च्याम्पियन्स लिगको एउटै खेलमा १२ गोल

बिहिबार, ०९ मङि्सर २०७३, ११ : ५९ शुक्रवार , Kathmandu
च्याम्पियन्स लिगको एउटै खेलमा १२ गोल

बोरुसिया डर्टमुन्ड र लेगिया वार्साले च्याम्पियन्स लिगमा कीर्तिमान बनाएका छन् । समूह एफअन्तर्गत मंगलवार रातिको खेलमा दुवै तर्फबाट गरेर १२ गोल भयो । यो च्याम्पियन्स लिगको इतिहासमा एउटै खेलमा भएको सबैभन्दा धेरै गोल हो । यो खेलमा जर्मनी क्लब बोरुसिया ८–४ ले विजयी भयो ।
यसअघि यो कीर्तिमान मोनाको र डिप्रोटिभो ला कोरुनाको नाममा थियो । सन् २००३ मा मोनाकोले ला कोरुनालाई ८–३ ले हराएको थियो । बोरुसिया र लेगिया वार्साको खेलमा पहिलो २२ मिनेटमा सात गोल भएको थियो । पहिलो हाफमा बोरुसियाले ५–२ को अग्रता लिएको थियो । दोस्रो हाफमा बोरुसियाले थप तीन गोल ग¥यो भने लेगिया वार्साले थप दुई गोल ग¥यो । यी दुईबीचको पहिलो लेगमा भने बोरुसिया ६–० ले विजयी भएको थियो ।
च्याम्पियन्स लिगको इतिहासमा पोल्यान्डको लेगिया वार्सा चार गोल गरेर पनि पराजित हुने पहिलो टिम बनेको छ । यो खेलमा दुवै क्लबका गरी आठ खेलाडीले गोल गरे । च्याम्पियन्स लिगको इतिहासमा एउटै खेलमा आठ खेलाडीले गोल गरेको यो पहिलो पटक हो । त्यस्तै, बोरुसिया च्याम्पियन्स लिगको खेलमा आठ गोल गर्ने चौथो टिम बनेको छ । यसअघि मोनाकोले सन् २००३ मा डिप्रोटिभो ला कोरुनालाई ८–३, सन् २००७ मा लिभरपुलले बेजिक्टालाई ८–० तथा सन् २०१५ मा रियल मड्रिडले माल्मोलाई ८–० ले हराएको थियो ।

 

Leave A Comment