बेल वेल्सको वर्ष खेलाडी

शनिबार, २७ कार्तिक २०७३, १२ : ०५ शुक्रवार , Kathmandu
बेल वेल्सको वर्ष खेलाडी

ग्यारेथ बेल वेल्सको वर्ष खेलाडी घोषित भएका छन् । स्पेनिस क्लब रियल मड्रिडका बेल वेल्सको वर्ष खेलाडी घोषित भएको यो छैटौँ पल्ट हो । उनी लगातार चौथो पटक वर्ष खेलाडी बनेका हुन् ।
स्टोक सिटीका मिडफिल्डर जो एलनले दुई वटा अवार्ड जितेका छन् । एलनले प्लेअर्स र फ्यान प्लेअर अफ द इयर अवार्ड जितेका हुन् । वेल्सका प्रशिक्षक क्रिस कोलेम्यानलाई फुटबल एसोसिएसन अफ वेल्सले विशेष अवार्ड प्रदान गरेको छ । कोलेम्यान विश्व फुटबलको प्रशासकीय निकाय फिफाको पुरुष वर्ष प्रशिक्षकमा मनोनयनमा परेका छन् ।
लगातार चौथो पटक वर्ष खेलाडी बनेका बेलले वेल्सलाई युरो कप २०१६ को सेमिफाइनलसम्म पु¥याउन महŒवपूर्ण भूमिका खेलेका थिए । त्यस्तै, उनले रियल मड्रिडलाई च्याम्पियन्स लिगको उपाधि दिलाउन पनि भूमिका खेलेका थिए । एलनले पनि वेल्सलाई युरो कपमा ऐतिहासिक सफलता दिलाउनका लागि महŒवपूर्ण भूमिका निर्वाह गरेका थिए ।
आर्सनलका मिडफिल्डर आरोन रामसीले वेल्स प्लेअर अफ द टुर्नामेन्ट, हाला रोब्सन कानुले युरो कपको क्वार्टरफाइनलमा बेल्जियमविरुद्ध गरेको गोलका लागि वेल्स गोल अफ द टुर्नामेन्ट अवार्ड पाए ।

 

Leave A Comment