अवार्ड जित्ने फर्सी

बुधबार, १० कार्तिक २०७३, १२ : ३२ शुक्रवार , Kathmandu
अवार्ड जित्ने फर्सी

अमेरिकामा वर्षेनि फर्सीको प्रतिस्पर्धा हुन्छ । वासिंगटन डीसीनिवासी सिन्डी टोबेकले फलाएको फर्सीले यसपालि पुरस्कार जितेको छ । यो फर्सीको वजन ८ सय ६६ केजी छ ।
सिन्डी किसान भने होइनन् । उनी शिक्षिका हुन् । बारीमा तरकारी फलाउँदै आएकी उनले रोपेको फर्सी यति ठूलो भएको हो ।
यत्रो फर्सी फलाउन कसरी सफल हुनुभयो भनी गरिएको प्रश्नको जवाफमा उनले भनिन्, ‘हुन त फुर्सदको समयमा जतिबेला पनि बारीमै काम गरिरहेकी हुन्छु, तर पनि यत्रो फर्सी फलाउने श्रेय मेरो मेहनतभन्दा पनि असल बीउबिजन चयन गर्ने मेरो क्षमतालाई जान्छ ।’ वर्षकै सबैभन्दा ठूलो फर्सी फलाएबापत उनले साढे ११ हजार डलर पुरस्कार पाइन् ।

Leave A Comment