चस्मा खोल्ने हो भने

सोमबार, ०६ असार २०७३, ०५ : ०४ शुक्रवार , Kathmandu
चस्मा खोल्ने हो भने

पावरवाला चस्मा लगाउनुहुन्छ र यसबाट दिक्क हुनुहुन्छ भने घरमै पाइने यी सामग्रीबाट प्राकृतिक रूपमै आँखाको ज्योति ठीक गर्न सक्नुहुन्छः
जिरा
जिरा र मिस्री बराबर मात्रामा लिएर राम्रोसँग पिस्ने र एक चम्चा घिउसँग दिनहँु खाने ।
सुकुमेल
तीनचारवटा सुकुमेल र एक चम्चा सुपलाई राम्रोसँग पिस्ने र एक ग्लास दूधसँग दिनहँु पिउने ।
अमला
अमला पकाएर तयार पारेको गुलियो अचार दिनमा दुई पटक खानाले आँखाको ज्योति बढ्छ ।
ग्रिन टी
दिनमा दुईतीन कप ग्रिन टी पिउनाले यसमा भएको एन्टिअक्सिडेन्टले आँखा तेजिलो बनाउँछ ।
सुप
एक चम्चा सुप, दुईवटा हाडेबदाम र आधा चम्चा मिस्रीलाई राम्रोसँग पिसेर राति सुत्नुअघि एक ग्लास दूधसँग पिउने गर्नुपर्छ ।
हाडेबादाम
राति छसातवटा हाडेबदाम पानीमा भिजाउने र बिहान खाने गर्नाले आँखाको पावर ठीक हुँदै जान्छ ।
तोरीको तेल
राति सुत्नुअघि तोरीको तेलले टाउको दिनहँु मालिस गर्दा पनि आँखाको ज्योति ठीक हुन्छ ।

Leave A Comment