दीपिकाको चुम्बन

बिहिबार, २५ कार्तिक २०७३, ११ : ३७ शुक्रवार , Kathmandu
दीपिकाको चुम्बन

बलिउड अभिनेत्री दीपिका पादुकोणले प्रेमी रणवीर सिंहलाई खुलेआम चुमेकी छिन् । हलिउडमा दीपिकाले काम गर्न थालेपछि रणवीरसँग उनको दूरी बढेको चर्चा चलिरहेको बेला यसलाई असत्य साबित गर्दै उनले सार्वजनिक ठाउँमै रणवीरलाई चुमेकी हुन् ।
‘दीपिकाको घरअगाडि एउटा कार सोरुम छ । त्यही सोरुमअगाडि रणवीर र दीपिकाले सबैले देख्नेगरी एकअर्कालाई चुम्बन गरेका थिए,’ समाचारमा भनिएको छ ।  
अहिले दीपिका हलिउड फिल्म ‘एक्सएक्सएक्स’मा काम गरिरहेकी छिन् । रणवीर पनि ‘बेफिक्रे’ फिल्मको छायांकनमा व्यस्त छन् । अब चाँडै उनीहरूले ‘पद्मावती’ फिल्ममा सँगै काम गर्ने तय भएको समेत समाचारमा जनाइएको छ ।

Leave A Comment