नाट्यकर्मी महासंघ गठन

बुधबार, ०८ असार २०७३, १० : ५२ शुक्रवार
नाट्यकर्मी महासंघ गठन

रंगकर्मीहरुको छाता संस्था नाट्यकर्मी महासंघ (नाम) नेपालको धनकुटा जिल्ला च्याप्टर गठन भएको छ ।
जिल्लाका नाट्यकर्मीहरुको भेलाले कलाकार मुकुन्द प्रयासको संयोजकत्वमा १६ सदस्यीय तदर्थ समिति गठन गरेको छ । समितिको सचिवमा सरोज भुजेल तथा सदस्यहरुमा रमेशचन्द्र अधिकारी, दीपेन्द्र काफ्ले, जोगमाया लुम्बा, केजी सुब्बा, सूर्य वालिङ, हेमचन्द्र पौडेल, नवराज घिमिरे, बलराम दाहाल, नरेन्द्र राई, झमक खनाल, खड्गबहादुर भट्टराई, पोषण घिमिरे, सुरेन्द्र मग्राती र विपेन याक्खा रहेका छन् ।
नामको सुनसरी च्याप्टरका निवर्तमान अध्यक्ष विशाल भण्डारीको विशेष उपस्थितिमा भएको कार्यक्रममा उनले महासंघको आवश्यकता र आगामी योजनाबारे प्रकाश पारेका थिए । महासंघको शाखा विस्तार गर्ने क्रममा गएको साता उदयपुरमा पनि राजु सुन्दासको संयोजकत्वमा च्याप्टर गठन भएको थियो ।

 

Leave A Comment