’ समाचारमा भनिएको छ ।

Leave A Comment