विविधताको पक्षमा लुपिटा

शुक्रबार, १९ कार्तिक २०७३, १० : ५५ शुक्रवार , Kathmandu
विविधताको पक्षमा लुपिटा

हलिउड अभिनेत्री लुपिटा न्योंगोले जातीय विविधतालाई सम्मान गर्नुपर्ने पक्षमा आफू रहेको बताएकी छिन् । हलिउडको आफू सबैभन्दा प्रख्यात अश्वेत अभिनेत्री भएकाले हलिउड क्षेत्रमा जातीय विविधता प्रवद्र्धन गर्न आफूले पनि जिम्मेवार भूमिका निर्वाह गर्नुपर्छ भन्ने महसुस आफूलाई भएको उनले बताएकी छिन् ।
केन्याली मूलकी लुपिटाले एकेडेमी अवार्डसमेत जितिसकेकी छिन् ।  सन् २०१३ मा उनले अभिनेत्रीतर्फ ओस्कर पाएकी थिइन् । फिल्म क्षेत्रमा यति उपलब्धि हासिल गरेकाले हलिउड वृत्तलाई समावेशी बनाउन पहल गर्नु आफ्नोसमेत दायित्व भएको उनले बताइन् । ‘जनजाति समुदायका सदस्य र महिलाको हलिउडमा हुने सहभागिता बढाउन यस क्षेत्रमा मैले बनाएको हैसियतलाई उपयोग गर्नेछु,’ उनले भनिन् ।

Leave A Comment