सम्बन्धलाई महत्व दिने नेहा

शनिबार, २० कार्तिक २०७३, ११ : १७ शुक्रवार , Kathmandu
सम्बन्धलाई महत्व दिने नेहा

बलिउड अभिनेत्री नेहा धुपिया सम्बन्धलाई बढी नै प्राथमिकता दिन्छिन् । प्रेम अथवा सम्बन्धलाई भन्दा करिअरलाई बढी प्राथमिकता दिने दाबी गर्ने अभिनेत्रीहरूका बीच उनी भिन्न छिन् ।
एउटा अन्तर्वार्तामा उनले यस्तो बताएकी हुन् । ‘सम्बन्धलाई बढी प्राथमिकता दिएकै कारण अहिले तपाईंको फिल्म करिअरमा विश्राम  लागेको त होइन ?’ भनी गरिएको प्र्रश्नको जवाफमा उनले भनिन्, ‘हो, केही समययता मेरा फिल्म आएका छैनन् । तर, करिअरमा हासिल हुने सफलता अथवा असफलताले मलाई खासै असर गर्दैन ।’
‘करिअरमा हुने उतारचढाव भन्दा पनि सम्बन्धमा हुने उतारचढावले मलाई बढी छुन्छ । किनकि, मेरा लागि करिअरभन्दा सम्बन्धले बढी अर्थ राख्छ,’ उनले भनिन् ।

Leave A Comment