मिस पूर्वाञ्चललाई प्रशिक्षणैप्रशिक्षण

बुधबार, ०८ असार २०७३, १० : ५० शुक्रवार , Kathmandu
मिस पूर्वाञ्चललाई प्रशिक्षणैप्रशिक्षण

पूर्वको ठूलो सौन्दर्य प्रतियोगिता मिस पूर्वाञ्चलका सहभागीलाई विभिन्न क्षेत्रका विज्ञहरुले प्रशिक्षण दिएका छन् ।
१९ युवती सहभागी मिस पूर्वाञ्चलमा सुनसरी जिल्ला अदालतका न्यायाधीश अर्जुन कोइराला, वातावरणविद् राजेन्द्र खनाल, फेसन डिजाइनर अमृत कुँवर, डीएसपी ढकेन्द्र खतिवडा, हेल्दी होम्स सञ्चालक सुप्रिया माफी बनेपाली, धरान सरोकार मञ्च काठमाडौँका अध्यक्ष प्रभुप्रसाद श्रेष्ठ, सहप्राध्यापक राजेन्द्र शर्मा, बीपी प्रतिष्ठानका डा. मोहनचन्द्र रेग्मी, धरान उपमहानगरपालिकाका इन्जिनियर सुरज श्रेष्ठ, युरेका स्कुलका प्रिन्सिपल राजेन्द्र गुरुङ, होटल म्यानेजमेन्ट प्रशिक्षकहरु रविन श्रेष्ठ र गगन श्रेष्ठ लगायतले आ–आफ्ना क्षेत्रबारे प्रशिक्षण दिएको आयोजकले जनाएको छ ।
सहभागीहरुलाई आयोजकले भेडेटार, नाम्जे, नमस्ते झरना, पाथिभरा मन्दिर, बीपी प्रतिष्ठान लगायतका स्थलको अध्ययन भ्रमण गराइसकेको छ भने ट्राफिक सचेतना लगायतका सामाजिक कार्यक्रममा पनि सहभागी गराउने योजना रहेको छ । सिल्भर इन्टरटेन्मेन्ट र हाइट इभेन्टको आयोजना तथा वराह ज्वेलरीको प्रस्तुतिमा भइरहेको मिस पूर्वाञ्चलको अन्तिम प्रतिस्पर्धा असार ११ गते धरान सभागृहमा हुने इभेन्ट निर्देशक सौरभ श्रेष्ठले बताए ।

 

 

 

Leave A Comment