हटिन् माहिरा

शनिबार, ०६ कार्तिक २०७३, १२ : ०६ शुक्रवार , Kathmandu
हटिन् माहिरा

बलिउड अभिनेता शाहरुख खान अभिनीत फिल्म ‘रईस’को छायांकन करिबकरिब पूरा भएर प्रदर्शन हुने तयारीमा थियो । त्यतिकैमा भारत र पाकिस्तानबीच तनाव बढेपछि फिल्म निर्माण थप लम्बिएको छ ।
फिल्ममा पाकिस्तानी अभिनेत्री माहिरा खानले अभिनय गरेकी थिइन् । फिल्मसम्बन्धी काम गर्न उनी भारतमा रहँदै आएकी थिइन् । तर, पाकिस्तानसँगको तनावका कारण भारतले भारतभित्र रहेका पाकिस्तानी कलाकारलाई भारत छोड्न उर्दी जारी ग¥यो । यस्तो उर्दीको मारमा प¥यो, ‘रईस’को प्रदर्शन ।
फिल्मको काम नसिद्धीकन माहिरा पाकिस्तान फर्किएपछि अब फिल्म निर्माण युनिटले उनको सट्टा अर्की भारतीय अभिनेत्रीलाई अभिनय गराउने भएको छ । कसलाई अभिनय गराउने भन्ने चाहिँ तय भइसकेको छैन ।

 

Leave A Comment