विश्वकप ट्रफी निर्माताको निधन

शुक्रबार, २६ कार्तिक २०७३, १० : ५० शुक्रवार , Kathmandu
विश्वकप ट्रफी निर्माताको निधन

विश्वकप फुटबलको ट्रफीका निर्माता सिल्भियो गाजानिगाको निधन भएको छ । विश्वकप फुटबलको ट्रफीको डिजाइन र निर्माण गरेका गाजानिगाको ९५ वर्षको उमेरमा इटालीको मिलानमा रहेको घरमा निधन भएको हो । मिस्टर कपको रूपमा चिनिने गाजानिगाले यूईएफए कप तथा यूईएफए सुपर कपको ट्रफीको डिजाइन गरेका हुन् । गाजानिगाले सन् १९७० मा ब्राजिलले तेस्रो पटक उपाधि जितेर जुलेस रिमेट कप कब्जा गरेपछि अहिलेको छ किलोको विश्वकप ट्रफी बनाएका हुन् । फिफाले नयाँ ट्रफीका लागि ५३ वटा प्रस्ताव पाएकोमा गाजानिगाले बनाएको दुई खेलाडीले पृथ्वी उचालेको ट्रफीको डिजाइन छनोट भएको थियो । ट्रफीको तस्बिरको अधिकार फिफाले लिएको छ । यसले गर्दा गाजानिगाले अरू विभिन्न सम्मानित ट्रफी बनाउने अवसर पाएका थिए ।

Leave A Comment