परिणतीको धोको

बुधबार, १७ कार्तिक २०७३, १० : ३० शुक्रवार , Kathmandu
परिणतीको धोको

बलिउड अभिनेत्री परिणती चोपडाले अर्की बलिउड अभिनेत्री प्रियंका चोपडासँग एउटै फिल्ममा काम गर्ने धोको रहेको बताएकी छिन् । एउटा अन्तर्वार्तामा उनले यस्तो इच्छा व्यक्त गरेकी हुन् ।
‘प्रियंकासँग काम गर्ने अवसरलाई म पर्खिरहेकी छु । उनीसँग अभिनय गर्न  अथवा गाउन पाएँ भने यसलाई म ठूलो अवसरका रूपमा लिने थिएँ । यो अवसरलाई व्यग्रतापूर्वक पर्खिरहेकी छु,’ उनले भनिन् ।  प्रियंकाको अभिनयलाई आफूले ज्यादै रुचाएको समेत उनले बताइन् ।
परिणती अहिले फिल्म ‘मेरी प्यारी बिन्दु’मा अभिनय गर्ने तयारीमा छिन् । साथै, उनी ‘तकधुम’ फिल्मको छायांकनमा पनि व्यस्त छिन् । 

Leave A Comment