सरसफाइमा सचेत पाल्ट्रो

बुधबार, १० कार्तिक २०७३, १२ : ३८ शुक्रवार , Kathmandu
सरसफाइमा सचेत पाल्ट्रो

हलिउड अभिनेत्री ग्विनेथ पाल्ट्रो सरसफाइप्रति ज्यादै सचेत छिन् । घरमात्र होइन, आफ्नो गतिविधिसँग सरोकार राख्ने हरेक ठाउँ सिनित्त हुनैपर्छ भन्ने उनको मान्यता छ । ‘म फोहोर ठाउँमा कुनै पनि काम गर्न सक्दिनँ । त्यही भएर मलाई सफासुग्घर ठाउँ चाहिन्छ,’ उनले भनिन् ।
घरमा रहँदा फुर्सद भएको बेला सरसफाइमा लाग्ने गरेको उनी बताउँछिन् । ‘तनाव अथवा चिन्तामा भएको बेला पनि म सरसफाइमै लाग्छे गर्छु । घरका ओछ्यान, सोफा, कार्पेट आदि भनेजस्तो सफा छैनन् भने मलाई निन्द्रा नै पर्दैन,’ उनले भनिन् ।

Leave A Comment