रुबिनालाई अस्ट्रेलियन क्लबमा अभ्यास गर्ने मौका

सोमबार, ०६ मङि्सर २०७३, ११ : ५३ शुक्रवार , Kathmandu
रुबिनालाई अस्ट्रेलियन क्लबमा अभ्यास गर्ने मौका

राष्ट्रिय महिला क्रिकेट टिमकी कप्तान रुबिना क्षत्रीले अस्ट्रेलियाको बिग बास लिगको क्लबमा अभ्यास गर्ने मौका पाएकी छिन् । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीले डब्लूबीबीएल एसोसिएट रक्की कार्यक्रमका लागि छनोट गरेका आठ जना महिला क्रिकेटरमा रुबिना पनि परेकी हुन् ।  उनी बिग बास लिगको रेनेगेट्स क्लबमा दुई हप्ता अभ्यास गर्नुका साथै केही घरेलु मैदानमा हुने खेलमा समेत सहभागी हुने आईसीसीले जनाएको छ । रुबिनाले अस्ट्रेलियन क्लबमा अभ्यास गर्न पाउनु आफ्ना लागि ठूलो अवसर भएको बताइन् ।

Leave A Comment