–नदीश
एक
कुनै सन्ततिले ग¥यो निजीकरण
आफ्नै आमाको स्तन
निर्माण ग¥यो एक शानदार दूधपोखरी
सिर्जना ग¥यो भोकको आतंक
र, खडा ग¥यो त्यहाँ–
‘फलानो खाद्य उद्योग’
दुई
कुनै समय कुनै सन्तानले
दर्ता ग¥यो आफ्नो नाउँमा
आफ्नो आमाको काख
र, ठड्यायो अगाडि एउटा बडेमानको साइनबोर्ड–
‘निःशुल्क प्रवेश निषेध !’
तीन
अनेक असंख्य सन्तानहरूबीच
कसैले दाबी ग¥यो
केबल उसकै हो
सम्पूर्ण अँगालोभरिको मातृस्नेह
र, जारी ग¥यो विज्ञापन–
‘स्नेह भाडामा उपलब्ध छ’
उपसंहार
यो पृथ्वीको कुनै ‘होमोसेपियन’ले कुनै समयमा
प्रथमतः कब्जा ग¥यो
आँखाले देख्नेजति जमिन
त्यहाँभित्रका चराचुरुंगी, रुखविरुवा, जीवजन्तु
अर्थात्,
जम्मै प्रकृति त्यो परिधिभित्रको
अनि माथिको सम्पूर्ण आकाश
र, ग¥यो डरलाग्दो इसारा
आफूजस्तै अर्को आकृतिलाई–
‘खबरदार, नराख्नू पाइला
मेरो निजी सम्पत्तिमाथि ।’
Leave A Comment