विरक्तिइन् निकी

आइतबार, २१ कार्तिक २०७३, ११ : २६ शुक्रवार , Kathmandu
विरक्तिइन् निकी

पपगायिका निकी मिनाज र ¥यापर ड्रेकबीचको सम्बन्ध केही समयअघि प्रगाढ थियो । उनीहरूको सम्बन्ध मित्रताभन्दा माथि उक्लेर प्रेमीप्रेमिकाको हदसम्म पुसिकेको थियो । तर, अहिले आएर निकी ड्रेकसँग विरक्तिएकी छिन् । ड्रेकसँग स्वभाव नमिलेपछि उनी खिन्न भएकी हुन् ।
निकीनिकट स्रोतलाई उद्धृत गर्दै लेखिएको समाचारमा जनाइएअनुसार निकीले ‘बरु सिंगल रहन्छु, ड्रेकसँग कुनै पनि हालतमा सम्बन्ध गाँस्दिनँ’ भन्ने मनस्थिति बनाएकी छिन् । निकी आफूलाई बोल्ड खालको युवती ठान्छिन् । तर, ड्रेक त्यस्तो नभएपछि उनीसँग टाढिने निष्कर्षमा उनी पुगेकी हुन् ।

Leave A Comment