एउटाभित्र दुइटा अण्डा

बुधबार, १० कार्तिक २०७३, ०९ : ३९ शुक्रवार , Kathmandu
एउटाभित्र दुइटा अण्डा

बेलायतका किसान म्याट डोनाल्ड र उनकी पत्नी लुइसले कुखुरा फार्म सञ्चालन गरेका छन् । उनीहरूको फार्ममा पालेको कुखुराको एउटा अण्डाले अहिले सर्वत्र चासो बटुलेको छ । फार्मको कुखुराले पारेको एउटा अन्डाभित्र दुइवटा अण्डा फेला परेपछि अण्डासँगै अहिले उनीहरूको पनि चर्चा भइरहेको छ ।
कुखुराले पारेको एउटा अलिक अण्डा ठूलो आकारको थियो । उनीहरूले त्यो अण्डा बेच्नुको सट्टा आफैँ खाने निधो गरे । फ्राइङ प्यान बसाएर उनीहरूले अण्डा फोरेर भित्रको भाग निकाल्न खोज्दा अण्डाको पहेँलो भागसहित अन्य झोल पदार्थ निस्कियो । तर, उनीहरूको आश्चर्यको सीमा तब रहेन, जब अण्डाभित्रबाट अर्को अण्डा खुत्रुक्क प्यानमा खस्यो । अण्डाभित्रबाट अर्को अण्डा निस्किएको प्रसंगलाई धेरैले रोचक र आश्चर्यजनक मानेका छन् ।

Leave A Comment