काँचो मासुको पहिरन

आइतबार, ०७ कार्तिक २०७३, ०९ : ५३ शुक्रवार , Kathmandu
काँचो मासुको पहिरन

रुसकी एउटी मोडलले काँचो मासुको पहिरन लगाएर फोटोसुट गराएकी छिन् । यस्तो अनौठो पहिरन लगाएर मोडलिङ गर्ने रुसी मोडल हुन्, युलिया कानेवा ।
रुसको सेन्ट पिटर्सबर्ग शहरकी युलियाले काँचो मासुबाट बनेको पहिरन लगाएर चार घण्टासम्म लगातार फोटोसुट गराएकी थिइन् । यसरी खिचिएको तस्बिर उनले सामाजिक सञ्जालमा हालेकी छिन् । यसअघि पपगायिका लेडी गागाले सन् २०११ मा काँचो मासुबाट बनेको पहिरन लगाएर एउटा टेलिभिजन कार्यक्रममा सहभागी भएकी थिइन् । उनको यस्तो कदमको पशुअधिकारवादीबाट चर्को विरोध भएको थियो ।
रुसी मोडल युलियाले भनिन्, ‘मासुको पहिरन लगाउन अप्ठेरो रहेछ । चार घण्टासम्म लगातार फोटो सुट गराउँदा अन्त्यतिर एकदम गनाउन थाल्यो । जसोतसो खिचियो फोटो ।’

 

Leave A Comment